दोहा (कतार), असार ३१ -
मिक्सारमा च्यापिएर मृत्यु भएका नेपाली कामदारलाई 'हृदयघात' भएको देखाउने कम्पनीको प्रयासलाई असफल भएको छ ।
एउटा मिश्री कम्पनीमा कार्यरत पिठुवा-८, चितवनका बृद्धिमान डिम्डुङ
बिल्डीङ कन्ट्रक्सनको मिक्सरमा च्यापियर मृत्यु भएका थियो । हृदयघात भएको
पोष्टमार्टम रिपोर्ट पछि सञ्चिएर आएको राजदुत मायाकुमारी शर्माले भने ।
प्रत्यक्षदर्शीको बयान आएपछि प्रहरीले शबको पुर्न पोष्टमार्टम गर्न
निर्देशन दिएको थियो । 'यसका लागि अस्पतालले बाहिर तीन ठाूउमा
पोष्टमार्टमको लागि जिम्मा लगाएको थियो', उनीले भनिन,'तीन दिनपछि रिपोर्ट
आूउदा भित्री भागमा दख्खल परेर मृत्यु भएको भनेर दिएको छ ।'
आफ्नै अंगालोमा बचाउ बचाउ भन्दै ज्यान गएको देख्ने सहकर्मी दीपक पौडेलले
हृदयघातको प्रतिबाद गर्दै प्रहरीमा गएर 'कार्यस्थलमा च्यापिएर मृत्यु भएको'
बयान दिएपछि कम्पनीको योजना तृहिएको हो ।
कम्पनीले मृतकको बिमाको रकम र चालकलाई जोगाउन हृदयघात बाट मृत्यु भएको
रिपोर्ट प्रहरी र अस्पताललाई भनेको थियो । कार्यस्थलमा काम गर्दै गरेको
अबस्थामा ज्यान गुमाउने कामदारलाई कतारको श्रम कानुन अनुसार दुई लाख रियाल
-झन्डै २६ लाख नेपाली) दिनुपर्ने ब्यबस्था छ । हृदयघात भएमा केही
दिनुपर्दैन् ।
'सरकारी अस्पतालले समेत हृदयघातबाट ज्यान गएको मेडिकल रिपोर्ट पठाइसकेको
थियो । सूगै काम गर्ने दिपक पौडेलको सजगताले यो रहस्य बाहिर आयो', राजदुत
शर्माले कान्तिपुरलाई भनिन ।
'उनी मिक्सर सफा गर्दै थिए । मिक्सर अपरेटर नहेरी मिक्सर चलाउदा च्यापिए ।
जोडले कराएपछि बन्द गरे । एकैछिनमा ज्यान गयो', पौडेलको भनाई उद्धत गर्दै
राजदुत शर्माले भनिन,'यो चालकको हेलचेक्राईको कारणले ज्यान गएको हो ।'
पौडेलले कम्पनी मुदिरको अगाडि नझुकी आफ्ना सत्य बयान दिएको उनले बताइन् ।
पौडेल १५ दिन अघि मात्रै कतार आइपुगेका थिए । मिश्री कम्पनी रहेको र मिश्री
नै चालक रहेकोले घटनालाई ढाकछोप गर्ने प्रयास गरिएको राजदुत शर्माले
बताइन् ।
प्रकाशित मिति: २०७० असार ३१
- See more at: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
https://www.facebook.com/nepalinewss
No comments:
Post a Comment