Friday, August 2, 2013

कारागारबाटै आतंकवादी गतिविधि

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY



काठमाडौ, श्रावण १९ - २ वर्षअघि राजधानीको बबरमहलमा भएको बम विस्फोट अभियोगमा जेलमा रहेका विश्वक्रान्ति भनिने देपराज लामाले कारागार भित्रबाटै आतंकवादी गतिविधि सुरु गरेको भे टिएको छ । संयुक्त जातीय मुक्ति मोर्चाका नाममा विभिन्न व्यक्तिलाई जबरजस्ती चन्दा मागिरहेका १ पूर्वमाओवादी लडाकुसहित ५ जनालाई प्रहरीले बालाजु, कपन र बौद्धबाट पक्राउ गरे पछि लामाको योजना बाहिर आएको हो ।
पक्राउ पर्नेमा पूर्वमाओवादी अयोग्य लडाकु प्रसिद्ध भनिने भानीनाथ, संयुक्त जातीय मुक्ति मोर्चाका पूर्वसंगठन प्रमुख र हाल संघीय तामसालिङ राज्यसमितिमा रहेका उदयपुरका वीरेन्द्रकुमार  तामाङ, मोर्चाका केन्द्रीय सदस्य तथा दस्ता (सैन्य) विभाग प्रमुख सुमन कार्की भनिने सुनबहादुर परियार छन् । यस्तै मोर्चाका केन्द्रीय सदस्य रामेछापका निमा शेर्पा र बारा निजगढका सन्तो ष माझी छन् । वीरेन्द्र ०६६ भदौमा चन्दा उठाएको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्, जसलाई जिल्ला अदालतले २० हजार धरौटीमा छाडेको थियो ।
प्रहरीले शृंखलाबद्ध विस्फोटको योजनासाथ भित्र्याइएको विस्फोट पदार्थसमेत बरामद गरेको छ । जसमा बम बनाउन प्रयोग गर्ने फलामको जीआई पाइप ९ थान, डेटोनेटर २, गन पाउडर  आधा केजी र बम बनाउन प्रयोग गरिने फलामको सकेट ६ वटा छन् ।
यस्तै मोर्चाका नाममा बनाइएको लेटरप्याड, चन्दा रसिद र रबरस्ट्याम्प प्रहरीले बरामद गरेको छ । उनीहरूका साथबाट प्रहरीले लामाले कारागार भित्रबाट पठाएको हस्तलिखित पत्र बरामद  गरेको छ । पत्रमा कारागारमा सँगै ३ महिना बसेका व्यक्तिसमेत बाहिर आएर मोर्चाकै लागि काम गर्ने उल्लेख छ । केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका गौरव नामका व्यक्तिलाई  राम्रो जिम्मेवारी दिन निर्देशन दिएका छन् । सरकारले चुनावको आसपास आफ्नो संगठनसँग वार्ता गरेर आफूलाई छाड्ने कुरामा आशावादी रहेको पत्रमा उल्लेख छ । लामाले कारागार भित्रबाटै आपराधिक घटनाको योजना बनाइरहेको सूचनापछि प्रहरीले कारागारमाथि निगरानी बढाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १९

No comments:

Post a Comment