काठमाडौं, असार २८ -
राम्रो कमाई हुने प्रलोभन देखाएर बिदेश पुर्याई अलपत्र पार्नेलाई स्वदेश
फर्किएपछि ति ब्यक्तिहरुले बन्धक बनाएका छन् । मलेसियामा राम्रो काम र कमाई
हुने भन्दै विदेश पठाउने सप्तरीका झमरु चौधरीलाई बन्धक बनाएका हुन् ।
बन्धक बनाउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुमा दोलखा होमबहादुर सुनुवार, ओखलढुङगाका गंगा सुनुवार, अछामका नरेश
ढुङगाना र मोरङका रोशनराज भण्डारी छन् । त्यसमा संलग्न नुवाकोटाका शंकर मगर
फरार रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखामा असार २५ गते सप्तरीका झबरु चौधरीलाई
अपहरण गरेको सुचना पाएको थियो । त्यहि सुचनाका आधारमा अनुसन्धान गर्दै गएको
प्रहरीले अपहरण नभई पैसा उठाउनका लागि कोठामा राखेर कुरा गरेको थाहा पाएको
थियो ।
चौधरीले सुनुवारद्वयलाई २०६८ माघमा मलेसिया पठाएका थिए । मलेसियामा
भनेजस्तो काम नपाएका उनीहरुले काम अनुसारको तलब समेत नपाएको प्रहरीले
जनाएको छ । 'तलब नपाएपछि नेपाल फर्किएर आउन खोजेका उनीहरुलाई चौधरीले
त्यहिको दलाल लगाएर बन्धक बनाई राखेका रहेछन्,' अनुसन्धानमा संलग्न एक
अधिकृतले भने 'उनीहरु त्यहाँबाट फुत्किएर आएपछि चौधरीलाई भेटेर पैसा माग्दा
लुकीछिपी हिँडेको रहेछन् ।' फर्किएर आएका उनीहरुले बैदेशिक रोजगार बिभागमा
चौधरी बिरुद्ध उजुरी हालेका थिए । बैदेशिक रोजगार बिभागले ताकेता गर्दा
समेत चौधरी सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
बिदेशमा पीडित भएका उनीहरुले एक दिन बाटोमा झुबरुलाई देखेपछि नियन्त्रणमा
लिएर पैसा मागेको प्रहरीले जनाएको छ । उनीहरुले आफु जादाँ लागेको खर्च र
त्यसको ब्याज मागेका थिए । उनीहरुले कोटेश्वरबाट चौधरीलाई नियन्त्रणमा लिएर
कोटेश्वरको रामेछाप होटलमा लगि उनको साथमा रहेको ४७ हजार रुपैंया लगेको
प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०७० असार २८
No comments:
Post a Comment