See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण २९ -
नेपालगन्ज- खाना खाएर सँगै सुतेका पति तिलक र छोरी देविकाको पहिरोमा
पुरिएर ज्यान गयो । पहिरोमै पुरिएकी उनको भने १० घन्टापछि उद्धार गरियो ।
घरमा बिचल्ली त छ नै, किरिया बस्नुपर्ने उनी नेपालगन्जस्थित भेरी अञ्चल
अस्पतालमा छटपटिरहेकी छन् ।
जाजरकोटस्थित गर्खाकोट- ३ गुम्थलेकी ६१ वषर्ीया पद्मी शाही अस्पतालको
शय्यामा कहिले होसमा आउँछिन् त कहिले मूच्छिर्त हुन्छिन् । दस घन्टा
पहिरोमा च्यापिएकी उनको राम्रोसँग होस खुल्न सकेको छैन । आफू र एउटा छोरा
बाँच्न सफल भए पनि घटना सम्भिmएर उनी विक्षिप्त हुन्छिन् ।
पहिरोले शुक्रबार राति घर पुरिँदा उनी र छोरा मुस्किलले बाँच्न सफल भएका
हुन् । तीन छोरी भने राति अन्न पिसाउन गाउँदेखि तलको घट्ट गएकाले संयोगले
जोगिए ।
शरीरमा भएको चोटभन्दा पनि पति र छोरी गुमाउनुपर्दाको पीडा उनलाई ठूलो छ ।
'पहिरोले मेरो सर्वस्व गुम्यो,' अस्पतालको शय्याबाट उनले बिलौना गरिन्,
'जिन्दगीभर माया गरेका पतिको किरियासमेत गर्न पाइनँ । ममाथि भगवान्को यो
कस्तो खेल हो ?'
पचास वर्षअघि बनेको घरमा मध्यरातमा पहिरो पसेपछि घरभित्रै पुरिएर ६०
वषर्ीय उनका पति तिलक र १० वषर्ीया छोरी देविकाको ज्यान गएको हो । भोलिपल्ट
पहिरोले च्यापिएको अवस्थामा पद्मी र ५ वर्षे छोरा कृष्णको जीवितै उद्धार
गरिएको थियो ।
घाइतेको स्थ्ाानीय स्वास्थ्य संस्थामा उपचार नहुने देखेपछि तत्काल उपचारका
लागि स्थानीय प्रशासनसँग गुहार मागेको आफन्त हरिबहादुर शाहीले बताए ।
जिल्लामा उपचार असम्भव देखिएपछि गृह मन्त्रालयसँग अनुरोध गरी
हेलिकप्टरद्वारा उपचारका लागि नेपालगन्ज पुर्याइएको प्रमुख जिल्ला अधिकारी
चक्रपाणि पाण्डेले बताए । 'उपचार खर्च सरकारले बेहोर्ने छ,' उनले भने ।
यसअघि गाउँमा कहिल्यै त्यसरी पहिरो गएको थिएन । त्यो दिन भारी वषर्ा भयो ।
एक्कासि घरभित्र हिलो पस्नासाथ पद्मीले पतिलाई भागौं भन्दै थिइन् । 'भागौं
भनें, तर उहाँले म त भाग्न नसक्ने भएँ । तिमीहरू जाऊ भन्नुभो । छोराले आमा
भनी कराउँदा उसको हात समात्न पुगें । तर छोरीलाई फेला पार्न सकिनँ,' उनले
भनिन्, 'भाग्ने मौका नै नपाई घरसहित पहिरोले पुर्यो ।'
छोरा र आफू एकै ठाउँमा १० घन्टासम्म माटो र ढुंगामुनि चेपिएपछि उद्धारका
लागि गुहार माग्दासमेत डरले राति छिमेकी नआएको पद्मीले दुखेसो पोखिन् ।
बिहान स्थानीय दीपक शाही, इन्द्रबहादुर शाहीलगायत छिमेकीले उद्धार गरेका
थिए ।
गाउँमाथि दुई किलोमिटर टाढा रहेको जर्काना रानीवनबाट खसेको पहिरोले उनको
घर-खेतबारीसमेत पुरिदिएको घट्ट जाँदा संयोगले बाँच्न सफल भएकी छोरी भगवतीले
बताइन् । 'तीन बहिनी त्यो रात अनाज पिस्न घट्ट गएकाले बच्यौं,' उनले
भनिन्, 'बिहान फर्केपछि विपत्ति देख्नुपर्यो । अब के गर्ने भन्ने समस्यामा
परेका छौं ।'
घाइते आमा-छोराको उपचारमा संलग्न भेरी अञ्चल अस्पत्तालका चिकित्सक सुरेशकुमार नागले दुवै जना खतरामुक्त रहेको बताए ।
प्रकाशित मिति: २०७० श्रावण २९
No comments:
Post a Comment