Monday, July 15, 2013

» मुख्य समाचार » नक्कली कागजपत्रमा आएछन् विदेशी खेलाडी

काठमाडौ, श्रावण १ - नेपालका फुटबल क्लबले नेपाल प्रवेशमा रोक लगाइएका अपि|mकी मुलुकका खेलाडीलाई नक्कली पासपोर्ट बनाएर भित्र्याउने गरेको खुलासा भएको छ । अध्यागमन विभागका अनुसार पछिल्लोपल्ट चार खेलाडी नक्कली कागजपत्रमा नेपालका ए डिभिजन क्लबबाट खेलेको भेटिएको हो ।
नक्कली पासपोर्टमा नेपालमा फुटबल खेल्ने नाइजेरियाका २४ वषर्ीय केन्डे टाइसन एडेलेये, २९ वषर्ीय इडबु कोलावले तोसिन र ४१ वषर्ीय भेनोन एनगोयनालाई विभागले नियन्त्रणमा लिएर कारबाही थालेको छ । आफूहरू ब्वाइज युनियन क्लबका खेलाडी भएको उनीहरूले बयान दिएका छन् । क्लबका महासचिव श्रवण श्रेष्ठले भने उनीहरू क्लबमा आबद्ध नभएको प्रतिक्रिया दिए ।
त्यस्तै घानाका नागरिक लिनडानी एमथोकोजिसीमाथि छानबिन जारी छ । उनी एडिभिजन क्लब संकटाका खेलाडी हुन् । उनी साउथ अपि|mकाको नागरिक भन्दै नक्कली विवरणसहितको पासपोर्टमा नेपाल भित्रिएका हुन् । भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेको उनको राहदानीमा उल्लेख छ । सरकारको स्वीकृतबिना नाइजेरिया, घानालगायत मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक छ । नेपाल प्रवेश गर्न साउथ अपि|mकाको नागरिक भएको नक्कली कागज पेस गरेकाले कारबाही तयारी भइरहेको विभागका अध्यागमन अधिकृत देवषिर् सापकोटाले बताए ।
उनी काँकडभिट्टाबाट २०१२ सेप्टेम्बर २५ मा टुरिस्ट भिसामा छिरेका थिए भने २०१३ जनवरी ३० मा कामदार भिसामा भित्रिएका थिए । भिसाको म्याद जुलाई ७ सम्म छ । म्याद थप गर्न विभाग पुगेका उनलाई नक्कली कागजात पेस गरेका आधारमा नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको हो । नियन्त्रणमा लिएका लिन्डानीलाई संकटा क्लबका श्याम मालीले जमानीमा बुझेर लगेका छन् । 'हवाई मार्गमा कडाइ हुने भएपछि सजिलो नाकाबाट प्रवेश गरेर नेपालका क्लबमा फुटबल खेलेका थिए,' सापकोटाले भने, 'नेपाल बस्ने समयावधि थपका लागि आएका बेला शंका लागेर छानबिन गर्दा फर्जी कागज पेस गरेको पाइयो ।'
उनीजस्तै जाली राहदानीमा खेलाडी एडेलेये, तोसिन र एनगोयना अदालतको आदेशअनुसार कैद सजाय भोगिरहेका छन् । जिल्ला अदालतले तीनै जनालाई १५ हजार धरौटी लिएर १ महिना १० दिन कैद तोकेको छ । सजाय भोगेपछि १ देखि ३ वर्षसम्म प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।
एडेलेयेले अनुसन्धान अधिकारीलाई आफूले प्रयोग गरेको राहदानी अरूकै भएको बयान दिएका छन् । 'दलालले रुपैयाँ लिएर दिएको हो, त्यसमा लेखिएको बायोपेजको विवरण पनि मेरो होइन,' उनले भनेका छन् । तोसिनले लेखिएको विवरण आफ्नो भए पनि राहदानी आफ्नो नभएको बयान दिएका छन् । उनीहरूले प्रयोग गरेको राहदानीको आधिकारिता केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट नक्कली भएको पुष्टि भएको छ ।
त्यस्तै एनगोयनालाई जेठ २३ मा भिसा म्याद थप्न विभाग पुगेका बेला नियन्त्रणमा लिइएको हो । साउथ अपि|mकाको ४०७५६०९५६ नम्बर राहदानी शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको थियो । बयान गराउँदा उनले नाइजेरियाका नागरिक भएको खुलासा गरेका थिए । जेठ ९ मा नेपाल आएको उनको बयानमा उल्लेख छ । प्रहरी विधि विज्ञान प्रयोगशालामा उनको राहदानी परीक्षण गर्दा जाली भएको पुष्टि भएको थियो ।
एन्फाका प्रमुख कार्यकारी अधिकृत एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर नेपालमा आउने खेलाडी 'प्लेयर ट्रान्सफर सिस्टम' बाट ल्याउने भएकाले नक्कली कागजपत्रबाट आउन नसक्ने दाबी गरे । 'यो व्यवस्थामा नेपाल आउने खेलाडी कुन देशको कुन क्लबमा आबद्ध छ भन्ने थाहा हुन्छ,' उनले भने, 'एउटा क्लबबाट अर्को क्लबमा ट्रान्सफर हुने भएकाले नक्कली कागजपत्र हुने सम्भावना कम हुन्छ ।' खेलाडीको कागजपत्र सक्कली वा नक्कली पत्ता लगाउने क्लबको क्षमता नभएकाले सरकारले नै छुट्याएर सहयोग गर्नुपर्ने उनले बताए । नक्कली कागजपत्रबाट आएको पुष्टि भए सरकारले दिने निर्देशन एन्फाले लागू गर्ने उनले बताए । एन्फाका अनुसार चैतसम्म ए डिभिजन क्लबमा ५२ जना विदेशी खेलाडी छन् ।

प्रकाशित मिति: २०७० श्रावण १
- See more at:https://www.facebook.com/nepalinewss
-Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment