Thursday, July 11, 2013

प्रतिकृया दिनुहोस् ।

हम्रो ब्लोग् यहाहरुलाइ कस्तो लगिरहेको छ? हामिले  के हि सुधार्नु पर्ने कुराहरु छन् भने यो Facebook(https://www.facebook.com/nepalinewss ) को मेसेज् बोक्स् मा गयि अफ्नो प्रतिकृया दिन नबिर्सनुहोला ।।।  देश् तथा बिदेस् मा बस्नु भयेका सम्पुर्न नेपलि दाजु भाइ हरुमा नेपलि सामाचार् पुर्याउने हाम्रो जम्रको लाइ यहाहरुले साथ् दिदै जानुहुने छ भन्ने पुर्न बिस्वास्का साथ् हामि हम्रो काम् अगादि बधाउदै जनेछौ  । सथ् अनि सहयोग् को लागि यहाहरुलै धेरै भन्दा धेरै धन्यबद् दिन चाहन्छौ ।
                                                                                                                  नेपालि समाचार् परिवार्

मोडल >>Sandhya


» मुख्य समाचार » ४५ सालमा लिइएको ऋण ६३ मा तिरियो

दोहा (कतार), असार २७ - गएको जुन २० बिहानै धनुषाका शुभनारयण टर्रेतले आफूजस्ता ५० जनाको नेपाली कामदारको तलब लिएर ठेकेदार फरार भएको भन्दै सम्पर्कमा आए । दोहाको नेसनलस्थित एउटा क्याम्पमा उनीहरूलाई भेट्न जाँदा एउटै क्याम्पमा १० जना बढी बसेका रहेछन् । त्यसमा भेटिएका सबैभन्दा पाका थिए, तिलकपुर—३, नवलपरासीका कुलप्रसाद लामिछाने । उनी घर जाने पर्खाइमा जुन १ बाट सुतेका रहेछन् । ५२ वर्षिय लामिछानेले निरन्तर तलब नपाएपछि कतार छाडेर जाँदै रहेछन् ।

घर जान नपाउँदा उनलाई सबैभन्दा चिन्ता असार महिनाको लागेको रहेछ । 'घरबाट दैनिकजसो बूढीले सबैको खेत रोपिसकेको छ । हाम्रो बाँझै रहने भयो भनेर फोन गर्छिन्,' उनले भने, 'गाउँमा असार महिना लागेको छ, यता आफू भने मंसिरमा जस्तो केही काम नभएको जसरी सुतेर बस्नुपरेको छ ।'

दुई वर्षअघि कतार आएका लामिछानेका दुई छोराहरू पनि वैदेशिक रोजगारीमा उडेका छन् । जेठो कतारमै होटलमा काम गर्छन् भने महिला मलेसियातिर लागेका छन् । छोराहरू दुवै विदेश भए पनि आफूले जीवनमा गुमाएको खेत जोड्न कतार आएको बताउँछन् । 'मेरो दुई बिघा खेत थियो,' उनले भने, 'एक बिघा गाईले खाइदियो । त्यो एक बिघा जोड्न सकिन्छ भनेको सकिएन ।'

लामिछाने गाईपालन व्यवसाय गर्दा उनी नराम्रोसँग डुबेका रहेछन् । ०४५ सालतिर भारत जाँदा गाईपालन व्यवसायबाट राम्रै भएको देखेपछि उनले योजना बुनेछन्, 'यो गाईपालन व्यवसाय गरेमा छोराहरू पनि विदेश जानु पर्दैन म पनि  जानु नपर्ने । घरमै बसेर दैनिक जीवनयापन सहज हुन्छ ।' त्यो भन्दै ०४६ बाट गाईपालन सुरु गरे । गाईको लागि गोठ मात्रै एक लाख ७५ हजार रुपैयाँमा बनाए । भारतको मोडीग्राम भन्ने ठाउँबाट महँगा १५ वटा गाई झिकाए । एउटा गाईलाई  ३५ देखि ४५ हजारसम्म तिरे । गाईका लागि डाक्टर राखे । त्यो सबै गर्नको लागि खेत र जग्गा बैंकमा राखेर १५ लाख रुपैयाँ ऋण लिएका थिए ।

सबैका दिन आउँदैन रहेछ । जसमा लामिछाने पनि परे । जोशको साथ सुरु गरेको गाईपालन व्यवसाय तीन महिना नपुग्दै खत्तम भइदियो । रोग लागेर गाईहरू भकाभक मर्न थाले । बैंकको किस्ता तिर्न सक्ने कुरै भएन । हेर्दाहेर्दा गोठ रित्तिन महिना दिन पनि लागेन । केही महिनामै बैंकको पत्र आयो, 'सावा ब्याज गरी १७ लाख बुझाउनुहोला । नत्र घर खेत जान्छ ।'

त्यसपछि लामिछानेले साथीभाइबाट ऋण लिएर बैंकको ऋण तिरे । 'साथीभाइलाई वर्षभर ब्याज मात्रै बुझाए पनि हुने भनेर नियमित किस्ता तिर्न नसक्ने भएकोले महँगो ब्याजमा परियो,' उनले भने, 'मैले सुरु सुरुमा जसोतसो गरेर ब्याज तिर्न सकें । तर, पछि तिर्न नसकेर गाउँमा बस्न नसक्ने भएपछि बूढीलाई एक बिघा दिएँ ।

एक बिघा बेचेर ऋण तिर्नु । नपुगेको साउदीबाट कमाएर पठाउँछु भनेर साउदीतिर लागें ।'

साउदीमा पेट्रोल पम्ममा दुई वर्षसम्म काम गर्दा घरमा जम्मा ५७ हजार रुपैयाँ पठाउन सफल भएँ । त्यसपछि आत्तिएका लामिछानेले सिधै कपिललाई भने, 'म घर जान्छु । तेरो पैसाले केही भएन । काम हामी गर्छौ तर  ठेक्का अरूलाई दिन्छस् । कि हामी नेपालीलाई ठेक्का दे ।  मिलेर गर्छौ  । नत्र टिकट दे ।' संयोगले कपिलले ठेक्का उनैलाई दिए । चारजना नेपालीले काम गर्दा दिनमा एक सय ५० रियालसम्म हात पारे । उनीहरू पेट्रोल पम्पमा गाडीहरूमा  मोविल चेन्ज गर्ने, गाडी धुने काम गर्थे । 'यसरी गर्दा ३ वर्षको अवधिमा मैले १७ लाख जति ऋण तिरेको थिएँ । बूढीले जग्गा बेचेर अलि अलि तिरिछ । सबैगरी २८ लाख ३६ हजार ऋण तिरिएछ,' उनले भने, 'मैंले कमाको पनि त्यहीं गो, जग्गाको पनि त्यही गो, छोराले कमा पनि त्यही गो । ४५ सालमा लिएको ऋण तिर्न हामीलाई २७ वर्ष लाग्यो ।'

 उनी साउदीमा ६ वर्ष ८ महिना बिताए । साथीसंगतले उनलाई गैरकानुनी पनि बनाए र साउदी छाड्न बाध्य बनाए । 'त्यहाँ कमाइ राम्रै थियो । के भयो भने मसँग मैरै नाम मिल्ने कुलप्रसाद पाण्डे थिए । ऊ गलत काममा सक्रिय रहेछ । उसले तास जस्तो खेल्दा ठूलो रकम हिनामिना गरेको रहेछ । आफु फसेको थाहा पाएपछि आत्महत्या गर्न ठीक परेको अवस्था देखेपछि मैले बचाएँ । प्रहरीले पनि पक्राउ गर्न लागेको थाहा पाएपछि भाग भन्दा मलाई पनि सँगै जान अनुरोध गरे । नत्र जान्नँ भन्न थाले', उनले भने, 'त्यसको मायाले रियादबाट भागेर आठ हजार किमि टाढा सायद जोर्डनको बोर्डरतिर पुगियो । त्यसपछि केही महिना काम गरेर जेल बसेर दमामबाट नेपाल आइयो । नत्र म साउदीमै हुन्थें होला ।' उनी सरकारको कृषि नीति श्रमिक मैत्री नभइदिँदा जीवनभर ऋण तिर्दैमा ठीक भएको बताउँछन् ।

'३/३ महिनामा ब्याज बुझाउनुपर्छ । त्यसरी नबुझाए १३ प्रतिशत १४ प्रतिशत बढ्दै जान्छ,' उनले भने, 'उत्पादन भएन भने किसानले कहाँबाट ल्याउने ? सरकारले पशुपालन गर्नेको लागि गाईले दूध दिउन्, जेलसम्म  ब्याज लिने र गाईले दूध नदिएपछि फेरि ब्याज नलिने व्यवस्था गर्नुपर्छ ।'

कतारमा बढ्ता दलाली देखेका कुलप्रसाद अब वैदेशिक रोजगारलाई अन्त्य मार्दै देश र्फकने प्रतीक्षामा छन् । 'बुढेसकाल पनि लाग्यो । अब नेपालमा नै बस्नुपर्ला,' उनले भने, 'हामीले कमाएर छोराहरूलाई राख्न सक्ने कुरा हैन । सके राख्ने हो । अब उनीहरूको भविष्य आफैं बनाउँछन । अब पहिलेजस्तो पनि छैन ।'  फेरि गएर गाईपालन गर्नुहुन्छ कि ? जोशका साथ उनको जवाफ आयो, 'अब त ५० हजार र एउटा गाई सित्तैमा दिन्छु कसैले भन्यो भने पनि मलाई चाहिँदैन ।'
प्रकाशित मिति: २०७० असार २७
https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » विदेश पठाएर दु:ख दिएपछि बन्धक वैदेशिक रोजगारीमा ठगी

काठमाडौं, असार २८ - राम्रो कमाई हुने प्रलोभन देखाएर बिदेश पुर्‍याई अलपत्र पार्नेलाई स्वदेश फर्किएपछि ति ब्यक्तिहरुले बन्धक बनाएका छन् । मलेसियामा राम्रो काम र कमाई हुने भन्दै विदेश पठाउने सप्तरीका झमरु चौधरीलाई बन्धक बनाएका हुन् । बन्धक बनाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुमा दोलखा होमबहादुर सुनुवार, ओखलढुङगाका गंगा सुनुवार, अछामका नरेश ढुङगाना र मोरङका रोशनराज भण्डारी छन् । त्यसमा संलग्न नुवाकोटाका शंकर मगर फरार रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखामा असार २५ गते सप्तरीका झबरु चौधरीलाई अपहरण गरेको सुचना पाएको थियो । त्यहि सुचनाका आधारमा अनुसन्धान गर्दै गएको प्रहरीले अपहरण नभई पैसा उठाउनका लागि कोठामा राखेर कुरा गरेको थाहा पाएको थियो ।
चौधरीले सुनुवारद्वयलाई २०६८ माघमा मलेसिया पठाएका थिए । मलेसियामा भनेजस्तो काम नपाएका उनीहरुले काम अनुसारको तलब समेत नपाएको प्रहरीले जनाएको छ । 'तलब नपाएपछि नेपाल फर्किएर आउन खोजेका उनीहरुलाई चौधरीले त्यहिको दलाल लगाएर बन्धक बनाई राखेका रहेछन्,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने 'उनीहरु त्यहाँबाट फुत्किएर आएपछि चौधरीलाई भेटेर पैसा माग्दा लुकीछिपी हिँडेको रहेछन् ।' फर्किएर आएका उनीहरुले बैदेशिक रोजगार बिभागमा चौधरी बिरुद्ध उजुरी हालेका थिए । बैदेशिक रोजगार बिभागले ताकेता गर्दा समेत चौधरी सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
बिदेशमा पीडित भएका उनीहरुले एक दिन बाटोमा झुबरुलाई देखेपछि नियन्त्रणमा लिएर पैसा मागेको प्रहरीले जनाएको छ । उनीहरुले आफु जादाँ लागेको खर्च र त्यसको ब्याज मागेका थिए । उनीहरुले कोटेश्वरबाट चौधरीलाई नियन्त्रणमा लिएर कोटेश्वरको रामेछाप होटलमा लगि उनको साथमा रहेको ४७ हजार रुपैंया लगेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०७० असार २८

» मुख्य समाचार » स्रोत नखुलेको सम्पत्ति बोक्नेलाई २ वर्ष कैद बिगो र जरिवाना गरी ४ करोड ३६ लाख असुल्न फैसला

काठमाडौं, असार २८ - विशेष अदालतले स्रोत नखुलेको सम्पत्ति बोक्ने एक हुम्लीलाई २ वर्ष कैद, दुई करोड १८ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । विशेषका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे, सदस्य न्यायाधीशद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले बिहीबार गरेको फैसलाअनुसार हुम्लाका दाबा पाख्रिन लामा सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत दोषी ठहरिएका हुन् ।
लामा गत कात्तिक १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गर्दा अध्यागमन विभागमा पक्राउ परेका थिए । उनको साथबाट १ लाख ९५ हजार युरो फेला परेको थियो । सामान्य आर्थिक हैसियतका लामाले यत्रो सम्पत्ति कहाँबाट पाए भन्ने देखाउन सकेका थिएनन् ।
स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा उनले उक्त युरोसहितको बि्रफकेश दिल्लीमा एक चिनियाँ नागरिकलाई दिन लगेको बताएका थिए । आफू जडिबुटीको व्यापारी भएको र ती चिनियाँ नागरिकसँग कारोबार गर्ने गरेको बताए पनि लामाले त्यसको प्रमाण अदालतमा पेस गर्न सकेका थिएनन् ।
व्यापारबाट हुने मुनाफाको ती चिनियाँ नागरिकबाट कमिसनसमेत पाउने गरेको बयान उनले दिएका थिए । तर त्यसको पनि उनले प्रमाण पेस गर्न सकेनन् । ती चिनियाँ नागरिकको ठेगाना दिन र उनलाई अदालतमा हाजिर गराउन पनि नसकेकाले लामाको बयानसूग अदालत सहमत हुन नसकेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको अभियोगमा हालै ५ गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमध्ये पर्शुराम बस्नेत दुई दिनअघि मात्रै २ करोड धरौटी बुझाएर थुनामुक्त भएका थिए । आतंकवाद, मानव बेचबिखन, हतियार कारोबार, गुन्डागर्दीलगायतका अपराधबाट धन जोड्नेहरू बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सम्पत्ति शुद्धीकरण ऐन बनाएपछि रातारात सम्पत्ति कमाउनेहरू कारबाहीको दायरामा पर्न थालेका छन् ।
विभाग गठन भएपछि विशेषमा २४ मुद्दा दायर भएका छन् । त्यसमध्ये लामाको समेत गरी १२ मुद्दाको फैसला भएको छ । १२ मुद्दा विचाराधीन छन् । दुई सयभन्दा बढी व्यक्तिविरुद्ध विभागले अनुसन्धान जारी राखेको प्रवक्ता विश्वप्रकाश सुवेदीले बताए ।
प्रकाशित मिति: २०७० असार २८
Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » प्रहरी नै ठगीमा संलग्न 'रङ आइडी फ्रम काठमाडौं' भन्दै फर्काइयो

काठमाडौं, असार २८ - नक्कली नेपाली पासपोर्टमा विदेश गएर फर्कने क्रममा थुनामा परेका विदेशी नागरिकलाई प्रहरीले लाखौं रुपैयाँ ठगी गरेको खुलासा भएको छ । अध्यागमन विभागको थुनुवा कक्षको सुरक्षामा खटिएकी प्रहरी हवल्दार हेमा घलेले बर्माबाट विस्थापित बंगलादेशी नुर मोहमदलाई पुनः विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गरेका हुन् ।
जनकपुर १३ धनुषाका श्याम सुन्दर साह तेलीको नामको पासपोर्टबाट साउदी अरब गएका मोहमदलाई त्यहाँको विमानस्थलले 'रङ आइडी फ्रम काठमाडौं' भन्दै गत माघ ११ मा फिर्ता पठाएको थियो ।  फागुन ३ मा ३० हजार रुपैया धरौटीमा विभागबाट छुटेका मोहम्मदलाई पुनः साउदी फिर्ता पठाइने दिने भन्दै घलेले ७ लाख ५० हजार रुपैया लिएर ठगी गरेको पाइएको विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । विभागका अनुसार मोहमद बर्माबाट बिस्थापित अल्पसंख्यक रोहिङगा मुसलमान हुन् । उनले तेलीको पासपोर्टमा आफनो फोटो टासेर साउदी गएका थिए । साउदीले नक्कली कागज पत्र भन्दै फिर्ता गरेका थिए ।  धरौटीमा छुटेपछि ति विदेसीलाई विभागबाट घलेले बुझेर राजधानीको बुढानिलकण्ठ स्थित आफ्नो घरमा राखेको अनुसन्धानबाट पत्ता लागेको छ । 'आफनो घरमा लगेर पुनः विदेश पठाई दिन्छु भन्दै घलेले उनलाई पाूच महिनासम्म घरायसी काममा लगाएछन्,'उनले भने,'मागेजति रकम दिए पनि थप डेढ लाख मागेछ । यही पैसामा विवाद भएपछि घलेले विभागमा बुझाउन ल्याउूदा ठगी गरेको खुलासा भएको हो ।' मोहमदले आफू पुनः विदेश र्फकन साउदीमा रहेका दाई मार्फत नेपालमा पैसा पठाउने गरेको विभागका अनुसन्धान अधिकृत देवषि सापकोटाले जनाकारी दिए ।
घलेले माग गरेको रकम दिदा पनि आफूलाई विदेश नपठाएपछि उनको दाईले पठाएको थप डेढ लाख दिएका थिएनन । 'पैसा नदिएको रिसमा विभागमा बिहीबार बुझाउन ल्याएकी थिइन,'सापकोटाले भने,'ति विदेसीले पैसा दिदा पनि विदेश नपठाएको हामीलाई सुनाएपछि दुवैलाई नियन्त्रणमा लिएका हौ ।' आफूले जिम्मेवारी लिएको व्यक्तिलाई पुनः विभागमा बुझाएर उम्किन खोज्दा उनी आफै फन्दामा परेकी हुन । 'आफूले लिएको पैसा पचाउने र जिम्मा लिएको व्यक्ति बुझाउने घलेको नियत देखिन्छ,' सापकोटाले भने, 'तर, उनी आफै फन्दामा परिन ।' विभागलाई सुरुमा मोहमद धुनुषाकै हो भनेर बयान दिएका थिए ।
साउदीमा प्रवेश गर्न नदिएर 'इन्ट्री रिफूज' भन्दै साउदी विमानस्थलबाट फर्काएपछि अनुसन्धानका लागि विभागमा राखेकेा थियो । विभागले पनि उनको के गल्ती हो पत्ता लगाउन सकेको थिएन ।  हिन्दी बोल्ने उनले आफू धनुषाकै भएको दाबी गरेका थिए । तर, नेपाली नागरिकता पेश गर्न र नेपाली भाषा बोल्न नसकेपछि विभागले धरौटी लिएर तारेखमा छाडेको सापकोटाले बताए । 'मुद्धा टुङग्याएर एकै पटक छाडदा शंकास्पद देखिएकोले तारेखमा छाडेको थियो,'उनले भने,'अहिले आएर मात्रै विदेशी भएको खुलेको हो ।'
मोहमदले प्रयोग पासपोर्टको फोटो परिवर्तन कसले गरायो भन्ने खुल्न सकेको छैन । साउदीबाट नेपाल फकाएपनि उनी कहिले गएको हो ? रेकर्ड समेत नभएको विभागले जनाएको छ । 'नेपालको विमानस्थल हुदै गएको कुनै रेडर्क छैन,'पौडेलले भने,'भारत हुदै गएको हुन सक्छ ।'
घले त्रिभुवन विमानस्थल सुरक्षा गार्ड कार्यलयमा कार्यरत छिन । घलेले आफूसंग पैसा लिएको भन्दै मोहमदले विभागमा बयान दिएका छन् । विभागले हवल्दार घलेसंग लिएको बयानमा पटक पटक गरी ४ लाख मात्रै लिएको स्वीकारेका छन् । दुवै जनालाई आवश्यक छानविन गरी ठगी मुद्धामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको विभागले जनाएको छ । प्रहरी प्रवक्ता नवराज सिलवालले घलेले ठगि गरेको प्रमाणित भएमा स्वत निलम्बन हुने बताए ।
प्रकाशित मिति: २०७० असार २८
Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » बाढीले ८ को मृत्यु केही बेपत्ता, सयौं विस्थापित

विराटनगर, असार २८ - पूर्वका जिल्लाहरूमा आएको बाढीले ८ जनाको ज्यान गएको छ । केही बेपत्ता भएका छन् भने झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा कयौं विस्थापित भएका छन् ।
सुनसरी तनमुना ५ का ३५ वर्षीय दुखीलाल उराउको टेंग्राहा खोलामा डुबेर मृत्यु भएको छ भने सिराहा सिलोर्बा पछवारी ७ का चारवर्षे बालक भैरव यादवले पोखरीमा डुब्दा ज्यान गुमाएका छन् ।
यस्तै खोलाले बगाउँदा मोरङ सिंहदेवीका सुजन लिम्बूको मृत्यु भएको छ । ओखलढुंगामा डुबेर एक जनाले ज्यान गुमाएका छन् भने विराटनगर-५ का १८ वर्षीय निशान्त न्यौपानेको पास्ता खोलामा डुब्दा मृत्यु भएको छ । विराटनगरमै करिब ४० वर्षकी महिला मृत भेटिए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यसैगरी खाडलमा जमेको पानीमा डुबेर झापामा दुई वर्षे बालक र एक महिलाको ज्यान गएको छ । झापामै बगेर तीनजना बेपत्ता भएका छन् । विभिन्न खोलाको बाढीमा परी शिव राई, धीरज ताजपुरिया र पहिचान नखुलेका अर्का एक युवक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढी पसेर घर जोखिममा परेपछि मोरङका विभिन्न गाउँका हजारभन्दा बढी विस्थापित परिवारमध्ये पानी पर्ने क्रम मत्थर भएपछि बिहीबारबाट केही घर र्फकन थालेका छन् । विभिन्न खोलामा आएको बाढी बस्ती र घरमा पसेपछि उनीहरू आफन्त, विद्यालय, गाविस कार्यालयलगायत सार्वजनिक स्थलमा शरण लिएर बसेका थिए । अझै पनि दर्जनौं परिवार सार्वजनिक स्थलमै बस्न बाध्य छन् ।
केसलिया खोलाको बाढी पसेर विराटनगर उपमहानगरपालिकाको ब्रह्मपुराका सयभन्दा बढी परिवार विस्थापित बनेका छन् । लोहन्द्रा खोलाको बाढीले मोरङ कटहरीका सयभन्दा बढी सुकुम्बासी परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । यसैगरी बक्राहा खोलाको बाँध भत्किएर बाढी गाउँ पसेपछि बरडंगा गाविसका तीन सय परिवार विस्थापित छन् । मोरङका बेलबारी, रंगेली, उर्लाबारी, गोविन्दपुर, इटहरा, मोतीपुरलगायत क्षेत्र प्रभावित छन् ।
कोसीमा पानीको बहाव घटबट हुने क्रमसँगै सुनसरीको श्रीलंका टप्पु क्षेत्रमा कटान सुरु भएको छ । पाँच वर्षअघि पूर्व सोझिएर तटबन्ध भत्काएको कोसीको बहावलाई च्यानलमार्फत पश्चिमतर्फ सोझ्याइएपछि कोसीको भंगालोबीचमा पर्ने श्रीलंका टप्पु प्रभावित बनेको हो । यसैगरी पूर्वी तटबन्धलाई पानीको तीव्र बहावबाट जोगाउन बनाइएका केही संरचनामा कटान हुन थालेको छ ।
बक्राहा बाढीबाट बस्ती जोगाउन सेना, प्रहरी र स्थानीय बासिन्दाले बाँस र तारजाली लगाउनुका साथै बोरामा बालुवा भरेर रोक्न पहल गरिरहेको मोरङ प्रशासनले जनाएको छ ।
उता सुनसरीको महेन्द्रनगर ५ को जलाल गाउँ आसपास क्षेत्रमा कोसी कटान बढेको छ । 'कटान नरोकिए बस्ती बाँकी रहँदैन,' स्थानीय श्याम सुब्बाले भने ।
झापामा १०६४ विस्थापित झापामा करिब तीन सय बढी परिवारका एक हजार एक सय ६४ जना विस्थापित भएका छन् । प्रहरीका अनुसार पाँचगाछीमा ३ सय ५०, राजगढका ३ सय ६१, भद्रपुर २ सय ११, महाभारा ४ मा ९०, टाघनडुवामा ५३, शरणामति ५१, गौरीगन्जमा ३७ र सतासीधाममा ३८ जना विस्थापित छन् । सतासीधाम ४ का अमरबहादुर राई, श्रीप्रसाद राई, शुरवीर भण्डारी र प्रेमबहादुर विकलगायतको २२ घरमा बाढीले क्षति पुर्‍याएको छ । जिल्लाका ८ सयभन्दा बढी घर डुवानमा परेका छन् । विस्थापितहरू विद्यालय, गाविस भवन र छिमेकमा आश्रय लिएर बसेको प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जनाए । विस्थापितलाई जिल्ला प्रशासन, दैवीप्रकोप उद्धार समिति र रेडक्रसले दाल, चामल, नुन, तेललगायत वितरण गरेको पनि उनले जनाए । 
वर्षासँगै रतुवा, मावा, कमल, कन्काई, बिरिङ, मेचीलगायतका नदीमा पानीको बहाव बढ्दा साढे बाह्र बिघा जमिन कटान भइसकेको छ । टाघनडुब्बा, कुमरखोद, पथरिया र घेराबारीका ५ काठे पुल बगेका छन् ।
चार गाविसका घर डुबानमा
सप्तरीका चार गाविसमा पाँच दर्जनभन्दा बढी घर डुबानमा परेका छन । खाँडो खोलाको बाढीले तिलाठी, बेल्ही तथा सुन्दरी खोलाको बाढीले बरमझिया र पोर्ताहा गाविसका बस्ती डुबानमा परेका हुन् । नेपाल-भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी र भारत बिहार सुपौलको कुनौली पञ्चायतबाट बग्ने खाँडो खोलाको मुहान तीन वर्षदेखि बन्द भए पनि त्यसलाई खुलाउन थालिएको काम अधुरै रहेकाले तिलाठी र बेल्हीमा बाढी पसेको हो ।
पाँच घर पहिरोमा परे
धनकुटामा ५ घर पहिरोमा परेका छन् । पहिरोले धनकुटा नगरपालिकामा तीनघर भत्काएको छ भने आँखीसल्ला गाविसमा दुई घर बगाएको छ । यस्तै आँखीसल्लास्थित स्वास्थ्य चौकी र ठाकुरदेवी उच्चमाविलाई पनि क्षति पुर्‍याएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सूर्यप्रसाद उपाध्यायले बताए ।
हिलेको सिजाली टोलस्थित गोविन्द मगरको पोल्टी र्फम रहेको दुइटा घर भत्केको हो । किराना पसल, घरभित्रका धनमाल नष्ट हुँदा १७ लाख रुपैयाँ बराबरको क्षति भएको उपाध्यायले जनाए । यस्तै धनकुटा नगरपालिका ४ देब्रेबासस्थित दुर्गाबहादुर राईको घर पनि भत्किएको छ ।
यसैबीच मोरङ व्यापार संघले बाढीपीडितलाई चिउरा, चाउचाउ, बिस्कुट, प्याजलगायत खाद्यवस्तु उपलब्ध गराएको जनाएको छ । ग्रामीण पुनर्निर्माण संस्थाले त्रिपाल, सारी, गुन्द्री, टिसर्टलगायत उपलब्ध गराएको छ ।










प्रकाशित मिति: २०७० असार २८ https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » बजेटलाई व्यापार घाटाले उछिन्यो

काठमाडौ, असार २८ - सरकारले नयाँ कार्यक्रम राख्न नपाए पनि निर्यात बढाउन कसरत गरिरहेका बेला
वाषिर्क बजेटको आकारलाई व्यापार घाटाले उछिनेको तथ्यांक सार्वजनिक भएको छ । चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा ४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको हो । असार मसान्तसम्ममा घाटा ४ खर्ब ८० अर्ब नाघ्ने प्रक्षेपण गरिएको छ । यस वर्षको बजेट ४ खर्ब ४ अर्ब रुपैयाँ छ ।
निजी क्षेत्रले देशभित्रको ठूलो मागलाई सम्बोधन गर्न नसकेको र सरकारले वातावरण बनाउन नसकेको संकेत यसले दिएको छ । 'बजेट र व्यापार घाटाको सीधै सम्बन्ध नदेखिए पनि सरकारले लगानीको वातावरण बनाइदिने मुख्य माध्यम बजेट नै हो,' अर्थ मन्त्रालयका पूर्व आर्थिक सल्लाहकार केशव आचार्यले भने, 'यति धेरै माग हुँदा पनि सम्बोधन गर्न नसक्नु सरकार र निजी क्षेत्र दुवैको कमजोरी हो ।'
यस अवधिमा ६९ अर्बको निर्यात र ५ खर्ब ८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ, जसमा पेट्रोलियम पदार्थको आयातमात्रै ९८ अर्ब नाघेको छ । यसले दिनमै करिब ३० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खपत भइरहेको देखाउँछ । लोडसेडिङले इन्धन आयात बढाएको छ भने अन्य वस्तुको उत्पादन लागत बढाएर निर्यात घटाएको छ । गाडी आयातमा मात्रै २४ अर्ब रुपैयाँ खर्च भएको छ ।
पेट्रोलियम, गाडी, रासायनिक मल, सुनचाँदी, जाहाज र पार्टस, कोइलालगायतका वस्तुबाहेक करिब २ खर्ब ५० अर्ब रुपैयाँ बराबरका उत्पादनलाई दीर्घकालमा प्रतिस्थापन गर्न सकिन्छ । तीमध्ये करिब एक खर्ब रुपैयाँ बराबरको आयात केही वर्षमै प्रतिस्थापन गर्न सकिने अर्थका एक अधिकारीले बताए । यस अवधिमा चामल, खाने तेल, सोयाबिन, फलफूल, मासु, तरकारी गरी करिब ४० अर्ब रुपैयाँका कृषिजन्य उत्पादनको औपचारिक आयात भएको छ । अनौपचारिक तथ्यांक पनि हेर्ने हो भने यसको हिस्सा ६० अर्ब नाघ्ने विज्ञहरू बताउँछन् ।
'कृषिजन्य र केही औद्योगिक उत्पादन पनि प्रतिस्थापन गर्न सकिन्छ,' अर्थका ती अधिकारीले भने, 'तर राजनीतिक खिचातानीले बजेट त पूरा ल्याउन पाइँदैन कसरी निजी क्षेत्रको आत्मविश्वास बढ्छ र उत्पादन वृद्धि हुन्छ ?'
आयात प्रतिस्थापनसँगै तुलनात्मक लाभका वस्तुको प्रवर्द्धनमा ध्यान दिनसके घाटा कम गर्न सकिने विज्ञहरू बताउँछन् । तर ३ वर्षअघि पहिचान गरिएका यस्ता तुलनात्मक लाभका १३ वस्तुमध्ये ६ वटाको निर्यात घटेको छ । महको निर्यात त ११ महिनामा ५ हजार रुपैयाँ मात्रै भएको छ, जबकि यसबाट १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य सरकारको थियो ।
यति हुँदाहँुदै पनि मुलुक टाट पल्टिसकेको भने छैन । रेमिट्यान्स र पेन्सनले अन्तर्राष्ट्रिय कारोबारलाई सन्तुलनमा राखेको छ । यस वर्षको ११ महिनामा ३ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । पेन्सन आय ३२ अर्ब रुपैयाँ छ ।
यससँगै सेवा व्यापारबाट समेत भएको आयका कारण सोधनान्तर बचत भने ५२ अर्ब रुपैयाँ छ । यो गत वर्षको भन्दा भने कम हो । गत वर्ष यस्तो बचत १ खर्ब १५ अर्ब रुपैयाँ थियो ।
सोधनान्तर देश भित्रिने र बाहिरिने रकम बीचको फरक हो । निर्यात, रेमिट्यान्स, पर्यटक, विदेशी लगानी, विदेशी सहायताबाट देशभित्र रकम आउँछ । यसैगरी आयात, स्वास्थ्योपचार, तीर्थाटन, विदेशी कम्पनीको नाफा, पर्यटन, शिक्षाका लागि रकम बाहिरिन्छ ।
'रेमिट्यान्सले मात्रै सधैंभरि अर्थतन्त्र धान्न नसक्ने हुँदा अहिले सोधनान्तर बचत भयो भनेर ढुक्क हुने अवस्था छैन,' अर्थका एक अधिकारीले भने, 'लिबिया सिरियाजस्तो आन्दोलन, आर्थिक मन्दी भयो भने रेमिट्यान्स घट्न सक्छ ।' समयमा बजेट नआउनु, कृषि र उद्योगको निराशाजनक अवस्थाका कारण आर्थिक वृद्धिदर ६ वर्षयताकै न्यून हुने भएको छ । यस वर्ष अर्थतन्त्रको विस्तार ३.६ प्रतिशतको झिनो दरले मात्र हुनेछ । कृषि क्षेत्रको वृद्धिदर १.३ प्रतिशतमात्रै हुनेछ । आयात प्रतिस्थापन गरी निर्यात बढाउने बजेटले प्रयास गरिरहे पनि यस वर्षको उत्पादनमूलक क्षेत्रको १.५ प्रतिशतको वृद्धिदरले चुनौती दिइरहेको छ ।


प्रकाशित मिति: २०७० असार २८https://www.facebook.com/nepalinewss
           Popular VIDEO   http://www.youtube.com/watch?v=xmpNPgUvoxY