कर्पोरेट हाउससमेत कालोसूचीमा
अम्बे र ओम नर्सिङहोमले कर बुझाए
See more at: https://www.facebook.com/nepalinewss
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौं, आश्विन १४ - काठमाडौं महानगरपालिकाले घरजग्गा कर नतिर्ने नगरक्षेत्रभित्रका व्यापारिक कम्प्लेक्स, हाउजिङ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । असोज महिनाभित्र कर नतिर्ने व्यापारिक कम्प्लेक्स, सरकारी कर्मचारी र हाउजिङ मालिकको नाम कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।
महानगर प्रवक्ता शान्तराम पोखरेलका अनुसार राजस्व तिर्न पटक-पटक पत्र पठाउँदा पनि नतिर्नेलाई कारबाही गरिनेछ । प्रवक्ता पोखरेलले घरजग्गा कर नतिर्ने सरकारी कर्मचारीको नामसमेत संकलन गर्न प्रत्येक वडा कार्यालयका सचिवलाई निर्देशन दिएको बताए । 'करको दायरामा ल्याउनैपर्छ, कसैलाई छुट हुन सक्दैन त्यसका लागि जुनसुकै कदम चाल्न तयार छौं,' उनले भने । असोज महिनाभित्र घरजग्गा कर तिर्नेलाई १० प्रतिशत छुटको घोषणासमेत गरेको उनले बताए ।
दैनिक लाखौं रुपैयाँको व्यापार गर्ने व्यापारीले पनि कर तिर्न कन्जुस्याइँ गरेको उनले बताए । न्युरोड, असन, पुतलीसडकलगायत स्थानका व्यापारिक भवनले लामो समयदेखि घरजग्गा कर तिरेका छैनन् । थापाथलीस्थित ट्रेड सेन्टरले तीन वर्षदेखि १ करोड ५० लाख रुपैयाँ घरजग्गा कर तिरेको छैन । छ महिनाअघि घरकर नतिरेको भन्दै महानगरले ट्रेड सेन्टरमा ताला लगाउने तयारी गरेको थियो ।
कञ्चनजंघा हाउजिङको नाममा रहेको ट्रेड सेन्टरका सञ्चालकले कर तिर्ने सहमति गरेपछि महानगरले तत्कालका लागि तालाबन्दी नगर्ने निर्णय गरेको थियो । सहमति गरेको ६ महिना बित्दा पनि सेन्टरले घरजग्गा कर तिर्नेप्रति कुनै चासो देखाएको छैन ।
भाटभटेनी सुपर मार्केटले पनि २ करोड, थापाथलीस्थित वल्र्ड ट्रेड सेन्टरले २ करोडभन्दा बढी घरजग्गा कर तिरेका छैनन् । भाटभटेनी सुपरमार्केट चार स्थानमा सञ्चालित छ । त्यसैगरी काठमाडौ मलले २ करोड रुपैयाँ र सुन्धारास्थित सिटी सेन्टरलेले पनि घरजग्गा कर तिरेको छैन ।
वल्र्ड ट्रेड सेन्टरको घरजग्गा कर तिर्ने/नतिर्ने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । महानगर राजस्व महाशाखा प्रमुख महेश काफ्लेले घरजग्गा कर नतिर्नेलाई कानुनअनुसार कारबाही गरिने बताए । घरजग्गा कर ऐन, नियमावली र स्थानीय स्वायत्त शासन नियमावलीअनुसार जरिवाना गरिने उनले बताए । घरजग्गा नियमावलीअनुसार समयमै कर नतिर्नेलाई वाषिर्क दस प्रतिशतले जरिवाना गरिने प्रावधान छ । साथै घरजग्गा घर नतिर्नेको खरिद बिक्रीमा रोक लगाउन पनि मालपोत कार्यालयलाई महानगरले पत्राचार गरेको छ । कर्पोरेट हाउसलाईसमेत कालोसूचीमा राखिने उनले बताए ।
अम्बे र ओम नर्सिङले घरजग्गा कर तिरे
काठमाडौं- महानगरको निर्देशनपछि चावहिलस्थित अम्बे हाउजिङले १ करोड रुपैयाँभन्दा बढी घरजग्गा कर तिरेको छ । त्यसैगरी ओम नर्सिङहोमले पनि २१ लाख रुपैयाँ घरजग्गा कर बुझाएको छ । राजस्व महाशाखाका प्रमुख महेश काफ्लेका अनुसार पटक-पटकको निर्देशनपछि अम्बेले राजस्व तिरेको हो । 'इमान्दार कोही करको दायरामा आउँछन् भने छुट दिइन्छ, नत्र जसरी पनि तिर्न बाध्य पारिन्छ,' उनले भने । ६ महिनाभित्र ५० करोड राजस्व उठाउने महानगरको लक्ष्य छ ।
प्रकाशित मिति: २०७० आश्विन १४

No comments:
Post a Comment