-भिडियो हेर्नुस्:http://www.youtube.com/
काठमाडौ, श्रावण ३० - नेपाल वायुसेवा निगमको हङकङ उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि मंगलबार इन रुटबाटै फर्किएको छ । 'अटो पाइलट सिस्टम' मा समस्या आएपछि क्याप्टेन प्रदिपराज भण्डारीले जहाज काठमाडौं नै अवतरण गराए ।
विमानस्थलमा रहेका निगमका कर्मचारी कृष्णगोपाल जोशीका अनुसार विमानमा देखिएको समस्या केही समयै बनाइएको थियो । 'पछि हङकङमा टाइफुन सुरु भएपछि सिस्टम बने पनि उडान गरिएन,' उनले भने । निगमले रातिको दोहा उडान भने गरेको थियो ।' अरु समयमा निगमको उडान नहुदाँ यात्रूलाई ड्रागन एयरबाट पठाइन्थ्यो । टाइफुनका कारण ड्रागनको उडान पनि भएन । हङकङका लागि जहाजमा १ सय ६० यात्रु थिए । अब निगमको हङकङ उडान बिहिबार मात्र हुने छ ।
निगमले हङकङका लागि सातामा २ उडान गरिरहेको छ । एउटा बोइङ ग्राउण्डेड भएका कारण निगमले यस गन्तव्यमा एउटा उडान कटौती गरेको छ । दुबै जहाजबाट भने निगमले २ बोइङ्गबाट सातामा १६ उडान गर्छ । 'यो जहाज समयमै बन्यो, नभए निगमको अन्र्तराष्ट्रिय उडानमा उपस्थिती नै हुने थिएन,' निगम स्रोतले भन्यो 'उडान गर्दा गर्दै जहाजको सिस्टम बिग्रनुले नियमित सेफ्टी जाँचमा लापरवाही गरिएको देखिन्छ ।'
जहाज कम हुनु, त्यसमा पनि यस्ता समस्या बारम्बार आएकाले नागरिक उड्डयन प्राधिकरणले सोमबार निगमका उच्च अधिकारीलाई बोलाएर चेतावनीसमेत दिएको थियो । निगमको अन्र्तराष्ट्रिय उडान अनूमति -एओसी) को अवधी अगस्टमा सकिदैछ । यसपछि प्राधिकरणले अनुमति नविकरण गर्दिनु पर्ने हून्छ । स्रोतका अनूसार सेफ्टी लगायत उडानसंग सम्बन्धित सबै प्रणाली चुस्त नबनाए अनुमति नविकरण रोक्ने प्राधिकरणले चेतावनी दिएको हो । आइकाओले बढी दबाब दिएपछि पछिल्लो समयमा प्राधिकरण विमानकम्पनीहरुसंग कडा रुपमा प्रस्तुत भएको छ । यसअघि पनि आन्तरिक उडान गर्ने विमानकम्पनीहरुलाई सेफ्टीसंग सम्बन्धित विषयमा कैफियत देखिएको भन्दै प्राधिकरणले उनीहरुको नविकरण एक वर्ष गर्नुपर्ने ठाउँमा ६ महिना मात्र गरेको छ । 'निगमका महाप्रबन्धकदेखि डेपूटी डाइरेक्टरसम्मलाई सोमबार प्राधिकरणले बोलाएको थियो,' स्रोतले भन्यो । निगम व्यवस्थापनले भने जहाजको संख्या थपिएपछि सबै कैफियत समाधान हुने र उपकरण बिग्रेर उडान रोकिने तथा यात्रूलाई हूने दूःखको समस्या हट्ने बताएको छ । निगमले उडाइरहेकेा जहाज ०४३/४४ मा किनेको हो । त्यसयता नयाँ जहाज थपिएको छैन । निश्चित समयपछि जहाजको उपकरणहरु पूराना हुने भएकाले बारम्बार समस्या देखिने गरेको छ ।
प्रकाशित मिति: २०७० श्रावण ३०

No comments:
Post a Comment