Saturday, August 10, 2013

'र्‍यापिड टेस्ट' गर्दा बर्डफ्लु

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

भक्तपुर, श्रावण २७ - पशु चिकित्सकको टोलीले 'र्‍यापिड टेस्ट' गर्दा थप एउटा फर्मको कुखुरामा बर्डफ्लु देखिएको छ । यसअघि व्यवसायीले केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गराउने गरेमा शुक्रबारदेखि पशु चिकित्सकहरू फर्ममै पुगेर परीक्षण गर्न थालेका हुन् ।
 सिपाडोल सेवा केन्द्रका प्रमुख विष्णु तामाङको टोलीले सिपाडोल- ८ स्थित रोशनी बुढाथोकीको र्फमको कुखुरा परीक्षण गर्दा बर्डफ्लु देखिएको थियो । थप परीक्षण गर्न प्रयोगशाला पठाउूदा पनि बर्डफ्लु देखिएपछि शनिबार उनको र्फमको कुखुरा नष्ट गरिएको हो । सामान्य प्रविधिबाट रोग लागे, नलागेको पत्ता लगाउने गरिएको छ । र्‍यापिड टेस्ट गर्दा 'इन्फ्लुन्जा ए पोजिटिभ' पाइएमा कुखुरा नष्ट गर्ने गरेको छ ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टका अनुसार बुढाथोकीको ४ सय २९ कुखुरा नष्ट गरिएको छ । परीक्षण गर्दा बर्डफ्लु नपाइएमात्रै बिक्री गर्ने प्रमाणपत्र दिने व्यवसायीसूगको सहमति भएको थियो । स्वच्छ कुखुरामात्रै ओसारपसार गर्ने व्यवसायीको प्रतिबद्धता गराएर एक साताअघि ओसारपसारमा लगाएको प्रतिबन्ध खुला भएको थियो । भट्टका अनुसार दुई दिनमा भक्तपुरमा ४८ र्फमको कुखुरा परीक्षण गरिएको छ । परीक्षणका लागि तीन टोली खटिएका छन् ।
प्रकाशित मिति: २०७० श्रावण २७

एक्लिए राजकिशोर

काठमाडौं, श्रावण २७ - सहअध्यक्ष, दुई उपाध्यक्ष र एक महासचिवले पार्टी परित्याग गरेपछि मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव एक्लिएका छन् ।
सहअध्यक्ष बीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव अकवाल अहमद शाहले शनिबार पार्टी परित्याग गरेका छन् ।
बीपी राहदानी दुरुपयोग प्रकरणमा मुछिएपछि सभासदबाट निलम्बित भएका थिए । शाह पूर्वमन्त्री पनि हुन् । डेढ महिनाअघि अर्का उपाध्यक्ष शेखअब्दुल जब्बार फोरम गणतान्त्रिक छाडेर राजेन्द्र महतो नेतृत्वको सद्भावनामा गएका थिए । महतोले पनि उनलाई उपाध्यक्ष बनाएका छन् । अब राजकिशोरसूग वरिष्ठ नेता राजलाल यादव, महासचिव शशीकपुर मियाँ र सचिव हेमन्त शर्मा खत्बे मात्रै छन् । राजलालबाहेक अरू खासै चिनिएका नेता होइनन् ।
२०६९ फागुन ६ मा अध्यक्ष जेपी गुप्ता भ्रष्टाचारी ठहरीएर जेल चलान भएपछि राजकिशोरले पार्टी कब्जा गरी सरकारमा समेत गएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । सरकारमै रहेका बेला उनले वीरगन्जमा महाधिवेशन बोलाएर आफैंलाई अध्यक्ष घोषणा गरेका थिए ।
बीपी, अग्रवाल र शाहले राजीनामा पत्र फ्याक्स/इमेलमार्फत अध्यक्ष राजकिशोरलाई बुझाएका हुन् । तीनै जनाद्वारा हस्ताक्षरित राजीनामा पत्रमा 'अध्यक्षले पार्टीको हित एवं विधानविपरीत सिंगो पार्टीलाई ध्वस्त पार्ने खालको क्रियाकलाप' गरेको आरोप लगाइएको छ ।
अध्यक्षले पार्टीलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको, संगठन विस्तारलगायतमा ध्यान दिन आग्रह गर्दा अटेर गरेको भन्दै उनीहरूले सम्पूर्ण सदस्यलाई गुमराहमा पार्ने काम गरेको आरोपसमेत लगाइएको छ । 'जिल्लामा गएर गुट/उपगुट सिर्जना गरी कार्यकर्तामा द्वन्द्व सिर्जना गरेकाले सिंगो पार्टी नै तहसनहस भएको छ,' उनीहरूद्वारा जारी विज्ञप्तिमा छ । उनीहरू आइतबार महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गर्दैछन् ।
यसैबीच शाहीकालीन पूर्वउपप्रधानमन्त्री तथा सद्भावनाका पुराना नेता बद्रीप्रसाद मण्डल र पूर्वसभासद रामानन्दन मण्डल हालै राजेन्द्र महतो नेतृत्वको सद्भावना प्रवेश गरेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण २७

अझै खुलेन दार्चुला सडक दैनिक उपभोग्य वस्तुको संकट -

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



दार्चुला, श्रावण २७ - बाढीपहिरोले असार पहिलो साता क्षतिग्रस्त हुन पुगेको सदरमुकाम-खलंगा जोड्ने सडक दुई महिनासम्म पनि खुल्न नसक्दा दार्चुलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको संकट सुरु भएको छ । सदरमुकाम खलंगा र ग्रामीण भेगमा खाद्यान्न आपूर्ति ठप्प हुन पुगेको छ ।
कतिपय क्षेत्रमा पर्खाल भत्कने र पहिरो जाने क्रम जारी रहेकाले समस्या झनै बढ्दै गएको छ । बाढीले बैतडी-दार्चुला सडकखण्ड धेरै ठाउँमा भत्किएको छ । सतबाजदेखि एक सय २६ किलोमिटरको दूरीमा ९ ठाउँमा सडक बगेको डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ । '५ किलोमिटर सडक मर्मत र पुनर्निर्माण गर्नुपर्ने स्थिति छ,' डिभिजन प्रमुख सञ्जय श्रेष्ठले भने । डेढ महिनाअघि सडक विभागका महानिर्देशक दिनकर शर्मा र बैतडी डिभिजन कार्यालय प्रमुख सञ्जयकुमार श्रेष्ठसहितको टोलीले स्थलगत अनुगमनपछि १५ दिनमा यातायात सञ्चालन गरिने बताएका थिए । तर सडक डिभिजन कार्यालयले पुनर्निर्माण र मर्मतमा ढिलाइ गरेको स्थानीयको आरोप छ । ऐरिछिना र मेल्खेत नजिकको धामीगडामा खुल्ने र पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ । ती क्षेत्रमा पर्खाल भत्कने र पहिरो खस्ने समस्या कायमै छ । दत्तुको सकारमा ट्रयाक खोलिए पनि दलदले माटोका कारण यातायात चल्न सकेको छैन । धापको मसिनबालुवा भन्ने ठाउँमा मेसिन बिगि्रएकाले १५ दिन काम अवरुद्ध भएको थियो । खेट्टेबगर अगाडि ठूलो चट्टान फोड्न विस्फोट पदार्थ र कम्प्रेसर मेसिन ल्याइए पनि काम सुरु गरिएको छैन । केही विस्थापित परिवारले पुनर्निर्माण गर्न खोजे पनि सडक नखुल्दा काम सुरु हुन नसकेको स्थानीय पुष्करराज बडुले बताए । 'यातायात सुविधा छैन, निर्माण सामग्री ल्याउन सकेका छैनौं,' उनले भने । ठाउँ-ठाउँमा भत्केको र दिनहुँको वषर्ाका कारण निर्माणमा ढिलाइ भएको डिभिजन प्रमुख श्रेष्ठले बताए । उनी तीन सातादेखि काठमाडौंमै छन् ।

प्रकाशित मिति: २०७० श्रावण २७