Monday, August 5, 2013

समाचार » उपत्यका काँक्रेबिहारको मुद्दा अदालतमा



काठमाडौं, श्रावण २२ - सुर्खेतको काँक्रेविहारमा बुद्ध मूर्ति स्थापना गर्न नहुने भन्दै आइतबार पुनरावेदन अदालतमा रिट दायर भएको छ ।

काँक्रेबिहार ऐतिहासिक, पुरातात्त्विक संरक्षण समिति अध्यक्ष पदमदेव गिरी र लाटीकोइली गाविसका बासिन्दा तिलबहादुर भण्डारीले रिट दायर गरेका हुन् । उनीहरूले काँक्रेबिहार ऐतिहासिक र पुरातात्त्विक महत्त्वको पर्यटकीयस्थल भएको तथा वन ऐन र कार्ययोजनाविपरीत बुद्ध मूर्ति स्थापना गर्न लागिएको भन्दै रिट दायर गरेका छन् । सुर्खेतका जिविस, जिल्ला प्रशासन र जिल्ला वनले काँक्रेबिहारमा बुद्ध मूर्ति स्थापनाका लागि सरकारलाई गरेको सिफारिस गैरकानुनी भएको दाबी रिटमा छ ।

बुद्ध मूर्ति स्थापनामा आफू बाधक नभएको सरकारी प्रतिक्रिया आएलगत्तै रिट दायर भएको हो । बुद्ध मूर्ति स्थापना गर्न पुगेको धर्मावलम्बीहरूको समूहलाई प्रहरीले हस्तक्षेप गरी कुटपिट गरेको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ नेतृत्वमा काँक्रेबिहार सरोकार समितिले आन्दोलन गर्दै आएको छ । सिंहदरबार घेराउपछि सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलाई बुद्ध मूर्ति स्थापनामा बाधक नभएको स्पष्ट पारेको थियो । त्यस विषयमा थप गृहकार्य गरी सरकार र जनजाति तथा काूक्रेबिहार सरोकार समितिबीच वार्ता गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: २०७० श्रावण २२

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» समाचार » पूर्व अरुण पूर्वका ९ जिल्ला बन्द




संखुवासभा, श्रावण २२ - राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान प्रान्तीय परिषदले आव्हान गरेको बन्दका कारण मंगलबार पूर्वका ९ जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ ।

लिम्बुवान राज्य पुर्नस्थापना तथा समयसीमा भित्र संविधान जारी गर्न माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान प्रान्तीय परिषदले बन्द आहान गरेको हो ।

वि.सं.१८३१ साउन २२ अर्थात आजकै दिन लिम्बुवान स्वायत्त राज्यबाट एकात्मक शासन व्यवस्थामा विलय गरिएको भन्दै प्रत्येक वर्ष यस दिनलाई परिषदले कालो दिनको रुपमा मनाउंदै आएको जनाएको छ । परिषदले अरुण पुर्वका संखुवासभा, ताप्लेजुङ, पाचथर, ईलाम, झापा, धनकुटा, मोरङ्, सुनसरी र तेह्रथुम बन्द आव्हान गरेको जनमुक्ति पाटीले बताएको छ ।

बन्दका कारण ९ जिल्लामा यातायात प्रभावित भएको छ । बन्दमा एम्वुलेन्स, कुटनीतिक नियोगको गाडी, शव बहान, प्रेसको गाडी, दूधको गाडीलाई भने निर्वाध रुपमा चल्न दिने जनमुक्ति पाटीले जनायो । बन्दका कारण संखुवाससभा सदरमुकाम खाँदबारी, चैनपुर, मुढे लगायतका बजार पूर्णरुपमा बन्द छ । सदरमुकाम खाँदबारीवाट तल्ने लामो र छोटो दुरीका सवारी साधन पनि बन्द छ ।



जनवीवन प्रभावित

चन्द्र कार्की

तेह्रथुम- बन्दले यहाँको जनवीवन प्रभावित भएको छ । तेह्रथुम सहित धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा सवारी चलेका छैनन् । जिल्लाभरका कुनै पनि सडकमा सवारी नचल्दा यात्रुले सास्ती खेपेका छन् । तेह्रथुमका म्याङलुङ, वसन्तपुर, शुक्रवारे जिरिखिम्ती लगायतका वजार आंशिक रुपमा वन्द छन् । वन्दकर्ताको उपस्थित न्युन मात्रामा देखीए पनि वन्दको प्रभाव भने जिल्लाभर परेको छ । सदरमुकाम र अन्य वजार क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।



प्रकाशित मिति: २०७० श्रावण २२

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» समाचार » पश्चिम पहिरोले पोखरा-बागलुङ राजमार्ग बन्द


-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

पोखरा, श्रावण २२ - पोखरा-बागलुङ राजमार्गको पर्वत खण्ड अन्तर्गत बेतेनी भन्ने स्थानमा गएको पहिरोले सडक अबरुद्ध भएको छ । आज बिहान ३ बजेतिर झरेको करीब ५० मिटर लम्बाईको पहिरोले सडक अवरुद्ध भएपछि धौलागिरीका जिल्लाबाट देशका विभिन्न स्थानमा हिडेका तथा धौलागिरी भित्रिने संयौ सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

अहिले डोजरले पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ । पहिरोले कल्भर्टसमेत बगाएको र मध्यान्हसम्ममा यातायात सुचारु हुनसक्ने पर्वतका डिएसपी श्यामकृष्ण अधिकारीले बताए ।



प्रकाशित मिति: २०७० श्रावण २२

See more at: https://www.facebook.com/nepalinewss

» मुख्य समाचार » कस्तो छ असन्तुष्टको तयारी

काठमाडौं , श्रावण २२ - अहिलेको राजनीतिक प्रक्रियाप्रति असन्तुष्ट नेकपा- माओवादीलगायतका राजनीतिक दलले उच्चस्तरीय राजनीतिक समिति सम्बद्ध दलसंग आ- आफ्नै माग र अडानमा केन्दि्रत रहेर छलफल गर्ने भएका छन् । माओवादी नेतृत्वको २५ दलीय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसंग आफ्ना पुरानै अडानमा छलफल गर्ने रणनीति तय गरेको छ । समितिले सर्त नराखी पत्र पठाएपछि वार्ताका लागि तयार भएको मोर्चाको सोमबार बसेको बैठकले मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनको प्रक्रिया रोकेर आफूहरुले अघि सारेको मागमा छलफल गर्न समितिलाई आग्रह गर्ने भएको हो ।

'हाम्रा पुरानै माग छन् । निर्वाचनको प्रक्रिया रोकेर त्यसमा छलफल गनुपर्छ भन्ने हो,' माओवादी सचिव देव गुरुङले भने, 'हामीले अघि सारेका मागको सम्बन्धमा कति लचक हुने, कति अनिवार्य रुपमा पुरा गर्नुपर्ने भन्नेमा छलफलबाटै एउटा निश्कर्ष निकाल्न सकिन्छ ।'

माओवादीलगायतका दलले निर्वाचनको प्रक्रिया रोक्नुपर्ने, फागुन ३० मा दलहरुबीच भएको ११ बुँदे सहमति र चैत १ गतेको २५ बुँदे बाधा अड्काऊ फुकाउको खारेजी, प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार विघटन, सर्वपक्षीय गोलमेच सम्मेलन र राजनीतिक नेतृत्वको राष्ट्रिय सरकार गठनलगायतका माग अघि सारेको छ । राष्ट्रियताबारे पनि मोर्चाले आफ्नो घारणा राख्दै आएको छ ।

छलफलमा निर्वाचन बहिश्कार अभियानमा लागेका कार्यकर्ता पक्राउबारे पनि माओवादीले कुरा उठाउने भएको छ । समितिले माओवादीलगायतका दलसंग मंगलबार दिउूसो १ बजे छलफल गर्ने भने पनि सचिव गुरुङले भने समय तय भइनसकेको बताए । 'आपसी सहमतिमा समय तय गर्ने कुरा भएको छ,' सोमबार साँझ उनले भने, 'अहिलेसम्म समय तय भइसकेको छैन । भ्याए भोली नभए पर्सीसम्म वार्ता होला ।'    

फोरम पुरानै मागमै अडिग

मधेशी जनअधिकार फोरम नेपालले उच्चस्तरीय राजनीतिक समितिसंग मंगलबार हुने वार्तामा आफ्ना पुरानै मागमा अडिग रहने निर्णय गरेको छ । फोरमको आइतबार र सोमबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय समितिको वैठकले २५ बुूदे बाधा अड्काउ फुकाउ संशोधन, रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने, तीन दल र मधेशी मोर्चाको सिण्डिकेड खारेज हुनुपर्ने, संविधानसभामा समानुपातिक सीटको अनुपात घटाउन नहुनेलगायतकै माग अघि सार्ने निर्णय गरेको हो । उच्चस्तरीय समितिसंग वार्तामा बस्न भने आफूहरु तयार भएको  केन्द्रीय सदस्य अर्जुन थापाले बताए ।

'वार्तामा सहभागी हुन्छौ,' थापाले कान्तिपुरसित भने, 'पहिलेदेखि उठाएका माग नै वार्तामा हाम्रा मुख्य मुद्दा हुनेछन् ।' माग पूरा नभए चुनावमा भाग नलिने र संघर्षका कार्यक्रम अघि बढाउने बैठकले निर्णय गरेको छ । यद्यपी रेग्मी नेतृत्वको सरकारले चुनाव गराउनुपर्छ भन्ने पक्षमा पार्टी रहेको थापाले बताए । 'जसरी पनि चुनाव हुनुपर्छ भन्ने पार्टीको लाईन हो' उनले भने, 'यथास्थितीमा चुनाव गराउन खोजे भाग लिन्नौं ।'

फोरमसहितका आठ दल आवद्ध 'संघीय लोकतान्त्रिक मोर्चा'ले मतदाता नामावलीमा मतदाताको नाम सूचिकृत गर्ने समय थप गर्न, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र थप्न र २०६४ सालमा मतदाता सूचीमा रहेकालाई चुनावमा मतदानको अधिकार दिनेलगायत १३ बुूदे ज्ञापन पत्र बुझाएको छ ।

यस्तै वैठकले पार्टीको विधान संशोधन गर्दै केन्द्रीय समिति ४१ बाट ५१ सदस्यीय बनाउने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादबको राजनीतिक प्रतिवेदन बैठकले आइतबार नै पारित गरेको छ । सोमवारको वैठकमा पार्टीको संगठनात्मक संरचनाबारे विवेचना भएको थियो ।

राजनीतिक सम्मेलनबाट टुंगो लगाउनुपर्छः संघीय समाजवादी

संघीय समाजवादी पार्टीले सर्वदलीय राजनीतिक सम्मेलनबाट निर्वाच्ान लगायत मुद्दाहरुको छिनोफानो गर्नुपर्ने एजेण्डालाई प्रमुखताका साथ उठाउने भएको छ । अध्यक्ष ओशक राईले उच्चस्तरीय समितिबाट वार्ताका लागि अझै औपचारिक पत्र नआए पनि जुनसुकै बेला वार्ता गर्न तयार रहेको जानकारी दिए ।

उच्चस्तरीय समितिले मंगलबार असन्तुष्ट दलहरुसंग वार्ता गर्ने तयारी गरेको छ । अध्यक्ष राईले सहमति हुन्छ भने आफूहरु चुनाव सार्नुपर्ने पक्षमा नरहेको जानकारी दिए । 'हामी चुनावको पक्षमा छौ राजनीतिक सम्मेलनले टुंगो लगाउद भने चुनाव सार्नुपर्दैन' अध्यक्ष राईले कान्तिपुरसंग भने, 'तर बैद्यजी लगयातलाइ समेट्नका लागि चुनाव सार्नुपर्ने भयो भयो त्यसको विरोध हामीबाट हुने छैन ।'

उनले पार्टीले यसअघि राखेका मागहरुबारे नै सरकार र अन्य दलहरुसंग छलफल हुने जानकारी दिए । संघीय समाजवादी पार्टीले चार दलबीच भएको ११ बुदे र २५ बुदे बाधा अड्काउ फुकाउ आदेश खारेज हुनुपर्ने, संविधान सभाबाटै संविधान बन्ने सुनिश्चितता हुनुपर्ने, समानुपातिकको सिट पहिलेको संविधान सभाको अनुपात अनुसार नै कायम हुनुपर्ने लगायतका माग राखेको छ । 'हामीले हाम्रा माग सार्वजनिक रुपमा राखिसकेका छौ, राष्ट्रपतिलाई पनि दिएका छौ' अध्यक्ष राईले भने-  'यिनै कुराहरु दलहरुसंगको छलफलमा पनि हामी राख्छौ ।'

प्रकाशित मिति: २०७० श्रावण २२

See more at: https://www.facebook.com/nepalinewss-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » भ्रमण सोचेभन्दा सफल: कोइराला

नयाँ दिल्ली, श्रावण २२ - भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा औपचारिक भारत भ्रमणमा रहेका कांग्रेस सभापति सुशील कोइरालाले सोमबार भारतीय प्रधानमन्त्री सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र विदेश सचिव सुजाता सिंहसँग भेटवार्ता गरेका छन् । मंगलबार कांग्रेस गठबन्धन नेतृ सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, विपक्षी दलकी नेतृ सुष्मा स्वराजसहितसँग भेटवार्ता गर्दैछन् । पार्टीका महामन्त्रीद्व प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई साथमा लिएर दिल्ली पुगेका कोइरालाले भ्रमण सोचेभन्दा सफल भएको बताएका छन् ।

भारत भ्रमण कस्तो भइरहेको छ ?

निकै व्यस्त छु । भेटघाट जारी छन् । आज प्रधानमन्त्री मनमोहन सिंहसँग वार्ता भयो, अर्थपूर्ण कुराकानी भए । भ्रमण उपलब्धिमूलक छ, अपेक्षा गरेभन्दा सफल ।

लक्ष्मणपुर बाँधको कुरा उठाउने भन्नुभएको थियो । सिंहसँग त्यस्तो कुरा भयो ?

मैले नेपाल-भारत सीमावर्ती क्षेत्रमा देखिएको बाढीपहिरोको प्रकोपबारे कुरा उठाएँ । दुवै देशको हितमा रहने गरी प्राकृतिक विपत्ति रोक्ने काम थाल्न सुझाएको छु ।

एक महिनाकै अन्तरमा कांग्रेसकै देउवापछि तपाईं आउनुभएको छ । किन यसरी दोहोरिँदै निम्ता गएको हो ?

होइन, नेपाली कांग्रेससँग भारतको सम्बन्ध विशिष्ट छ, ऐतिहासिक महत्त्वको छ । यसरी भ्रमण भइरहनु अन्यथा होइन । देउवाजी पूर्वप्रधानमन्त्रीका हैसियतमा आउनु भएको हो, म पार्टी सभापतिका रूपमा ।

भनेपछि पार्टीगत भ्रमण हो यो ?

देउवाजी आएर द्वैपक्षीय सम्बन्ध सुधार्ने पक्षमा काम भएको हो, म पनि द्वैदेशीय चासो र सम्बन्धका विषयमा केन्दि्रत छु ।

यसअघि पनि तपाईंलाई भारत भ्रमणमा बोलाइएको थियो । तर तपाईं भारतसँग रुष्ट रहेकाले आउन नचाहेको भन्ने टिप्प्णी हुने गरेको छ नि ?

त्यसो होइन । म भारतसँग कहिल्यै रुष्ट छैन । मेरो छवि बिगार्न गरिएको यो दूषित प्रचार मात्रै हो । यसको कुनै अर्थ छैन  ।





प्रकाशित मिति: २०७० श्रावण २२

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

» मुख्य समाचार » घरजग्गा कर बृद्धिमा दलको विरोध

See more at: https://www.facebook.com/nepalinewss-
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण २२ - काठमाडौ महानगरपालिकाले घरजग्गा कर बृद्धि गरेको भन्दै राजनीतक दलहरुले विरोध गरेका छन । घर जग्गा कर बृद्धि गर्दा साना करदातालाई समस्यामा परेको उनीहरुको आरोप छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपमेयर नवीन्द्रराज जोशीले महानगरले अचानक घर जग्गा करबृद्धि गरेको बताए । 'नौं सय प्रतिशत कर बृद्धि गरेको छ, यसमा पुर्न विचार हुनपर्छ,' उनले भने । २२ औं नगरपरिषदले गरेको घरजग्गा कर मुल्याङकनमा ठूला करदातालाई छुट भएपनि सानाखाले समस्यामा परेका छन् ।
एमाले नेता विद्यासुन्दर शाक्यले कर बृद्धि फिर्ता लिनु पर्ने बताए । बृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको भन्दै उनले त्यसको सुनुवाई नभए थप आन्दोलनको घोषणा गर्ने बताए । 'हचुवाका भर कर बढाउन हुदैन, जनता मारमा परेका छन्' उनले भने ।
साना करदातालाई दुई देखि तीन सय प्रशित कर बृद्धि भएको छ । करदातालाई समस्या परे पनि विगतका बर्षभन्दा बढी कर प्रणाली बढी बैज्ञानिक भएको महानगरको दाबी छ । महानगरका प्रबक्ता शान्ताराम पोखरेलले केही बृद्धि भएको स्वीकार्दै करप्रणालीमा एकरुपता भएको बताए । 'केही कमीकमजारी छन त्यसलाई सुधार गछौं' उनले भने ।
२२ औं नगरपरिषदले महानगरका प्रत्येक गल्लीको घरजग्गा राजश्वको मुल्याङकन मापन पद्धति पारित गरेको छ । विगतका वर्षमा मुल्याङकन पद्धति निकै अस्पष्ट थियो भने गल्ली र मुलसडकको पनि कर निर्धारण बैज्ञानिक थिएन ।
नयाू कर निर्धारण्ा अनुसार बाटोको आधारमा घरजग्गा कर निर्धारण गरिएकामा अहिले प्रतिरोपनी बढीमा ८५ लाख र कम्तीमा ४५ लाख मूल्यांकन गरिएको छ। जुन रकममा कच्ची सडकसूग जोडिएको रहेमा १० प्रतिशत र गल्ली गोरेटो (छ फिट चौडाइ) रहे २० प्रतिशत छुट दिई मूल्यांकन गर्ने प्रावधान छ ।
मुख्य सडकछेउ रहेका हकमा भने छुट उपलब्ध नहुने नियम छ । यसअघि १८ सयदेखि ४ लाखसम्म कर तिर्दै आएकाहरु मारमा परेको देखिन्छ । नयाू कर निर्धारण अनुसार साना करदाताले दुःखी हुूदै तिरेको र ठूला करदाताले खुशीसाथ कर तिरिरहेका छन् ।  महानगरका एक कर्मचारीका अनुसार सानो घर र धेरै जग्गा हुनेहरु पूण्र्ारुपमा मारमा परेको देखिन्छ । ति कर्मचारीले भने, 'ठूला करदातालाई छुट दिए जस्तो देखिएको छ ।' जनगण्ाना २०६८ अनुसार महानगरपालिकामा दुई लाख ५४ हजार सात सय ६४ वटा घर रहे पनि महानगरपालिकाले ६० हजार वटा घरलाई मात्र करको दायरामा ल्याउन सकेको छ । 'अब अनुगमनद्धारा सबैलाई करको दायरामा ल्याउूछौ' तिकर्मचारीले भने, 'यसै आर्थिक वर्षदेखि जसरी भएपनि करको दायरामा ल्यउनै पर्छ ।'
महानगरपालिकाका अनुसार अघिल्लो आथिर्क वर्षमा ३९ करोड घरजग्गा कर उठाउने लक्ष्य लिएकोमा महानगरपालिकाले ३६ लाख उठाएको छ । साथै, चालु आथिर्क वर्षमा ४६ करोड रुपैयाू घरजग्गाबाट राजस्व उठाउने लक्ष्य लिएको छ । कर शंसोधन सम्बन्धि राजनीतिक दलले विरोध गरेपछि महानगर २२ औं नगरपरिषदको निर्णयलाई संशोधन गर्ने तयारीमा पुगेको छ ।

प्रकाशित मिति: २०७० श्रावण २२

मुख्य समाचार » बजेट बढ्दा आर्थिक कुटनीति उत्साहित

काठमाडौं, श्रावण २२ - विश्व बजारबाट मुलुकलाई उच्चतम फाइदा दिलाउन विदेशस्थित नेपाली नियोगहरूले गत वर्षभन्दा डेढ गुणा बढी बजेट पाउने भएका छन् । आर्थिक कुटनीतिअन्तर्गत विश्वभरका ३२ नेपाली नियोगका लागि यस आर्थिक वर्षमा ४ करोड छुट्याइएको छ । गत वर्ष २ करोड ६५ लाख मात्र थियो ।

यसअघि आर्थिक कुटनीति भनेर नेपाली नियोगले सामान्य भोज, भेटघाट गर्ने गरेकामा यस पटकदेखि केही ठोस काम गर्न सकिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । आर्थिक कुटनीति प्रवर्द्धन गर्न मन्त्रालयमा एउटा विशेष स्रोत केन्द्र स्थापना गरिने भएको छ । वहुपक्षीय आर्थिक मामिला महाशाखा प्रमुख सहसचिव कृष्ण ढकालका अनुसार हरेक नियोगमा आर्थिक कुटनीतिसम्बन्धी क्रियाकलाप समन्वय गर्न नियोग प्रमुख नेतृत्वमा एउटा छुट्टै संयन्त्र निर्माण हुने भएको छ ।

मन्त्रालयले आर्थिक कुटनीतिसम्बन्धी निर्देशिका तयार गरिरहेको छ । निर्देशिका लागु भएपछि आर्थिक कुटनीतिका क्रियाकलापमा एकरुपता आउने बताइएको छ । त्यसअन्तर्गत क्षेत्रगत प्राथमिकता निर्धारण गर्न रणनीति तयार भइरहेको जानकारी ढकालले दिए ।

आर्थिक कुटनीतिले गति लिन खोजिरहेको अवस्थामा हालै उच्चस्तरीय आर्थिक कुटनीति कार्यान्वयन तथा अनुगमन समिति बैठक मन्त्रालयमा बसेको छ । ३ वर्षदेखि समिति बैठकसमेत बस्न सकेको थिएन । परराष्ट्रमन्त्री अध्यक्ष रहने उक्त समिति आर्थिक कूटनीतिसम्बद्ध संयन्त्रलाई दिशानिर्देश गर्ने सर्वोच्च अनुगमन निकाय हो ।

आधुनिककालमा विश्व कुटनीतिको सबैभन्दा महत्त्वपूर्ण अंश आर्थिक कुटनीतिमा नेपाल भर्खरै ठोस रूपमा अघि बढ्न खोजेको हो । सरकारले आर्थिक कुटनीति अन्तर्गत विकास सहयोग, सिधा विदेशी लगानी, पर्यटन, निर्यात व्यापार र वैदेशिक रोजगारी प्रवर्द्धनलाई मुख्य कार्यक्षेत्र तोकेको छ । प्रायः चर्चामा रहने नेपाली नियोगहरूको कमजोर भुमिका र उदासिनता न्युन पार्न आर्थिक कुटनीतिको यो पहल प्रभावकारी हुनसक्ने विश्लेषकहरूको भनाई छ । नेपाली नियोगहरूले खासगरी पर्यटन र वैदेशिक रोजगारी प्रवर्द्धनका क्षेत्रमा छिट्टै नतिजामुखी क्रियाकलाप गर्नसक्ने अधिकारीहरूको विश्वास छ । यसअघि २ पटक नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिंदा नेपाली नियोगहरूले खासै योगदान पुर्‍याउन सकेका थिएनन् ।

प्रकाशित मिति: २०७० श्रावण २२


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY