See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
दार्चुला,
श्रावण २७ -
बाढीपहिरोले असार पहिलो साता क्षतिग्रस्त हुन पुगेको सदरमुकाम-खलंगा
जोड्ने सडक दुई महिनासम्म पनि खुल्न नसक्दा दार्चुलामा खाद्यान्नलगायत
दैनिक उपभोग्य वस्तुको संकट सुरु भएको छ । सदरमुकाम खलंगा र ग्रामीण भेगमा
खाद्यान्न आपूर्ति ठप्प हुन पुगेको छ ।
कतिपय क्षेत्रमा पर्खाल भत्कने र पहिरो जाने क्रम जारी रहेकाले समस्या झनै
बढ्दै गएको छ । बाढीले बैतडी-दार्चुला सडकखण्ड धेरै ठाउँमा भत्किएको छ ।
सतबाजदेखि एक सय २६ किलोमिटरको दूरीमा ९ ठाउँमा सडक बगेको डिभिजन सडक
कार्यालय पाटन बैतडीले जनाएको छ । '५ किलोमिटर सडक मर्मत र पुनर्निर्माण
गर्नुपर्ने स्थिति छ,' डिभिजन प्रमुख सञ्जय श्रेष्ठले भने । डेढ महिनाअघि
सडक विभागका महानिर्देशक दिनकर शर्मा र बैतडी डिभिजन कार्यालय प्रमुख
सञ्जयकुमार श्रेष्ठसहितको टोलीले स्थलगत अनुगमनपछि १५ दिनमा यातायात
सञ्चालन गरिने बताएका थिए । तर सडक डिभिजन कार्यालयले पुनर्निर्माण र
मर्मतमा ढिलाइ गरेको स्थानीयको आरोप छ । ऐरिछिना र मेल्खेत नजिकको
धामीगडामा खुल्ने र पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ । ती क्षेत्रमा
पर्खाल भत्कने र पहिरो खस्ने समस्या कायमै छ । दत्तुको सकारमा ट्रयाक खोलिए
पनि दलदले माटोका कारण यातायात चल्न सकेको छैन । धापको मसिनबालुवा भन्ने
ठाउँमा मेसिन बिगि्रएकाले १५ दिन काम अवरुद्ध भएको थियो । खेट्टेबगर अगाडि
ठूलो चट्टान फोड्न विस्फोट पदार्थ र कम्प्रेसर मेसिन ल्याइए पनि काम सुरु
गरिएको छैन । केही विस्थापित परिवारले पुनर्निर्माण गर्न खोजे पनि सडक
नखुल्दा काम सुरु हुन नसकेको स्थानीय पुष्करराज बडुले बताए । 'यातायात
सुविधा छैन, निर्माण सामग्री ल्याउन सकेका छैनौं,' उनले भने । ठाउँ-ठाउँमा
भत्केको र दिनहुँको वषर्ाका कारण निर्माणमा ढिलाइ भएको डिभिजन प्रमुख
श्रेष्ठले बताए । उनी तीन सातादेखि काठमाडौंमै छन् ।
प्रकाशित मिति: २०७० श्रावण २७

No comments:
Post a Comment