Thursday, July 25, 2013

» मुख्य समाचार » कार्यालय प्रमुख हटाउन पार्टीको गुहार -


-popular new nepali music VIDEO:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण ११ - काठ विक्रीमा पाइरहेको 'कमिशन' रोकिएपछि सागरनाथ वन परियोजनाका प्रमुख उपसचिव हेमलाल अर्याललाई हटाउन तत्कालिन वनमन्त्री यदुवंश झाबाट नियुक्त वन पैदावार विकास समितिका अध्यक्ष मनोज उप्रेतीले एमाले पार्टी कार्याललाई पत्र लेखेका छन् ।
एमाले कोटाका वनमन्त्री टेकबहादुर थापा घर्तीले अर्याललाई हटाउने विषयमा खासै चासो नदिएपछि उप्रेतीले पार्टी कार्यालयलाई नै गुहार गरेका हुन् । उनलाई नियुक्ति दिने तत्कालिन मन्त्री झा अहिले एमालेमै फर्केका छन् । स्रोतका अनुसार उप्रेतीको काममा झालेसमेत सघाइरहेका छन् ।
वन मन्त्रालयबाट परियोजना प्रमुखमा खटिएका अर्याललाई हटाउन उप्रेतीले वन मन्त्रालयमातहतको वन पैदावार विकास समितिको लेटरप्याडमै एमालेको राज्य व्यवस्था समिति प्रमुखलाई पत्र लेखेर परियोजनामा उनीभन्दा 'योग्य र क्षमतावान कर्मचारी' माग गरेका हुन् । 'अरु योग्य र क्षमतावान कर्मचारीको निर्देशनमा आयोजना/परियोजना सञ्चालन हुनु पर्ने देखिएकाले सोही अनुसारको व्यवस्थाका लागि पार्टीको तर्फबाट आवश्यक सिफारिस गरि पाउू' साउन ६ मा लेखेको उप्रेतीले लेखेको पत्रमा छ । एमाले राज्य व्यवस्था समितिका प्रमुख अष्टलक्ष्मी शाक्य हुन् । साउन ६ गते बेलुकी सात बजे झाका नाती सञ्जिव झाले पार्टी कार्यालय बल्खुमा उक्त पत्र दर्ता गरेका थिए ।
जबकी एक आर्थिक वर्षमा करिब आठ/नौं करोड रुपैयाूको राजश्व जम्मा हुने गरेको सर्लाहीस्थित् सागरनाथ वन परियोजनामा २०६९/०७० मा काठ/दाउरालगायतका वन पैदावार विक्रीबाट अर्यालले करिब साढे १९ करोड रुपैयाू राजश्व जम्मा गरी समितिको आयश्रोत बढाएका थिए । 'कर्मचारीलाई तलब ख्वाउनै गाह्रो भएको पाएपछि वर्षौदेखि थुपि्रएका काठ विक्रि गरेर आम्दानी बढाएका हौं' सर्लाहीमा रहेका अर्यालले भने, 'बढी मूल्यमा काठ बेच्न सकियो त्यो हाम्रो सफलता हो ।'   
करिब ६ महिना अघि परियोजनाको प्रमुखमा खटिएका मन्त्रालयका उपसचिव अर्यालले त्यहाू हुने अनियमिततामा कडाई गर्नुका साथै तलदेखि माथिसम्म काठ विक्रिीमा हुने 'कमिशन' मा रोक लगाएपछि उप्रेतीले उनलाई हटाउन चौतर्फी पहल गरेका हुन् ।
त्यस काममा तत्कालिन मन्त्री झाका स्वकीय सचिव एवं नाती सञ्जिवलेसमेत उप्रेतीलाई सघाईरहेको समितिका एक कर्मचारीले बताए । अर्यालले उप्रेतीले आफूसंग भने जहिले पनि कामको प्रशंसा गर्ने गरेको बताए । 'मसंग कुरा गर्दा तपाईू चाहिने मान्छे हो भन्थे, भित्र के भन्छन्/गर्छन् त्यो थाहा भएन' अर्यालले भने । उप्रेतीले चाूही यसबारे प्रतिक्रिया दिन चाहेनन् । 'म भेटेरै कुरा गर्छु' उनले कान्तिपुरसित भने, 'अहिले नै केही भन्दिन ।' झाले गत वर्षको साउन अन्तिममा उप्रेतीलाई समितिको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए ।
अर्याललाई हटाउन खोजिएकोमा सर्लाहीस्थित् सागरनाथ वन परियोजनाका कर्मचारी आन्दोलित छन् । नहटाउन दबाब दिन उनीहरुको एक टोली शुक्रवार केन्द्रीय कार्यालय बबरमहल आउूदैछन् । त्यहाू एक सय २० स्थायी र १ सय ६० ज्यालादारी कर्मचारी छन् । कार्यरत कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् 'परियोजनालाई अघि बढाउन सक्रिय ढंगले लागिरहेका बेला आफ्नो अवाञ्छित स्वार्थ पूरा गराउन नसकेका टाढाबाठाहरुको समुहले हटाउन खोजेकोप्रति' विरोध जनाएका छन् ।
उनीहरुले अर्याललाई नहटाउन वनमन्त्री टेकबहादुर थापा घर्ती र सचिव गणेशराज जोशीको केही दिन अघि ध्यानाकर्षण गराईसकेका छन् । सचिव जोशीले १३ हजार हेक्टरमा फैलिएको सागरनाथ परियोजनामा मसला, टीक, सिसौंलगायतका जातका रुख छन् । सागरनाथअन्तर्गतकै अतिक्रमणको चपेटामा परेको मूर्तिया क्षेत्रको ५ सय हेक्टरमा वृक्षरोपण गर्न वन मन्त्रालयले दुई करोड रुपैयाँ अनुदान दिएको छ । अर्यालले स्थानिय प्रशासन, सुरक्षा निकाय र मन्त्रालयसंग सहकार्य गरी उक्त क्षेत्रमा वृक्षरोपणको तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: २०७० श्रावण ११
- See more at: https://www.facebook.com/nepalinewss

No comments:

Post a Comment