Thursday, July 25, 2013
» मुख्य समाचार » आवेगमा बोलेको होइनः भट्टराई सूचना छन् (भिडियोसहित)
काठमाडौं, श्रावण ११- एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहका विषयमा आफूले आवेगमा नबोलेको बताएका छन् ।
अनेरास्ववियु क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालयको उपत्यका सम्मेलनलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले गणतन्त्रकाविरुद्ध षड्यन्त्र भइरहेको सूचना आफूले पाएको बताए ।
'हामीले बोल्दैनौं,' उनले भने, 'हामी जुन ठाउँमा बसेर राज्यसत्ताको जिम्मेवारी निर्वाह गर्यौं त्यहाँबाट हामीले प्राप्त हुने सूचनाहरु पनि छन् ।'
भट्टराईले कुनै हालतमा राजसंस्था पुनर्स्थापना हुन नसक्ने भनाइ राखे । उनले गणतन्त्र उल्टाउन खोजे आफूहरुलाई सहृय नहुने बताए ।
पूर्वराजाले गणतन्त्रविरुद्ध षड्यन्त्र गरेको भन्दै भट्टराईले आफू प्रधानमन्त्री भए जेल हान्ने अभिव्यक्ति दिएका थिए । भट्टराईको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।
जहाँ कहीं राजतन्त्रको अन्त्य भइसकेपछि मृत्युदण्ड, जेल र देश निकालामध्ये एउटा गरिएको इतिहास रहेको उल्लेख गर्दै नेता भट्टराईले नेपालमा भने राजनीतिक दल उदार भएकै कारण राजतन्त्रले फेरि टाउको उठाउन खोजेको जनाए । सबै एकजुट भएर संविधानसभा निर्वाचन सम्पन्न गरी प्रतिक्रान्ति असफल पार्नुपर्नेमा उनले जोड दिए video:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
उपलब्धि धरापमा पार्ने प्रयास : दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेकाले १२ बुँदे समझदारीका शक्तिहरू एकजुट भएर जसरी पनि मंसिरमा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
नेकपा- माओवादी र राजावादीबीच सहकार्यतिर संकेत गर्दै उनले क्रान्तिका चर्का कुरा गर्नेहरूको प्रतिगामी र सामन्ती तत्त्वसँग साँठगाँठले परिवर्तनका उपलब्धि धरापमा पर्ने जनाए ।
एमाओवादी मुख्यालय पेरिसडाँडामा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले जनआन्दोलन र परिवर्तनका पक्षधर शक्तिबीच एकता हुनासाथ टाउको उठाउन खोजेको प्रतिगामी शक्ति इतिहासको कुनामा मिल्काइने बताए ।
कम्युनिस्टहरूको एउटै केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिूदै माओवादी अध्यक्ष दाहालले कम्युनिस्ट कोअडिर्नेसन केन्द्र बनाउने तयारी भइरहेको बताए । केन्द्र निर्माण गर्न धेरैजसो कम्युनिस्ट पार्टी सैद्धान्तिक रूपमा सहमत भएको उनको भनाइ छ । कार्यक्रममा साहित्यकार रमेश रञ्जन झालगायत एमाले र कांग्रेसबाट मधेस केन्द्रित केही नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: २०७० श्रावण ११
-see more at:https://www.facebook.com/nepalinewss
» मुख्य समाचार » सोझै राहत बाँड्न नपाइने
top nepali music VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं , श्रावण ११ - सरकारले संविधानसभा चुनाव स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन गैरसरकारी संस्था (गैसस) वा व्यक्तिलाई सोझै राहत वितरण गर्न नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले बाढी या दैवी प्रकोप पीडितसमक्ष गएर सोझै राहत वितरण गर्दा चुनाव प्रभावित हुन सक्ने भन्दै त्यस्तो निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जनाए । सरकारको निर्णयअनुसार संविधानसभाको चुनावसम्म बाढी या दैवीप्रकोप पीडितलाई गैसस या व्यक्तिले सरकारी संयन्त्रमार्फत मात्र राहत बाँड्न पाउनेछन् । निर्वाचन आयोगको आग्रहमा मन्त्रिपरिषद्ले संविधानसभा चुनावलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन यस्तो निर्णय गरेको पौडेलले बताए ।
सरकारले दामनस्थित भ्यूटावर मकवानपुर जिल्ला विकास समितिलाई पाँच वर्षका लागि सञ्चालन गर्न दिने निर्णय गरेको छ । 'मल्टी अर्गान फेलर' को समस्याबाट पीडित पुनरावेदन अदालत जुम्लाका न्यायाधीश बाबुराजा कार्कीलाई कलेजो र मृगौलाको उपचार गर्न १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: २०७० श्रावण ११
- See more at: https://www.facebook.com/nepalinewss
» मुख्य समाचार » कार्यालय प्रमुख हटाउन पार्टीको गुहार -
-popular new nepali music VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण ११ - काठ विक्रीमा पाइरहेको 'कमिशन' रोकिएपछि सागरनाथ वन परियोजनाका प्रमुख उपसचिव हेमलाल अर्याललाई हटाउन तत्कालिन वनमन्त्री यदुवंश झाबाट नियुक्त वन पैदावार विकास समितिका अध्यक्ष मनोज उप्रेतीले एमाले पार्टी कार्याललाई पत्र लेखेका छन् ।
एमाले कोटाका वनमन्त्री टेकबहादुर थापा घर्तीले अर्याललाई हटाउने विषयमा खासै चासो नदिएपछि उप्रेतीले पार्टी कार्यालयलाई नै गुहार गरेका हुन् । उनलाई नियुक्ति दिने तत्कालिन मन्त्री झा अहिले एमालेमै फर्केका छन् । स्रोतका अनुसार उप्रेतीको काममा झालेसमेत सघाइरहेका छन् ।
वन मन्त्रालयबाट परियोजना प्रमुखमा खटिएका अर्याललाई हटाउन उप्रेतीले वन मन्त्रालयमातहतको वन पैदावार विकास समितिको लेटरप्याडमै एमालेको राज्य व्यवस्था समिति प्रमुखलाई पत्र लेखेर परियोजनामा उनीभन्दा 'योग्य र क्षमतावान कर्मचारी' माग गरेका हुन् । 'अरु योग्य र क्षमतावान कर्मचारीको निर्देशनमा आयोजना/परियोजना सञ्चालन हुनु पर्ने देखिएकाले सोही अनुसारको व्यवस्थाका लागि पार्टीको तर्फबाट आवश्यक सिफारिस गरि पाउू' साउन ६ मा लेखेको उप्रेतीले लेखेको पत्रमा छ । एमाले राज्य व्यवस्था समितिका प्रमुख अष्टलक्ष्मी शाक्य हुन् । साउन ६ गते बेलुकी सात बजे झाका नाती सञ्जिव झाले पार्टी कार्यालय बल्खुमा उक्त पत्र दर्ता गरेका थिए ।
जबकी एक आर्थिक वर्षमा करिब आठ/नौं करोड रुपैयाूको राजश्व जम्मा हुने गरेको सर्लाहीस्थित् सागरनाथ वन परियोजनामा २०६९/०७० मा काठ/दाउरालगायतका वन पैदावार विक्रीबाट अर्यालले करिब साढे १९ करोड रुपैयाू राजश्व जम्मा गरी समितिको आयश्रोत बढाएका थिए । 'कर्मचारीलाई तलब ख्वाउनै गाह्रो भएको पाएपछि वर्षौदेखि थुपि्रएका काठ विक्रि गरेर आम्दानी बढाएका हौं' सर्लाहीमा रहेका अर्यालले भने, 'बढी मूल्यमा काठ बेच्न सकियो त्यो हाम्रो सफलता हो ।'
करिब ६ महिना अघि परियोजनाको प्रमुखमा खटिएका मन्त्रालयका उपसचिव अर्यालले त्यहाू हुने अनियमिततामा कडाई गर्नुका साथै तलदेखि माथिसम्म काठ विक्रिीमा हुने 'कमिशन' मा रोक लगाएपछि उप्रेतीले उनलाई हटाउन चौतर्फी पहल गरेका हुन् ।
त्यस काममा तत्कालिन मन्त्री झाका स्वकीय सचिव एवं नाती सञ्जिवलेसमेत उप्रेतीलाई सघाईरहेको समितिका एक कर्मचारीले बताए । अर्यालले उप्रेतीले आफूसंग भने जहिले पनि कामको प्रशंसा गर्ने गरेको बताए । 'मसंग कुरा गर्दा तपाईू चाहिने मान्छे हो भन्थे, भित्र के भन्छन्/गर्छन् त्यो थाहा भएन' अर्यालले भने । उप्रेतीले चाूही यसबारे प्रतिक्रिया दिन चाहेनन् । 'म भेटेरै कुरा गर्छु' उनले कान्तिपुरसित भने, 'अहिले नै केही भन्दिन ।' झाले गत वर्षको साउन अन्तिममा उप्रेतीलाई समितिको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।
अर्याललाई हटाउन खोजिएकोमा सर्लाहीस्थित् सागरनाथ वन परियोजनाका कर्मचारी आन्दोलित छन् । नहटाउन दबाब दिन उनीहरुको एक टोली शुक्रवार केन्द्रीय कार्यालय बबरमहल आउूदैछन् । त्यहाू एक सय २० स्थायी र १ सय ६० ज्यालादारी कर्मचारी छन् । कार्यरत कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् 'परियोजनालाई अघि बढाउन सक्रिय ढंगले लागिरहेका बेला आफ्नो अवाञ्छित स्वार्थ पूरा गराउन नसकेका टाढाबाठाहरुको समुहले हटाउन खोजेकोप्रति' विरोध जनाएका छन् ।
उनीहरुले अर्याललाई नहटाउन वनमन्त्री टेकबहादुर थापा घर्ती र सचिव गणेशराज जोशीको केही दिन अघि ध्यानाकर्षण गराईसकेका छन् । सचिव जोशीले १३ हजार हेक्टरमा फैलिएको सागरनाथ परियोजनामा मसला, टीक, सिसौंलगायतका जातका रुख छन् । सागरनाथअन्तर्गतकै अतिक्रमणको चपेटामा परेको मूर्तिया क्षेत्रको ५ सय हेक्टरमा वृक्षरोपण गर्न वन मन्त्रालयले दुई करोड रुपैयाँ अनुदान दिएको छ । अर्यालले स्थानिय प्रशासन, सुरक्षा निकाय र मन्त्रालयसंग सहकार्य गरी उक्त क्षेत्रमा वृक्षरोपणको तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: २०७० श्रावण ११
- See more at: https://www.facebook.com/nepalinewss
» मुख्य समाचार » क्षेत्रीय सुरक्षा प्रमुखहरू राजधानी डाकिए ६ लाखलाई नागरिकता निर्वाचन सुरक्षालाई गृह 'सक्षम' -
nepali new VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ११ - गृह मन्त्रालयले चुनावी सुरक्षा रणनीति तयार गर्न क्षेत्रीयस्तरका वरिष्ठ सुरक्षा अधिकारीहरूबाट 'रिपोटिङ' लिने भएको छ ।
गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि प्रशासन र सुरक्षा निकाय सक्षम रहेको जनाएको छ । मुलुकको शान्ति सुरक्षाबारे बिहीबार पत्रकार सम्मेलनै गरी गृहले चुनावी सुरक्षा योजनाबारे जानकारी गराएको हो ।
प्रकाशित मिति: २०७० श्रावण ११
- See more at: https://www.facebook.com/nepalinewss
काठमाडौ, श्रावण ११ - गृह मन्त्रालयले चुनावी सुरक्षा रणनीति तयार गर्न क्षेत्रीयस्तरका वरिष्ठ सुरक्षा अधिकारीहरूबाट 'रिपोटिङ' लिने भएको छ ।
गृहमन्त्री माधवप्रसाद घिमिरेले मंसिर ४ गते हुने संविधानसभा चुनावका लागि शान्ति सुरक्षाको स्थिति र भावी योजनाबारे छलफल गर्न क्षेत्रीय सुरक्षा प्रमुख र प्रशासकलाई सोमबार राजधानी झिकाउन लागेका हुन् । मन्त्रालयले पाँचै विकास क्षेत्रका प्रशासक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुखलाई बिहीबार पत्राचार गरेको छ ।
गृह मन्त्रालय प्रवक्ता सहसचिव शंकर कोइरालाका अनुसार सोमबार नेपाल प्रहरीको मुख्यालय नक्सालमा छलफल हुने जानकारी दिए । स्रोतका अनुसार सुरक्षा प्रमुखहरूलाई सुरक्षाको मूल्यांकन, चुनौती विश्लेषणलगायत विषयका लिखित जानकारी सहित उपस्थित हुन पत्राचार गरिएको छ ।
गृहको पत्रमा तराईका जिल्लामा सशस्त्र समूहको गतिविधि, चुनाव भाँड्न सक्रिय समूह र अन्य चुनौतीबारे विस्तृत विवरण ल्याउन भनिएको छ । पत्रमा सुरक्षाबाहेक चुनाव गराउन आवश्यक पर्ने भौतिक स्रोत साधनको विवरणसमेत पेस गर्न भनिएको छ ।
तराईका जिल्लामा चुनौती
प्रहरीका अनुसार सुरक्षा हिसाबले चुनाव गराउन तराईका जिल्लामा चुनौती छ । तराईका सशस्त्र समूहका गतिविधिका साथै त्यहाँ हुनसक्ने बाह्य चलखेलका कारण निर्वाचन चुनौतीपूर्ण रहेको निष्कर्ष यसअघि नै निकालेको थियो । मुख्यालयका अनुसार तराईमा राजनीतिक आधारमा अपराधिक समूहले अपराध घटाउनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने औंल्याइएको छ ।
नेपाल-भारत खुला सीमानाको फाइदा उठाउँदै अपराधीले नेपाली भूमिमा घटना घटाएर पारि गई लुक्नसक्ने भएकाले 'काउन्टरपार्ट' सँग स्थानीय र केन्द्रीय स्तरमा सुरक्षा समन्वय गरिनुपर्ने प्रहरीले जनाएको छ । पहाडको तुलनामा तराईका जिल्ला यातायात सुविधका कारण आवतजावत गर्न सहज हुने हुँदा त्यसको फाइदा अपराधिक समूहले लिन सक्ने अनुमान गरिएको छ । २०६४ सालको संविधानसभा चुनावलाई हेरेर नेपाल प्रहरीले तयार पारेको प्रतिवेदनमा जातीय पहिचानका मुद्दालाई लिएर दुई पक्षबीच मुडभेड हुनसक्ने उल्लेख छ । तराईमा खटिने प्रहरी प्रशासनलाई राजनीतिक दबाब बढी हुने जनाइएको छ । पूर्वका पहाडी जिल्लामा समेत सुरक्षा चुनौती रहेको जनाइएको छ ।
निर्वाचन सुरक्षालाई गृह 'सक्षम'
निर्वाचन सुरक्षालाई गृह 'सक्षम'
गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि प्रशासन र सुरक्षा निकाय सक्षम रहेको जनाएको छ । मुलुकको शान्ति सुरक्षाबारे बिहीबार पत्रकार सम्मेलनै गरी गृहले चुनावी सुरक्षा योजनाबारे जानकारी गराएको हो ।
'आम जनताको जीउधन रक्षाका लागि सुरक्षा निकाय हमेसा सक्रिय छ,' गृह प्रवक्ता सहसचिव शंकर कोइरालाले भने, 'छिट्टै निर्वाचन केन्दि्रत सुरक्षा योजना लागू हुनेछ ।' सुरक्षा योजना मस्यौदा तयार भई लागू गर्नेबारे अन्तिम गृहकार्य भइरहेको उनले जानकारी दिए ।
स्रोतका अनुसार अन्तिम रूप दिइएको मस्यौदा गृहमन्त्री माधवप्रसाद घिमिरेले अध्ययन गर्न भन्दै थन्क्याएर राखेका छन् । घिमिरेले निर्वाचनका चुनौती र व्यवस्थापनबारे छलफल गर्न विभिन्न सुरक्षा निकाय, गृहप्रशासनका क्षेत्रीय प्रमुखलाई काठमाडौं बोलाएका छन् । उनीहरूसँग सोमबार छलफल गरेपछि मात्र योजना अघि बढाउने तयारी घिमिरेको छ ।
गृहले निर्वाचन सुरक्षाबारे नियमित छलफल गर्न केन्द्र र जिल्लामा छुट्टै सेलसमेत गठन गरेको छ । केन्द्रमा शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत रहेका कोइरालाकै संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन सेल गठन गरिएको हो । केन्द्रमा तीनवटै सुरक्षा निकायका उच्चपदस्थ सुरक्षा अधिकृत र जिल्लामा स्थानीय सुरक्षा प्रमुखहरू सदस्य रहनेछन् ।
गृहले ७५ जिल्लामा ३ सय ६४ एकीकृत घुम्ती सेवा र ५ सय ३५ नागरिकता वितरण टोली परिचालन गरी ६ लाख ३ हजार ९४ जनालाई नागरिकता वितरण र मतदाता नामावाली दर्तामा सहभागी गराएको जनाएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश २०७० अनुरूप यसै वर्षमात्र त्यति नागरिकता वितरण भएको हो ।
प्रकाशित मिति: २०७० श्रावण ११
» मुख्य समाचार » बिनाकारण पत्रकार प्रहरी हिरासतमा घटना विवरण सहित -
Popular new nepali music VIDEO: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
प्रकाशित मिति: २०७० श्रावण ११
- See more at: https://www.facebook.com/nepalinewss
काठमाडौ, श्रावण ११ - काम सकाएर डेरामा र्फकदै गरेका एक पत्रकारलाई बिहीबार विना कारण नियन्त्रणमा लिएको छ ।
नयाँ पत्रिका दैनिकमा कार्यरत्र पत्रकार टेकराज थामीलाई बिहीबार तीनकुने स्थित प्रहरी कार्यालय नजिकै सडकमा चेकिङमा बसेको प्रहरीले नियन्त्रणमा लिएको हो । तीन घण्टा नियन्त्रणमा लिएर छाडेको थामीले बताए । घटना विवरण उनकै शब्दमा:
बिहीबार करिब साढे ८ बजे कार्यालयबाट मोटर साइकलबाट कोठा आउँदै थिएँ । तीनकुनेमा सदा झै चिकिङ रहेछ । मोटर साइकल रोक भन्यो । मैले रोकेँ । लाइसेन्स ब्लुबुक झकि भन्यो । मैले झकिेँ र दिएँ । मापसे गरेको छ की छैन भन्यो । छैन भने । यसको झोलादेखि जुत्तासम्म चेक गर भन्यो । सँगैको हवल्दारले चेकिङ गर्यो । प्रहरीले अपराधिलाई जस्तो व्यवहार गरेपछि मैले सोधेँ-'सर लाइसेन्स ब्लुबुक चेक गर्ने काम त ट्राफिक प्रहरीको होइर र ?' मैले यति के भनेको थिएँ । उसले 'बढ्ता बोल्छस्' भन्यो । 'होइन मैले सोधेको मात्रै हो । मेरो लाइसेन्स ब्लुबुक दिनुस न' मैले भनेँ । '....यो बढ्ता बोल्द रहेछ । यसलाई थुन्दे' उसले आदेश दियो । मलाई महानगरीय प्रहरी वृत बानेश्वर लगियो । एक छिनपछि डिएसपी भिम ढकाल हल्लिदै आए । 'यसलाई एक घण्टा थुन अनि मान्छे बोलाएर जिम्म लगाइदे ।' यसो भनि रहँदा डिएसपीको मुखबाट आएको रक्सिको गन्धले यति कडा थियो की मुखै थुन्नु पर्ने स्थिति थियो । डिएसपी रक्सिको नशामा कति धुत थिए, यसैबाट पुष्टि हुन्थ्यो । अव मेरो तिन पुस्ते सोधपुछ भयो । हिरासतमा रहेको अर्का अभियुक्तलाई उठाइयो । उसलाई हतकडि लगाइयो । सँगै भएको मेरो हात थुतियो । र ऊसँगै हत्कडि लगाइयो । तेरो स्वस्थ्य परिक्षण गर्नु छ, अस्पताल हिँड भन्यो । हत्कडिसँगै कान्तिपुर अस्पताल लगियो । काउन्टरमा बिल भर्न लगायो । भित्र लगियो । केही नगरि फेरी हिरासत कक्षमा ल्याइयो । अन्त्यमा त्यतिकै छाडियो ।
यति बेला मेरो मन प्रश्नै-प्रश्नले भरिएका छन् । प्रहरीले मलाई किन पक्राउ गर्यो ? मैले अपराध नै गरेको हो भने किन छाड्यो ? ट्राफिक नियम उल्लंघन गरे कारवाही गर्ने अधिकार ट्राफिक पुलिसको हो, तर मेरो लाइसेन्स ब्लुबुक अरुले नै लिएका थिए । उसको गलत काममा प्रश्न गर्नु मेरो अपराध हो ? मेरो मोटरसाइकल नियन्त्रणमा के कारणले लिइयो र पछि किन छाडियो ? बिनाकारण हिरासतमा लिइ हत्कडी लगाउनु र मानसिक याताना दिनु यही हो, प्रहरीको अधिकार ?
बृतका प्रमुख डीएसपी भीम ढकालले थामीलाई दुव्यवहार नगरेको दाबी गरे । 'हामीले नियन्त्रणमा लिएपछि जो कोहीलाई पनि मेडिकल चेक गर्न अस्पताल पठाउँछौ,'उनले भने,'तर,उहाँलाई नियन्त्रणमा लिएर अरु थुनुवा जस्तै राखेको छैन । डिउटी अफिसरको कोठामा राखेको हो ।' नियन्त्रणमा लिएको धेरैपछि मात्रै उनी पत्रकार भएको आफूले थाहा पाएको उनले बताए । थामीको आफन्तलाई बोलाएर जिम्मा लगाउँदा ढिलाई भएको उनले बताए ।
प्रकाशित मिति: २०७० श्रावण ११
» मुख्य समाचार » लोकतान्त्रिक शक्तिबीच एकता होस्: सोनिया -
nepali new VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ११ - भारतीय सत्तारूढ संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की प्रमुख तथा कंग्रेस आई अध्यक्ष सोनिया गान्धीले नेपालमा लोकतान्त्रिक शक्तिबीच एकता देख्न चाहेको बताएकी छन् । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबारको भेटमा उनले लोकतान्त्रिक शक्तिबीचको एकतामा जोड दिएकी हुन् ।
'लोकतन्त्रलाई बलियो बनाउन लोकतान्त्रिक शक्तिबीच एकता देख्न चाहन्छौं,' अध्यक्ष गान्धीको भनाइ उदृत गर्दै भ्रमण टोलीमा संलग्न एमाले विदेश विभाग सदस्य राजन भट्टराईले कान्तिपुरसँग भने । नेपालको लोकतन्त्रलाई संस्थागत गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्घता पनि गान्धीले जनाएको उनले बताए ।
नेपालले गान्धीसँग उनकै निवासमा भेटेका थिए । अपराह्न चार बजे भएको ३५ मिनेट लामो वार्तामा अध्यक्ष गान्धीले नेपालमा संक्रमणकालको चाँडै अन्त्य भएको देख्न चाहेको बताएकी थिइन् । त्यसका लागि निर्वाचन उपयुक्त अवसर हुने उनको भनाइ थियो । प्रमुख दलहरूबीच दिल्लीमा भएको १२ बुँदे सहमतिपछि सुरु शान्ति प्रक्रिया र संविधान निर्माण पूरा नहुँदा संक्रमणकाल लम्बिइरहेको छ । संक्रमणकाल अन्त्यकै लागि दोस्रो पटक संविधानसभा चुनाव हुन लागेको हो ।
पूर्वप्रधानमन्त्री नेपालले सबैलाई समेटेर समयमै निर्वाचन गर्ने प्रयास भइरहेको बताएका थिए । उनले निर्वाचनबाट संविधान जारी गर्ने र त्यसपछि सुरु हुने आर्थिक विकासका लागि उदारतापूर्वक सहयोग आवश्यक रहेको धारणा गान्धीसँग राखेका थिए । द्विपक्षीय सम्बन्ध विस्तारका लागि राजनीतिक संवादलाई जोड दिनुपर्ने नेपालको भनाइ थियो ।
'राजनीतिक दलहरूबीचको सम्बन्ध जति राम्रो भयो त्यति नै द्विपक्षीय सम्बन्ध मजबुत हुन्छ,' नेता नेपालको भनाइ उदृत गर्दै भट्टराईले भने । गान्धीले नेपालमा उच्चतहको राजनीतिक सम्बन्ध बढाउन तयार रहेको धारणा राखेकी छन् ।
नेपाल र भारत नजिकमा छिमेकी भएकाले आपसी संवादले द्विपक्षीय सम्बन्ध बलियो र चासो बुझ्न सहयोग पुग्ने अध्यक्ष गान्धीको भनाइ थियो । भेटमा कंग्रेस आईका विदेश विभाग प्रमुख करण सिंह र एमाले महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए ।
नेपाल-भारत सम्बन्धमा दलहरूबीचको भूमिका प्रभावकारी बनाउने उद्देश्यअनुसार भारतले नेता नेपाललाई भ्रमणमा बोलाएको हो । द्विपक्षीय सम्बन्धमा राजनीतिकभन्दा पनि अन्यपक्ष बढी हावी हुन थालेको महसुस भएपछि दल र नेताहरूसँगको सम्बन्ध बढाउने नीति भारतले लिएको हो ।
नेता नेपालसँगको भेटमा भारतीय अधिकारीले दलहरूसँगको सम्बन्ध बढाउने नीति रहेको स्पष्ट सन्देश दिएका छन् । यही नीतिअनुसार यसअघि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई भारतले बोलाएको थियो ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग बिहीबार साँझ हुने भनिएको भेट शुक्रबार बिहानका लागि सरेको छ । गान्धीसँगको भेटपछि नेता नेपालले जनता दल (यूनाइटेड) का अध्यक्ष शरद यावदसँग छलफल गरेका थिए । बिहीबार बिहान नेपालसँग भारतीय विदेश सचिव रञ्जन मथाईले भेट गरेका थिए । नेपाललाई भेट्न विदेश सचिव मथाई होटल ओवराय पुगेका थिए । विदेश सचिवसहितको टोलीससँग नेपालले संविधानसभाको चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नका लागि भारतलगायतका मित्रराष्ट्रहरूको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।
नेता नेपालसँग राष्ट्रवादी कंग्रेसका महासचिव डिपी त्रिपाठीले पनि भेटेका थिए । नेता त्रिपाठीले नेपालको राजनीतिक निकासका लागि एमालेले खेलेको समन्वयकारी र लचकदार भूमिकाको प्रशंसा गरेका थिए । लोकसभा सदस्य सज्जनसिंह बर्माले पनि होटलमै पुगी नेपालाई भेटेका थिए । दिउँसो बिहार राज्यका मन्त्री र केही सांसदले पनि नेपाललाई भेटेका थिए । नेता नेपालले शुक्रबार प्रधानमन्त्री सिंहसँगको भेटपछि सत्तारूढ र विपक्षी दलका नेताहरूसँग भेट्नेछन् । शनिबार पटना जाने कार्यक्रम छ ।
नेता नेपालले भारतीय अधिकारीसँग विशेष गरी सडक निर्माण, सञ्चार र जलविद्युत्का मुद्दालाई प्राथमिकताकासाथ उठाएका थिए । प्रधानमन्त्री भएका बेला सुरु गरिएका केही आयोजनालाई उनले जोड दिएका थिए । भारतीय पक्षसँग तराईको हुलाकी सडक निर्माण, मुजफ्रपुर-ढल्केबर प्रसारण लाइन निर्माण र महाकाली पञ्चेश्वर परियोजनालाई तीव्रता दिन ध्यानाकर्षण गराएका थिए । मध्यपहाडी राजमार्गको दोलालघाटदेखि धनकुटा खण्ड निर्माणमा पनि नेपालले सहयोगको आग्रह गरेका थिए । भारतले मध्यपहाडी राजमार्ग निर्माणमा चासो देखाउँदै आएको छ । यस्तै वागमती सभ्यता परियोजना सञ्चालनका लागि पनि उनले भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति: २०७० श्रावण ११
» मुख्य समाचार » 'समयमै चुनाव हुनुपर्छ भन्ने भारतीय चाहना' -
काठमाडौ, श्रावण ११ - भारतीय सत्तारूढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग तपाईंको के छलफल भयो ?
यो मेरो सद्भाव भ्रमण हो । दुई देशका नेताबीच सम्बन्ध विस्तार, सम्बन्धलाई नियमितता दिने, घनिभूत बनाउने र अनुभव आदानप्रदान गर्ने उद्देश्य हो । मैले उहाँसँगको भेटमा पनि दुई देशका नेता र पार्टीहरूबीचको सम्बन्धलाई नियमितता दिनुपर्छ भन्ने कुरा राखेको छु, यसलाई उहाँले स्वीकार्नुभएको छ । बिहीबारै परराष्ट्र सचिवलगायत अन्य नेताहरूसँग पनि भेट भएको छ । उहाँहरूसँगको भेटले पनि आपसी विश्वासको वातावरण बनाउन र सम्बन्धलाई उचाइमा पुर्याउन मद्दत पुगेको छ ।
नेपालको चुनावबारे गान्धीको धारणा के रह्यो ?
नेपालमा समयमै छिटो चुनाव हुनुपर्छ भन्ने धारणा नै भारतीय नेताहरूको छ । उहाँले पनि समयमै चुनाव होस् भन्ने चाहना व्यक्त गर्नुभयो । चुनावप्रति उहाँको पनि निकै चासो रह्यो ।
राजनीतिक दलहरूलाई के सुझाव दिनुभयो ?
नेपालमा लोकतन्त्र बलियो हुनुपर्छ भन्ने सबैको धारणा छ । उहाँले पनि लोकतान्त्रिक पार्टीहरूबीच मिलेर अघि बढ्नु राम्रो हुन्छ भन्ने भावना व्यक्त गर्नुभयो ।
छलफलका अन्य विषय के-के थिए ?
मैले हालै उत्तराखण्ड र नेपालको दार्चुला क्षेत्रमा भएको बाढीपहिरोबारे कुरा गरेँ । जलवायु परिवर्तनले ल्याइरहेको विनास र प्राकृतिक प्रकोपलगायतका विषयमा पनि छलफल भयो । रोकथामका लागि मिलेर काम गर्नुपर्ने कुरा भएको छ ।
भारतीय प्रधामन्त्री मनमोहन सिंहसँगको भेटमा चाहिँ के कुरा हुनेछ ?
प्रधानमन्त्रीसँग पनि मेरो राजनीतिक र आर्थिक विकासका कुरा हुनेछन् । मैले प्रधानमन्त्री हुँदा पहल गरेको र अन्य कामहरू अघि बढाउने विषयमा पनि छलफल हुनेछ ।
(बिहीबार राति कान्तिपुरले गरेको फोन वार्ता)
प्रकाशित मिति: २०७० श्रावण ११
- See more at: https://www.facebook.com/nepalinewss-popular video: http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Subscribe to:
Posts (Atom)

.jpg)


