Tuesday, August 6, 2013
मरिचमानलाई भारतीय प्रमको शुभेच्छा
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नयाँ दिल्ली, श्रावण २३ - भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा विदेश मन्त्री सलमान खुर्शिदले क्यान्सरको बिरामीबाट थलिएर मेदान्त अस्पतालमा उपचाररत नेपालका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
७२ बर्षीय मरिचमानका पुत्र अनिलका अनुसार विदेश मन्त्रालयबाट भेटघाटमा मेदान्त आएका एक पदाधिकारीले प्रधानमन्त्री तथा विदेशमन्त्रीको शुभेच्छाको सन्देश ल्याएका हुन् । 'प्रधानमन्त्री तथा विदेशमन्त्रीका तर्फबाट बुबाको स्वास्थ्यलाभको शुभेच्छा आएको छ, हामी भारत सरकारप्रति आभारी छौं,'अनिलले भने ।
यसैबीच, फोक्सोको क्यान्सरबाट ग्रसित भएर एक महिनादेखि उपचाररत पूर्व प्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य स्थिति नसुधि्रएपछि मंगलबाट फेरि आइसीयू कक्षमा भर्ना गरिएको छ । बिरामीको स्याहारमा अमेरिकाबाट आएकी छोरी रश्मी श्रेष्ठ-निरौला)का अनुसार ज्वरोका कारण बढी समस्या आइरहेको छ । 'यही कारण बुबाको शरीरमा थप इन्फेक्सन देखिएको छ ',मेदान्तमा भेटिएकी रश्मिीले भनिन् ।
यसैगरी पूर्व प्रधानमन्त्री श्रेष्ठको उपचार सहयोगमा राज्य तर्फबाट ५ लाख रुपैंयाा दिइएको भन्ने समाचारमा जानकारी आएपनि आफूलाई त्यसबारे 'केही थाहा नभएको' छोरा अनिलले बताए । 'हामीलाई राज्यको यस्तो सहयोगबारे थाहा छैन, कतैबाट केही पाएको पनि छैन,'उनले भने,'बरु देश-विदेशमा रहेका नेपाली दाजुभाइ/दिदीबहिनीको सहयोगमा उपचार खर्च धान्ने काम गरिरहेका छौं ।'
प्रकाशित मिति: २०७० श्रावण २३
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment