Tuesday, August 13, 2013

यस्तो छ रेग्मीको महासभा तालिका

  • सेप्टेम्बर २८ मा सम्वोधन गर्ने

      See more at: https://www.facebook.com/nepalinewss
    -भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

    काठमाडौ, श्रावण ३० - अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी राष्ट्रसंघको ६७ औं महासभामा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै सेप्टेम्बर २० मा न्युयोर्क जाने भएका छन् । सानो टोली लिएर जान लागेका रेग्मीले महासभामा भारतका प्रधानमन्त्री मनमोहन सिंह, राष्ट्रसंघ महासचिव वान कि मुनलगायतसँग भेटवार्ता गराउन कुटनीतिक पहल थालिएको छ ।
    महासभामा मुलुकको सहभागिता तयारी गर्न राष्ट्रसंघका लागि नवनियुक्त आवासीय प्रतिनीधि दुर्गाप्रसाद भट्टराई सोमबार न्युयोर्क गएका छन् । उनलाई रेग्मी स्वयम्ले महासभामा सहभागिता दौरान महत्वपूर्ण विदेशी नेताहरुसँग भेटघाटको व्यवस्था मिलाउन निर्देशन दिएको स्रोतले बतायो । रेग्मीले महासभालाई सेप्टेम्बर २८ मा सम्वोधन गर्ने कार्यक्रम छ ।
    मुलुकको नेतृत्व गरेर जाने सरकार प्रमुखले महासभामा विदेश सरकार प्रमुख, राज्य प्रमुखलगायत प्रभावशाली नेता, पात्रसँग 'साइडलाइन' भेट्ने परम्परा छ । महासभा सेप्टेम्बर १७ मा सुरु हुनेछ । नेपाली प्रमण्डलले यसपटक अलिक चाँडै  पुगी अपांगता, आणविक निशस्त्रिकरणलगायत विषयमा हुने शिखर बैठकमा सहभागिता जनाउने कार्यक्रम छ ।

    प्रकाशित मिति: २०७० श्रावण ३०

No comments:

Post a Comment