Friday, August 2, 2013

» समाचार » मध्य चटयाङले एकको मृत्यु, ६ घाइते


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

दोलखा, श्रावण १९ - चटयाङले दक्षिणी गाउँ दोलखामा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
शुक्रवार साँझ करिब ६ बजेतिर भएको घटनमा घ्याङसुकाठोकर- ४ का अन्दाजी ४० वर्षीय विष्णबहादुर थापाको मृत्यु भएको हो । घरबाट गोठतर्फ जादै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाश केसीले जानकारी दिए ।
चट्याङले झुले- ८ की राधादेवी कार्की घाइते भएपछि उनलाई उपचारको लागि काठमाडौं लगिएको छ । घ्याङसुका ठोकरमा घाइते भएका मिना थापा, जनक गोले, झनमाया कार्की, गोपाल कार्की र सीता खड्काको अवस्था खतराबाहिर रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २०७० श्रावण १९

» मुख्य समाचार » 'जोखिम भए पनि मानव संक्रमण देखिएको छैन' बर्डफ्लु क्षेत्रमा बिरामी


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण १९ - स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले भक्तपुरको बर्डफ्लु प्रभावित क्षेत्रमा मानव संक्रमणको सम्भावनालाई दृष्टिगत गर्दै उच्च निगरानी जारी रहेको  जनाएको छ । इपिडिमियोलजीको अनुसार हालसम्म मुलुकमा मानिसमा यो रोगको संक्रमण देखिएको छैन ।
'कुखुरालगायतका गाडेको ठाउँको सय मिटर वरिपरि हामी मानव संक्रमणको उच्च निगरानी गरिरहेका छौं,' इपिडिमियोलजीका निर्देशक डा. जीडी ठाकुरले भने, 'उक्त ठाउँमा दुर्गन्धले गर्दा  स्थानीय केही व्यक्तिहरूका टाउको दुख्नेलगायतका समस्या देखिए पनि बर्डफ्लु जस्तो लक्षण छैन ।'
स्थानीयवासी दुर्गन्धले गर्दा टाउको दुख्ने जस्ता समस्या देखिएको गुनासो गरेको उल्लेख गर्दै ठाकुरले कुखुरा मार्न उपयोग गरिएका श्रमिकहरूलाई समेत एन्टी भाइरल औषधि टैमी फ्लु  ख्वाएर नै पठाइएको जनाए ।
हाल मुलुकमा तीव्र प्रसार देखिएको बर्डफ्लु संक्रमण चिन्ताको विषय रहेको जनाउँदै डा.ठाकुरले बर्डफ्लु संक्रमण देखिएको ठाउँ र संक्रमित पन्छीको प्रत्यक्ष सम्पर्कमा आएकाहरूमा रुघा- खोकी लगायतको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा तुरन्त सुझाव लिन आग्रहसमेत गरे ।
 विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार बर्डफ्लुको संक्रमण एक व्यक्तिबाट अर्को हुन गाह्रो भए पनि यो संक्रमण भएपछि मृत्युदर करिब ६० प्रतिशत देखिएको छ । डब्लूएचओको  अनुसार हालसम्म राम्ररी पकाएको कुखुराको मासुबाट यो रोग मनुष्यमा सरेको कुनै प्रमाण देखिएको छैन । खाना पकाउँदा उपयोग गरिने सामान्य तापक्रम अर्थात् ७० डिग्री सेल्सियस यदि  खाद्य पदार्थको हरेक भागमा पुगोस् भने यो भाइरस मार्न पर्याप्त हुन्छ ।
मनुष्यमा बर्डफ्लु हुने मुख्य कारण संक्रमित पन्छी जीवित वा मृत पोल्ट्री वा उनीहरूको सुलिको निकट सम्पर्क रहेको पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.विजयकान्त झा  बताउँछन् । बर्डफ्लु प्रभावित पन्छीको सुलीसँग टाँस्सिएको वस्तुहरूले समेत एक ठाउँबाट अर्को ठाउँमा संक्रमण फैलाइरहेको जनाउँदै नेपाल भेटनरी एसोसिएसनका महासचिव डा.  शीतलकाजी श्रेष्ठ भन्छन्, 'यो भाइरस भएको एक ग्राम सुलिले करिब १० लाख कुखुरालाई संक्रमित पार्नसक्ने मान्यता रहेको छ ।'
यो भाइरस मानिसमा नगन्य रूपमा देखा परे पनि संक्रमित पन्छीसँग असावधानी पूर्व र जथाभावी सम्पर्कमा आउनेहरूमा यो रोग सर्ने सम्भावना हुन्छ । बर्डफ्लुको संक्रमण देखिएपछि  मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, मांसपेसी दुख्नु, खोकी लाग्ने हुन्छ भने केहीमा फोक्सोमा गम्भीर असरसहित निमोनिया भएर रोग घातकसमेत हुन सक्ने  डा.ठाकुर बताउँछन् ।
गम्भीर प्रकारको बर्डफ्लुले मृत्युसमेत हुन सक्ने औल्याउँदै डा.ठाकुर भन्छन्, 'मानिसमा यो रोगको खास उपचार नभए पनि रोगको प्रभाव कम गर्न चिकित्सकको सल्लाहमा एन्टिभाइरल औ षधि प्रयोग गर्न सकिन्छ ।'
मानिसमा सरे के हुन्छ ?
संक्रामक बर्डफ्लु भाइरस तीव्र गतिले परिवर्तित हुन्छ, आनुवंशिकता परिवर्तन गर्छ ।
संक्रमित कुखुरा
र कुखुराजन्य पदार्थलगायतबाट
मानिसमा सर्छ ।
यस्ता भाइरससँग प्रतिरोध गर्ने क्षमता मानिसमा हुँदैन ।
एक व्यक्तिबाट अर्कोमा सर्न
सक्छ ।
संक्रमण बेलैमा नरोकिए महामारीको रूप लिन सक्छ ।
उपचार नगरिए
श्वास प्रश्वासमा गम्भीर समस्या
मृगौलाले काम नगर्ने
अरू अंगहरू पनि निष्त्रिmय हुने
मृत्युसमेत हुन सक्ने


प्रकाशित मिति: २०७० श्रावण १९

किन चाहियो छुट्टै सहयोग ?


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौ, श्रावण १९ - ठूलो होस् वा सानो रकम, अमेरिकाले विदेशी सहयोग दिनुपर्‍यो भने वाषिर्क रूपमै बजेट तोकेर आफ्नो सहयोग नियोग (यूएसएआईडी) मार्फत सीधै सरकारसँग सम्झौता गर्छ । यस्तै बे लायती सहयोग नियोगदेखि जापानी सहयोग नियोग (जाइका) लगायतले पनि त्यसै गर्छन् । तर १० वर्षयता छिमेकी भारतले आमदाताभन्दा फरक शैलीमा सहायता उपलब्ध गराउँछ । उसले  ५ करोड रुपैयाँभन्दा कम लागतका विद्यालय भवन निर्माण र एम्बुलेन्स वितरणलगायत साना विकास गतिविधिमा सीधै खर्च गर्छ ।
हेर्दा नेपाल सरकारकै स्वीकृतिमा यस्ता आयोजना कार्यान्वयन भइरहेको देखिए पनि दूतावासले सीधै स्थानीय निकायसँग समन्वय गरी सञ्चालन गर्ने साना विकास आयोजनाको पारदर्शिता र  प्रभावकारिताबारे प्रश्न उठ्ने गरेको छ । योजना छनोटमा उसकै एकाधिकार रहने तथा बजेट र योजना संख्या यकिन हुन नसक्नेदेखि कार्यान्वयनमा ढिलाइसम्मका समस्या हुने गरेको  जानकारहरूको भनाइ छ ।
नेपाल-भारत मामिलाका जानकार राजन भट्टराईले अन्तर्राष्ट्रिय रूपमा यसखाले अभ्यास नरहेको बताए । 'विदेशी सहयोग केन्द्रीय रूपमा एउटै बास्केटमा राखेर मुलुकको आवश्यकता र  प्राथमिकताअनुसार खर्च गरिनुपथ्र्यो,' उनले भने, 'तर सीधै स्थानीयस्तरमा विकेन्द्रीकरणको हिसाबले गएको ठीक होइन ।'
साना विकास आयोजना सञ्चालनका लागि तत्कालीन शाही सरकारका प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा ७ नोभेम्बर २००३ मा नेपाल र भारत सरकारबीच पहिलोपटक सम्झौता  भएको थियो । त्यसपछि सन् २००६, २००८ र २०११ मा सम्झौता नवीकरण भयो । सुरुमा ३ करोडसम्मका आयोजनालाई त्यसअन्तर्गत राखिएकामा बाबुराम भट्टराई नेतृत्व सरकारले  त्यसलाई ५ करोड पुर्‍याएको छ । त्यस्ता आयोजना खासगरी विद्यालय भवन, स्वास्थ्य चौकी, अस्पताल, सामुदायिक भवन, एम्बुलेन्स, सवारी साधन, सडक र विद्युतीकरणसँग सम्बन्धित छन् ।
दूतावासको तथ्यांकअनुसार १० वर्षमा करिब ८ अर्बका ४ सय ४२ साना विकास आयोजना सञ्चालन गरिएका छन्, जसमा पूरा भएका २ सय १८ र चलिरहेका २ सय २४ छन्् । सकिएका  आयोजनाको बजेट २ अर्ब ३९ करोड ९ लाख र चलिरहेका आयोजना ६ अर्ब ७३ लाख रुपैयाँ लागतका छन् । निर्माणाधीन र सम्पन्न भइसकेका आयोजना संख्या उल्लेख भए पनि बजेटका  हकमा भने पारदर्शिता अपनाएको देखिँदैन । वाषिर्क कुन आयोजना र जिल्लामा कति बजेट खर्च भयो भन्ने बजेटको अभिलेख भने अर्थ र स्थानीय विकास मन्त्रालयदेखि दूतावाससम्मले दिन  सकेनन् । अर्थका अधिकारीले त्यसको अभिलेख स्थानीय विकास मन्त्रालय र दूतावाससँग मात्रै हुने बताए भने दूतावास र स्थानीयले त्यसरी वाषिर्क र क्षेत्रगत रूपमा बजेट छुट्याएर नराखेको  भन्दै तत्काल दिन नसकिने जवाफ दिए ।
यसलाई नजिकबाट नियालेका सरकारी अधिकारीहरू पनि 'दूतावासको चाहनाअनुसार' आयोजना स्वीकृत हुने गरेको दाबी गर्छन् । सोही कारण यस्ता आयोजना कार्यान्वयन कमजोर र प्रगति  प्रतिवेदनमा समेत स्थानीय निकायको उदासीनता देखिने गरेको उनीहरूको भनाइ छ । 'सरकारमार्फत कार्यान्वयन नहुँदा जिल्ला र निर्वाचन क्षेत्रका नेताहरूले सीधै दूतावास गएर सहायता  माग्न थाले,' एक जानकारले भने, 'दूतावासले प्रस्ताव मगाएर छनोट प्रक्रिया अघि बढेपछि मात्र अन्तिम चरणमा औपचारिकताका लागि जिविससँग सम्झौता गर्ने र अर्थ मन्त्रालयलाई  जानकारी पठाउने चलन ठीक होइन ।' दूतावासले आयोजना छान्ने र राजदूतले त्यसको उदघाटन गर्दै हिँड्ने प्रवृत्तिलाई सरकारले प्रोत्साहन दिन नहुने उनको भनाइ छ ।
भारतीय दूतावासका प्रवक्ता अभय कुमारले भने 'अर्थ मन्त्रालयको अनुमतिबिना कुनै पनि समझदारीपत्र (एमओयु) मा हस्ताक्षर नगर्ने भएकाले सबै प्रक्रिया पारदर्शी रहेको' दाबी गरे । 'हामीले आफैं आयोजना छान्दैनौं, लाभान्वित जनताको माग र नेपाल सरकारको स्वीकृतिपछि मात्रै दूतावासले  सहयोग गर्ने हो,' उनले भने । दूतावासको यस्तो सहयोगबाट जनता निकै खुसी भएकाले आयोजना उपलब्धिपूर्ण रहेको उनको भनाइ छ ।
'दूतावासले सुरुमै अर्थसँग स्वीकृति लिन्छ भने वाषिर्क रूपमा आफ्नो बजेट यति हो भनेर सरकारलाई दिन किन सक्दैन ?' ती विज्ञको प्रश्न छ, 'त्यसरी वाषिर्क बजेटमै समावेश भए  सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्न पाउँछ ।'
नगरपालिका वा जिविसले प्रस्ताव हालेपछि त्यसलाई स्वीकृत गर्न १ देखि ३ वर्षसम्म लाग्छ । स्थानीय विकास मन्त्रालयको जानकारीअनुसार 'पाइपलाइन' मा रहेका करिब १ सय आयोजना  स्वीकृत हुन बाँकी छन् । विद्यालय भवन, अस्पताललगायत कुनै पनि यस्ता विकास आयोजनाका प्रस्ताव दूतावासले चाहेपछि मात्रै अर्थमा राय बुझ्न पठाउने गरिएको छ । त्यसपछि अर्थ र  दूतावासले स्थानीयमा पठाउँछन् । उसले सकारात्मक जवाफ दिएपछि दूतावास र स्थानीय निकायबीच सम्झौता हुन्छ ।
स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले 'स्रोतको रिक्तता पूरा गर्न यस किसिमका सहयोगको योगदान ठूलो रहे पनि प्रणालीगत सुधार गर्नुपर्ने ठाउँ रहेको' बताए । 'योजनाबारे  अगि्रम जानकारी दिई स्थानीय विकास मन्त्रालयको भूमिका प्रभावकारी बनाउन जरुरी छ,' उनको सुझाव छ, 'अनुगमन, सहजीकरणलगायत काम हेर्न व्यवस्थापनसम्बन्धी इकाई केन्द्रमा  राखी स्थानीय विकासलाई सम्पर्क सूत्र बनाउनसके यसको प्रभावकारिता अझ बढ्छ ।'
कतिपय आयोजना ठेकेदार निर्माणस्थलमा नहुने र आन्तरिक रूपमा अर्कै ठेकेदारलाई जिम्मा लगाई काम गर्ने गरेकाले समयमै सम्पन्न गर्न समस्या हुने गरेको गुनासासमेत आउने गरेका  छन् । दूतावासले लाभान्वित संस्थालाई सीधै बजेट नदिई सम्बद्ध जिल्लाका स्थानीय निकायमार्फत प्रगति प्रतिवेदनका आधारमा ४ किस्तामा निकासा दिने गरिएको जनाएको छ ।
स्रोतका अनुसार काठमाडौंमा १२ वटासम्म आयोजना छन् भने अत्यावश्यक ठानिएका कतिपय जिल्ला समेटिएका छैनन् । दूतावासले भने सडक नपुगेका ठाउँमा आयोजनाको नियमित  अनुगमनलगायत गुणस्तर कायम गर्न गाह्रो हुने भएकाले सडक पुगेका क्षेत्रलाई प्राथमिकता दिनु परेको जवाफ दिएको
छ । 'हाम्रो उद्देश्य नेपालका सबै जिल्लामा आयोजना सञ्चालन गर्नु हो, लगभग सबै जिल्लामा हामीले सहयोग गरेका छौं,' दूतावास प्रवक्ता कुमारले भने, 'बाँकी रहेका ३/४ जिल्लालाई पनि  छिट्टै समेट्नेछौं ।'
सबै विदेशी सहायता एउटै 'च्यानल' बाट जानुपर्नेमा आफूखुसी विकास निर्माणमा खर्च गर्न छुट दिइएपछि अरू दाता मुलुकले पनि त्यस्तै विशेष सहुलियत खोज्न थालेका छन् । पछिल्लो समय  अर्को छिमेकी चीनले समेत उत्तरका केही जिल्लामा काम सुरु गर्न थालिसकेको विज्ञको भनाइ छ । 'सीमानामा आफूविरुद्ध हुने गतिविधिका कारण चीनले पनि त्यस्ता खाले आयोजनामा किन  खर्च नगर्ने भनेर प्रश्न उठाउन थालिसकेको छ,' नेपाल-भारत मामिलाका जानकार भट्टराईले भने, 'यो प्रकृति पनि भारतको जस्तै देखियो, भोलि यसरी नै सबैले आफूखुसी खर्च गर्न खोज्लान्,  यो ठीक होइन ।'
सानो लगानी र थोरै समयमा सम्पन्न गर्नुपर्ने आयोजनालाई दीर्घकालीन र ठूला लागतका आयोजनासँगै व्यवहार गर्दा प्रभावकारी परिणाम नआउने र समय बढी लाग्ने भएका कारण ५  करोड मुनिका आयोजनालाई दूतावासले छुट्टै सञ्चालन गर्नु परेको प्रवक्ता कुमारको जिकिर छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख मधुकुमार मरासिनी भने अर्थले स्वीकृति  दिएपछि मात्रै स्थानीय निकायमार्फत त्यस्ता आयोजना सञ्चालन हुने हुँदा यसलाई अन्यथा लिन नहुने जिकिर गर्छन् ।
तर परराष्ट्र मन्त्रालयका एक अधिकारी भने जतिसुकै रकमको भए पनि विदेशी सहायताको 'विन्डो' एउटै हुनुपर्ने सुझाउँछन् । 'त्यसरी खर्च हुने सहयोग हाम्रो राष्ट्रिय प्राथमिकता अनुसार  आउँदैन,' उनले भने, 'राष्ट्रिय विकास योजनाअनुसार हुनुपर्नेमा उनीहरूले आफ्नो पकेट एरियामा बढी दिएको देखिन्छ ।'
भारतीय सहयोग रकम सरकारको बजेट प्रणालीमार्फत आउने व्यवस्था हुनुपर्ने र त्यसका लागि वाषिर्क बजेट अंक उल्लेख गरी सम्बद्ध जिल्लालाई बजेट सिलिङ पठाई सोहीअनुसार योजना  सञ्चालन हुन सकेमात्रै प्रभावकारी हुने विज्ञको सुझाव छ । राष्ट्रिय योजना आयोग, मन्त्रालय र भारतीय दूतावासका प्रतिनिधि भएको आयोजना छनोट समितिको व्यवस्था गरी परिचालन गर्दा प्रभावकारी हुने ठहर उनीहरूको छ ।
क्षेत्रीय प्रभाव कायम राख्न सहयोग वृद्धि क्षेत्रीय शक्तिका रूपमा भारतले नेपाल र भुटानजस्ता साना छिमेकी मुलुकमा सन् १९५० को दशकदेखि नै मुख्य दाताका रूपमा सहयोग गर्दै आएको छ । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा  साना स्तरका विकास आयोजना भारतीय विदेशी सहायताका प्राथमिकता प्राप्त लगानी क्षेत्र हुन् । भारत-नेपाल आर्थिक कार्यक्रमअन्तर्गत करिब ६५ अर्ब रुपैयाँका साढे ४ सयभन्दा बढी ठूला /साना विकास आयोजना पूरा भइसकेको वा सञ्चालनमा रहेको दूतावासको भनाइ
छ । नेपालले आर्थिक वर्ष सन् २०१२/१३ मा ४ करोड ९० लाख अमेरिकी डलर बराबरको भारतीय प्राविधिक सहयोग बजेट (८ प्रतिशत) पाएको छ ।
भारतले दिने कुल विदेशी सहायताको ५० प्रतिशत भुटानले पाउने गरेको छ । अफगानिस्तान, बंगलादेश, नेपाल र म्यानमारलाई बाँकी ४० प्रतिशत जान्छ । भुटानमा जलविद्युत् क्षेत्रको  विकासमा आफ्नो सहायतालाई मुख्य केन्दि्रत गरेको भारतले आव २०१२/१३ मा विदेशी प्राविधिक सहायता बजेटअन्तर्गत २१ करोड ३० लाख डलर -३६ प्रतिशत) सहायता उपलब्ध गराएको  दाबी गरिएको छ । भारतले भुटानपछि दोस्रो ठूलो सहायता अफगानिस्तानलाई दिने गरेको छ । आव २०१२/१३ मा ८ करोड ९० लाख अमेरिकी डलर कुल विदेशी प्राविधिक सहायता बजे टको १५ प्रतिशत थियो ।
गत फेब्रुअरीमा सार्वजनिक भारतीय बजेटमा आर्थिक वर्ष २०१३/१४ का लागि झन्डै १ अर्ब ३० करोड अमेरिकी डलर भारतले विदेशी सहायताका लागि छुट्याएको छ, जुन २००९/१० को  तुलनामा ३ गुणा बढी हो ।
दक्षिण एसियाका नजिकका छिमेकीबाहेक अफ्रिकामा समेत भारतले सहयोग विस्तार गरेको छ । २०१२/१३ मा अफ्रिकाली मुलुकहरूले भारतको प्राविधिक सहायता बजेटको ७ प्रतिशत (४ करोड ३० लाख डलर) पाए, जुन अघिल्लो वर्ष ४ प्रतिशत थियो । हालैका वर्षमा आर्थिक मन्दीले निम्त्याएको वित्तीय दबाबका बाबजुद भारतले विदेशी सहायता बढाइरहेको छ ।
अर्थमन्त्री पी. चिदम्बरमले पूर्णस्वरूपको भारतीय सहयोग नियोग स्थापना गर्ने घोषणा सन् २००७ मा गरे पनि त्यसले हालसम्म मूर्त रूप पाउन सकेको छैन । हरेक वर्ष नयाँदिल्लीले यसको  घोषणा गर्दै आएको छ । जसको मोडल अमेरिकी सहयोग नियोग (यूएसएआईडी) जस्तै हुने बताइएको छ ।


प्रकाशित मिति: २०७० श्रावण १९

बलात्कारीलाई हजार वर्ष कैद


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

ओहायो (एजेन्सीहरू), श्रावण १९ - तीन युवतीलाई बन्धक बनाएर लगातार दस वर्षसम्म बलात्कार गर्ने एक अपराधीलाई अमेरिकी अदालतले आजीवन काराबासका साथै हजार वर्ष कैदको फैसला गरे को छ ।  
अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड सहरका ५३ वर्षे एरियल कास्त्रोविरुद्ध बिहीबार राति अदालतले यस्तो फैसला सुनाएको हो । कास्त्रोले ती युवतीहरूलाई बलात्कार गर्नुका साथै  शारीरिक र मानसिक यातना दिएका थिए । कास्त्रोले ३२ वषर्ीया मिसेल नाइट, गिना डिजिसस र २७ वर्षे अमान्डा बेरीलाई घरको भूमिगत कोठामा सिक्रीले बाँधेर राखेका
थिए । क्लिभल्यान्ड अदालतमा बिहीबार राति लगभग साढे चार घन्टासम्म चलेको सुनुवाइपछि उनलाई अपहरण, बलात्कार र हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो । कास्त्रोमाथि ९  सय ३७ अभियोग लगाइएको थियो ।
न्यायाधीशले फैसला सुनाउँदै अरूलाई दास बनाएर राख्नेका लागि यो संसारमा कुनै ठाउँ नरहेको
बताए । उनीविरुद्ध प्रयोग भएको कानुनका हरेक दफा, उप-दफा पढेर सुनाइएको थियो । सरकारी वकिलले अदालतले दिन मिल्ने हरेक खालका सजाय र दण्डको कास्त्रो भागिदारी भएको  दाबी गरेका थिए । कास्त्रोले भने आफूलाई निर्दोष र मानसिक रोगी भएको सावित गर्ने प्रयत्न गरेका थिए । अभियोग लगाइएझैं आफू राक्षस नभएको तर अश्लील फिल्म हेर्ने लतले मानसिक  रोगी बन्न पुगेको उनले अदालतलाई बताए ।
उनले आरोप अस्वीकार गर्दै आफ्नो घरको वातावरण सौहार्दपूर्ण भएको, सहमतिमा मात्र यौन सम्बन्ध राखेको र कुनै यातना नदिएको बताए । उनले आफू असल पिता भएको दाबी गर्दै  पीडितहरूसँग माफी पनि मागेका थिए । सुनुवाइका क्रममा उनका खुट्टा कामिरहेका थिए ।  
पीडितमध्ये एक अमान्डा गत मे ६ मा भाग्न सफल भएकी थिइन् । उनले हिम्मतका साथ यो घटना सार्वजनिक गरेपछि कास्त्रोको वास्तविकता सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले बा ँकी दुईलाई पनि मुक्त गरेको थियो । उनले बन्धक रहेका बेला कास्त्रोको एक सन्तानलाई समेत जन्म दिएकी थिइन् । 'मैले ११ वर्ष नर्कमा बिताएँ,' अदालतको फैसला सुनेपछि अमान्डाले  भनिन्, 'उसको भर्खर सुरु भएको छ ।'
अर्की पीडित मिसेलले आफ्नो अढाई वर्षे छोरालाई छाउरा दिलाइदिने प्रलोभन देखाएर कास्त्रोले आफूलाई क्लिभल्यान्डको पश्चिम भागको गल्लीबाट अपहरण गरेको बताइन् । उनी उक्त  अवधिमा ५ पटक गर्भवती भएकी थिइन् । कास्त्रोले गर्भपतन नहुन्जेल आफूलाई पिटेको उनले बताइन् । उनले अरूको पनि यसरी नै गर्भपतन गराएका थिए । कास्त्रोको घरबाट बरामद एक  पत्रले पीडितहरूको भनाइलाई प्रमाणित गरेको थियो । उक्त पत्रमा कास्त्रोले आफू यौन र पोर्नको लतमा परेको लेखेका छन् । प्रहरी कारबाहीमा बन्धकमुक्त गरिएका अन्य युवती निकै  कमजोर, त्रस्त र सुस्त थिए । उनले मुख्यतः ती युवतीहरूलाई यात्रामा जाने प्रस्ताव राख्दै अपहरण गरेका थिए । कास्त्रो पेसाले स्कुल बसका ड्राइभर हुन् ।
सन् २००२ देखि २००४ मा अपहरित हुँदा पीडितहरू १४, १६ र २० वर्षका थिए । कास्त्रोले तीमध्ये एक युवतीलाई सुरक्षित रूपमा अन्तै बसाइँ सर्न धम्काएका थिए । सन् २००६ को डिसे म्बरमा उनी अर्को पीडितका छोरीका पिता भए । सन्तान जन्माएकै ती युवतीसँग पनि उनले पटक-पटक बलात्कार गरेका थिए । त्यतिबेला मिसेलले नै उनको हेरचाह गरेकी थिइन् । यो  अवधिमा पीडितहरू नै एकअर्काका सबभन्दा राम्रो मित्र बनेका थिए । ती युवतीहरूले दिनको एक पटक मात्र खान
पाउँथे । प्लास्टिकको बाल्टिनलाई शौचालयका रूपमा प्रयोग गर्न उनीहरूलाई दबाब दिइन्थ्यो । त्यो बाल्टिन कहिल्यै खाली गरिँदैनथ्यो । सुनुवाइका क्रममा कास्त्रोको यातना कक्षको तस्बिर  पनि देखाइएको थियो । सुनुवाइको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरेका थिए ।


प्रकाशित मिति: २०७० श्रावण १९

कारागारबाटै आतंकवादी गतिविधि

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, श्रावण १९ - २ वर्षअघि राजधानीको बबरमहलमा भएको बम विस्फोट अभियोगमा जेलमा रहेका विश्वक्रान्ति भनिने देपराज लामाले कारागार भित्रबाटै आतंकवादी गतिविधि सुरु गरेको भे टिएको छ । संयुक्त जातीय मुक्ति मोर्चाका नाममा विभिन्न व्यक्तिलाई जबरजस्ती चन्दा मागिरहेका १ पूर्वमाओवादी लडाकुसहित ५ जनालाई प्रहरीले बालाजु, कपन र बौद्धबाट पक्राउ गरे पछि लामाको योजना बाहिर आएको हो ।
पक्राउ पर्नेमा पूर्वमाओवादी अयोग्य लडाकु प्रसिद्ध भनिने भानीनाथ, संयुक्त जातीय मुक्ति मोर्चाका पूर्वसंगठन प्रमुख र हाल संघीय तामसालिङ राज्यसमितिमा रहेका उदयपुरका वीरेन्द्रकुमार  तामाङ, मोर्चाका केन्द्रीय सदस्य तथा दस्ता (सैन्य) विभाग प्रमुख सुमन कार्की भनिने सुनबहादुर परियार छन् । यस्तै मोर्चाका केन्द्रीय सदस्य रामेछापका निमा शेर्पा र बारा निजगढका सन्तो ष माझी छन् । वीरेन्द्र ०६६ भदौमा चन्दा उठाएको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्, जसलाई जिल्ला अदालतले २० हजार धरौटीमा छाडेको थियो ।
प्रहरीले शृंखलाबद्ध विस्फोटको योजनासाथ भित्र्याइएको विस्फोट पदार्थसमेत बरामद गरेको छ । जसमा बम बनाउन प्रयोग गर्ने फलामको जीआई पाइप ९ थान, डेटोनेटर २, गन पाउडर  आधा केजी र बम बनाउन प्रयोग गरिने फलामको सकेट ६ वटा छन् ।
यस्तै मोर्चाका नाममा बनाइएको लेटरप्याड, चन्दा रसिद र रबरस्ट्याम्प प्रहरीले बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले लामाले कारागार भित्रबाट पठाएको हस्तलिखित पत्र बरामद  गरेको छ । पत्रमा कारागारमा सँगै ३ महिना बसेका व्यक्तिसमेत बाहिर आएर मोर्चाकै लागि काम गर्ने उल्लेख छ । केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका गौरव नामका व्यक्तिलाई  राम्रो जिम्मेवारी दिन निर्देशन दिएका छन् । सरकारले चुनावको आसपास आफ्नो संगठनसँग वार्ता गरेर आफूलाई छाड्ने कुरामा आशावादी रहेको पत्रमा उल्लेख छ । लामाले कारागार भित्रबाटै आपराधिक घटनाको योजना बनाइरहेको सूचनापछि प्रहरीले कारागारमाथि निगरानी बढाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १९

New Nepali morden Song 2013- Timro Jiban. HD Rajesh Payal Rai and Shreya...

समाचार » उपत्यका 'पत्रको भाषा अझै मिलेन'


See more at:https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

काठमाडौं , श्रावण १९ - नेकपा- माओवादीसहितको विपक्षी मोर्चाले वार्तामा बस्ने नीतिगत निर्णय गरे पनि सरकारी पत्रमा ३३ दलको स्पष्ट अस्तित्व नखुलाएको भन्दै असन्तुष्टि राखेको छ । शुक्रबार बसेको मोर्चाको बैठकले '३३ दलको मोर्चालाई सम्बोधन गरी पत्र पठाउनुपर्ने' निर्णय गरेको हो ।
'आन्दोलनसूगै वार्ता र संवादद्वारा पनि राजनीतिक निकासका लागि सकारात्मक छौं,' मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङले जारी गरेको प्रेस नोटमा उल्लेख छ । पहिलो पत्रमा सर्त रहेको भनेपछि सरकारले मोर्चालाई बुधबार दोस्रो पत्र पठाइएको थियो ।  
प्रकाशित मिति: २०७० श्रावण १९

» मुख्य समाचार » एकैदिन विमानस्थल २ पटक बन्द


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण १९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रनवे मर्मत गर्न दुई पटक बन्द गरिएको छ । यसले गर्दा पोखरा हिडेका उपराष्ट्रपति परमानन्द झा ४० मिनेट आन्तरिक टर्मिनलमै कुर्नु परेको छ । बुद्ध एयरको जहाजबाट उनी पोखरा जान लागेका थिए ।
पानी र घामका कारण रनवेको पीच २/३ ठाऊँ उप्किएकाले व्यवस्थापनले दिउँसो २ बजे आधा घण्टाका लागि र साढे ४ बजेदेखि १ घण्टाका लागि विमानस्थल बन्द गरेको थियो । स्रोतका अनुसार पोखरामा फुलमाला लिएर उपराष्ट्रपतिको स्वागतमा आएकाहरु उडान ढिलो हुने भएपछि फर्किएका थिए । दिउँसै व्यवस्थापनले राडारको सेड्युल मर्मत समेत गरेको थियो । विमानस्थल बन्दका कारण बुद्धको भद्रपुरबाट आएको जहाज २५ मिनेट होल्ड भएको थियो । त्यस्तै यति एयरलाइन्सको चन्द्रगढीबाट आउने जहाज होल्डपछि बिराटनगर डाइभर्ट गरेर बेलुका काठमाडौं आएको थियो । यतिकै जनकपुरबाट ३ बजेर ५० मिनेटमा आउनुपर्ने जहाज सवा ७ बजेपछि मात्र काठमाडौं अवतरण गरेको स्रोतले बतायो । अन्य विमानकम्पनीको उडान १ देखि डेढ घण्टा ढिलो भएको थियो । स्रोतका अनुसार अन्तर्राष्ट्रियतर्फ  एयर अरेबिया र कतार एयरवेजको जहाज ३० देखि ४५ मिनेट होल्डमा बसेको थियो ।
विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले भने आधा घण्टामात्र विमानस्थल बन्द भएकाले उडानमा असर नपुगेकेा दाबी गरे । 'उडानको ट्राफिक कम भएकाले विमानस्थल बन्द गरिएको हो,' उनले भने 'वर्षाको कारणले केही ठाऊँमा समस्या आएकाले मर्मतको कामका लागि यस्तो गर्नु पर्‍यो ।
प्रकाशित मिति: २०७० श्रावण १९

बानको सन्देशको अर्थ के ?


कोइराला-थापा भेट

  • निर्वाचन मिति र संघीयताको मोडलमा छलफल

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण १९ - निर्वाचनमा सबै दललाई सहभागी गराएर लैजानुपर्ने राष्ट्रसंघीय महासचिव बान कि मुनको सुझावलाई समयमै कार्यान्वयन गर्न सक्ने अवस्था छ ? कांग्रेस सभापति सुशील कोइराला र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाबीच शुक्रबार दिउँसो सवा घन्टा लामो भेटघाटमा यो प्रश्न घरीघरी उब्जियो ।
भारत भ्रमणको पूर्वसन्ध्यामा सुझाव लिन हाडीगाउूस्थित थापा निवासमा भेट्न पुगेका कोइरालाले मंसिर ४ को घोषित चुनावी मिति र बान सन्देशका विषयमा छलफल गरे । अघिल्लो दिन बानले न्युयोर्कमा एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा चुनावमा सबै दललाई सहभागी गराउनु राम्रो हुने सुझाव दिएका थिए ।
'अहिलेसम्मको अवस्थामा वैद्यजीहरू मंसिर ४ कै चुनावमा सहभागी हुने देखिँदैन । राष्ट्रसंघको चासो जति राम्रो छ, कार्यान्वयन गर्न उति नै कठिन छ,' २ नेताबीच भएका छलफलका सन्दर्भ राख्दै राप्रपाका वरिष्ठ केन्द्रीय सदस्य सुनिल थापाले कान्तिपुरसँग भने ।
कोइराला र राप्रपा अध्यक्ष थापा दुवै मंसिर ४ मै चुनाव गर्नुपर्छ भन्ने पक्षमा देखिन्छन् । शुक्रबार नै राप्रपाका केन्द्रीय सदस्यहरूलाई पदभार ग्रहण र सपथ कार्यक्रमपछि जारी वक्तव्यमा पनि थापाले 'मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई चुनौती र अवसर दुवैको रूपमा' लिन सबैलाई आग्रह गरेका छन् । तर चुनावी प्रक्रियाका लागि राजनीतिक सहमति जुटाउने कामले भने गति लिएको छैन । त्यही बीचमा मुनको सन्देश आएपछि दुवै नेता गम्भीर भएका हुन् ।
साउन २० देखि दिल्ली भ्रमणमा जान लागेका कोइरालाले आफ्नो पार्टीका दुई महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि साथै लैजाँदै छन् । छिमेकी दुवै मुलुकको राजनीतिलाई नजिकबाट नियाल्ने राजनीतिज्ञका रूपमा चिनिएका थापालाई कोइरालाले भेटेका हुन् ।
दुई नेताबीच मुख्यतः संविधानसभाका चुनौतीबारे छलफल भएको थियो । साथै नयाँ बन्ने संविधानका अन्तर्वस्तु, त्यसमा भारत, चीन र पश्चिमाहरूको चासोबारे समेत छलफल भएको थियो । असन्तुष्ट नेकपा- माओवादीसहित ३३ दलहरूले संविधानका अन्तर्वस्तु गोलमेच सम्मेलनबाट हल हुनुपर्ने माग उठाउूदै आएको छ । तर, मंसिर ४ भित्रै त्यो सम्भव हुनेमा चार राजनीतिक शक्ति विश्वस्त छैनन् ।
असन्तुष्ट चुनावमा भाग लिन्छन् भने चुनाव मितिको विकल्पमा समेत छलफल हुन तयार हुनुपर्ने तर्क कोइरालाको रहेको राप्रपाका अर्का एक केन्द्रीय सदस्यले बताए । 'सके मंसिर ४ मै टुंग्याउने । नभए चैतमा पुर्‍याएर भए पनि चुनावकै बाटोबाट समाधान खोज्नुपर्छ,' कोइरालाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, 'तर, त्यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई हामीले बुझाउन सक्नुपर्छ ।'
संघीयताको मोडलबारे भने दुवै नेताको करिब समान राय थियो । समग्र मधेस एक वा दुई प्रदेश व्यावहारिक नहुने र त्यसमा राजनीतिक सहमति पनि नजुट्नेमा दुवै एकमत थिए । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पछिल्लो भारत भ्रमण र लोकतान्त्रिक शक्तिबीच एक भएर चुनावमा जानुपर्ने भारतीय चासो पनि छलफलको विषय थियो ।
'अहिलेको राजनीतिक अस्थिरताको विकल्प चुनाव नै हो । त्यसमा लोकतान्त्रिक शक्ति एक हुनुपर्छ र त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ । त्यसमा तपाइर्ंहरू पनि सहमत भइदिनुपर्‍यो,' आफ्ना पार्टी अध्यक्षले थापासूग गरेको आग्रह सुनाउँदै कोइराला निकट स्रोतले भन्यो ।
मधेसको प्रदेशका विषयमा भारतले बढ्ता चासो राख्दा चीनको समेत असन्तुष्टि हुने र त्यसले चुनावमा बाधा पुग्ने दुवैको निष्कर्ष थियो । नेताहरूसँगको भेटघाटमा चिनियाँ अधिकारीहरूले तराई- मधेस दुई प्रदेश हुन नहुने सुझाव राख्दै आएका छन् । वरिष्ठ नेतापछि निम्ताइएका कोइरालाले दिल्लीमा कंग्रेस अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन सिंह लगायतसूग उच्चस्तरीय भेटघाट गर्दैछन् ।
प्रकाशित मिति: २०७० श्रावण १९

संक्रमित क्षेत्रका बासिन्दा बिरामी त्रसित तीन परिवार विस्थापित -


See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


भक्तपुर, श्रावण १९ - बर्डफ्लु पुष्टिपछि कुखुरा नष्ट गरिएको जगाती आसपासका बासिन्दा बिरामी पर्न थालेका छन् । स्थानीय तीन परिवार संक्रमणको डरले घर छाडेर विस्थापित भएका छन् ।
एकातर्फ दुर्गन्धले बस्न नसकिने स्थिति भएपछि र अर्कोतर्फ धमाधम बिरामी पर्न थालेपछि दुर्गन्ध व्यवस्थापन र बिरामीको उपचार गरिदिन माग गर्दै शुक्रबार स्थानीयवासीले प्रहरी कार्यालय पुगेर दबाब दिएका छन् ।
सरकारी टोलीले 'लापरबाही गरेर रोगी कुखुरा सामान्य रूपमा गाडेपछि' दुर्गन्ध फैलिएर व्यक्तिहरूसमेत बिरामी पर्न थालेको स्थानीय बासिन्दाले बताए । भक्तपुर नगरपालिका- २ जगाती प्रहरी प्रभाग नजिकैको विमल धिमसुको र्फम वरपरका बासिन्दा बिरामी परेका हुन् । उक्त र्फमका कुखुरा मंगलबार राति नष्ट गरिएको थियो ।
र्फम वरपरका बासिन्दामा रुघाखोकी, ज्वरो, रिंगाटा लाग्ने, वाकवाकी हुने, खान मन नलाग्नेजस्ता लक्षण देखिएको छ । यी लक्षणसहित ६ जनाभन्दा बढी बिरामी परेको स्थानीय जगतशेर गोसाइूले बताए ।
उक्त स्थानको एउटै खाल्डोमा धिमसुको र्फमका ५ हजार ५ सय २० कुखुरा गाडिएको छ । कुखुरा नष्ट गर्दा निस्केको रगत जताततै चुहिएको छ । व्यवस्थित रूपमा नगाड्दा दुर्गन्ध बढ्दो छ । कुखुरा गाडेको क्षेत्र हूुदै स्थानीय आवतजावत गर्छन् । गाडेको ठाउूमा जमिनमुनिबाट रगत मिसिएको पानी निस्किएको छ । 'स्थानीयको स्वास्थ्यको ख्याल नगरी लापरबाही तरिकाले रोग लागेको कुखुरा नष्ट गरेको छ,' गोसाइूले भने, 'यस क्षेत्रको बासिन्दाको स्वास्थ्यमा ध्यान नदिूदा हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने छ ।'
बाक्लो बस्तीको बीचमा रहेको र्फमको कुखुरा नष्ट गरिए पनि सुली, प्वाूख, मल तथा अन्य वस्तु त्यत्तिकै छाडिएको छ । बर्डफ्लु सुली र मललगायत र्फममा प्रयोग गरिने सामग्रीबाट सर्ने भए पनि कुखुरा नष्टबाहेक थप केही गरिएको छैन ।
बर्डफ्लु संक्रमित क्षेत्रकै बासिन्दा धमाधम बिरामी पर्न थाल्दा पनि परीक्षणमा चासो नदिएको भन्दै स्थानीयले सरकार र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गरेका छन् ।
संक्रमित र्फमको कुखुरा नष्ट गर्नुअघि र गरेपछि स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । बिरामी भए/नभएको बारम्बार निगरानी गर्नुपर्नेमा टोलमा स्वास्थ्यकर्मी नआएको स्थानीयवासी कृष्णमाया ठुसाजुले बताइन् । 'टोलका सबैजसो बिरामी परेका छौं,' उनले भनिन्, 'के भयो भनेरसमेत सोध्न कोही आएन ।' उनको घर र्फमसूगै जोडिएको छ । आफू र छोरी बिरामी परेको उनले बताइन् ।
उनकै घरमा भाडामा बस्ने रामेछापकी शर्मिला खत्री पनि बिरामी भएकी छन् । बिरामी पर्नुका साथै दुर्गन्धले बस्न नसकेपछि कोठा सर्न लागेको शर्मिलाले बताइन् । 'दिनभर ज्यामी काम गरेर परिवार पाल्ने गरेको छु,' उनले भनिन्, 'बर्डफ्लु लागेको कुखुरा पुरिएको ठाउूको दुर्गन्धले बिरामी भइयो । के उपचार गर्ने, कहाू गर्ने ? कमाएर खानुपर्ने मान्छे, पैसासमेत छैन ।'
झ्यालढोका बन्द गर्दासमेत दुर्गन्ध नघटेपछि उनीहरू आक्रोशित छन् । र्फमबाट करिब पाूच सय मिटर टाढाको जगाती प्रहरी चेकपोस्टसम्म कुहिएको कुखुराको दुर्गन्ध फैलिएको छ । दुर्गन्धले सवारी चेकजाूच गर्नसमेत समस्या भएको प्रहरीको गुनासो छ ।
कुखुरा नष्ट गरेको क्षेत्र वरिपरि दुर्गन्ध फैलिएपछि स्थानीयवासी अन्यत्र सर्न थालेका छन् । स्थानीयवासी जगतशेर गोसाइूका अनुसार तीन परिवार अन्यत्र गएका छन् । दुर्गन्धले बस्न नसक्ने भएपछि कानुन व्यवसायी कमलराज थापा, गोसाइूलगायत स्थानीय अन्यत्र सरेका हुन् ।
थापाले दुर्गन्धले घर छाडेको बताए । 'काठमाडौं स्कुल अफ ल' का सहायक प्राध्यापक उनी पुरानो घर ताथली सरेका हुन् । 'कुहिएको दुर्गन्ध मात्र होइन, हावा लागेका बेला र्फमका भुत्ला र सुकेका सुली घरभित्रै ल्याउूछ,' र्फमसूगै घर भएका उनले भने, 'जोखिममा बस्नुभन्दा घर छाडेर जानु ठीक ठानें र विस्थापित भएू ।'
कुखुरा गाडेको ठाउूलाई व्यवस्थित रूपमा पुरिदिन र बिरामीको उपचार गरिदिन भन्दै शुक्रबार स्थानीयवासीले प्रहरी प्रभाग जगातीमा गएर दबाब दिएका थिए ।
जनस्वास्थ्य कार्यालयबाट खटिएका कर्मचारीले कुखुरा नष्ट गर्ने र र्फममा जाने व्यक्तिलाई प्रतिरोधात्मक औषधि (टाइमी फ्लु) खुवाए पनि स्थानीयको स्वास्थ्य परीक्षणतर्फ भने चासो नदिएको प्रभावित क्षेत्रका बासिन्दाको गुनासो छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अर्जुनकुमार अधिकारीले व्यवस्थित रूपमा नगाडिएकाले दुर्गन्धका कारण स्थानीयवासी बिरामी परेको हुन सक्ने औंल्याए । 'आफ्नै घर अगाडि मरेको कुखुरा गाडेको र दुर्गन्ध पनि फैलिएकाले घीन मानेर यस्तो भएको हुन सक्छ, अहिले जताततै भाइरल देखिएको छ । त्यहाँ पनि यस्तै भएको होला,' उनले भने ।
पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रराज भट्टले स्थानीयको गुनासो आएपछि शुक्रबार पुनः डोजर लगेर थप पुर्ने काम गरिएको बताए ।
चल्ला नष्ट, अन्डा त्यत्तिकै
ओसारपसार र बिक्रीमा प्रतिबन्ध गरिएको अन्डा र कुखुराको चल्लालाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएर नष्ट गरेको छ । काठमाडौंबाट काभ्रेको पाूचखाल लैजाूदै गरेको २ सय चल्ला नष्ट गरिएको हो ।
त्यस्तै भक्तपुर चित्तपोलस्थित शिखर पोल्ट्री र्फमबाट काठमाडौं लैजान लागिएको १८ हजार ४ सय ८० अन्डा नियन्त्रणमा लिए पनि पशु कार्यालयका अधिकारीले नष्ट गरेका छैनन् । बर्डफ्लु संक्रमण फैलिएपछि सरकारले बिहीबारदेखि लागू हुने गरी उपत्यकामा एक सातासम्म कुखुरा ओसारपसार र बिक्रीमा रोक लगाएको छ ।
भक्तपुरका अधिकांश र्फमका कुखुरामा बर्डफ्लुको भाइरस देखिएको छ । 'कुखुरा र कुखुराजन्य पदार्थ ओसारपसारमा रोक लगाउन भन्ने आदेशअनुसार अन्डा नियन्त्रणमा लिएका थियौं,' प्रहरी प्रभाग जगातीका निरीक्षक मदनकुमार थापाले भने, 'चल्ला नष्ट गरे पनि अन्डा केही गरिएको छैन ।' नष्ट गर्नुको सट्टा व्यवसायीको दबाबपछि बर्डफ्लु भए/नभएको परीक्षण गर्न भन्दै प्रयोगशाला पठाइएको छ ।
अन्डा नष्ट नगर्दा पशु कार्यालयले सर्वसाधारणको स्वास्थ्यमा चासो नदिएको पुष्टि हुन्छ । ऐनमा संक्रामक रोग लागेको पत्ता लागेमा सम्बन्धित पशु सेवा कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृतले एक ठाउूबाट अर्को ठाउूमा ओसारपसार गर्न प्रतिबन्ध लगाउन सक्छन् । सम्बधित कार्यालयले ऐन कार्यान्वयन नगरेपछि विभाग र मन्त्रालयले हस्तक्षेप गरेर पालना गर्न बुधबार निर्देशन दिएको थियो । तर, भक्तपुर पशु कार्यालयले अन्डा ओसारपसारमा रोक लगाउन चासो दिएको छैन ।


प्रकाशित मिति: २०७० श्रावण १९