Monday, July 15, 2013

» मुख्य समाचार » शिक्षामन्त्री र डिनको सार्वजनिक जुहारी बन्द गरौं मेडिकल कलेजकेा सम्बन्धन

काठमाडौ, श्रावण १ - शिक्षा मन्त्री माधव पौडेल र चिकित्साशासत्र अध्यन संस्थानका डिन प्रकाश सायमीवीच सोमबार एउटा कार्यक्रममा मेडिकल कलेज सम्बन्धनका विषयमा जुहारी पर्‍यो । मन्त्री पौडेलले प्रकृया सच्याएर भए पनि नया मेडिकल कलेजलाई सम्बन्धन दिनु पर्ने प्रस्ताव सोमबारको एउटा सार्वजानिक कार्यक्रममा राखेपछि डिन सायमीले त्यसप्रति विमती जनाए । आफूलेमात्रै विमती जनाएनन् त्रिविको ३१ औं वर्ष प्रवेशको कार्यक्रममा उपस्थित चिकित्सकलाई सोधे, 'देशका लागि थप नया मेडिकल जरुरी छ कि छैन ?'
सायमीको प्रश्नमा चिकित्सकहरुले आवश्कय नभएको जनाउ दिन हात उठाए । जुन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कुलपति चुनावी मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी, उपकुलपति हीराबहादुर महर्जन तथा त्रिविका उच्च पदाधिकारी उपस्थित थिए । कार्यक्रममा मन्त्री पौडेलले नया मेडिकल कलेजलाई सम्बन्धन दिने प्रस्ताव राखे । डिन सायमी लगायत चिकित्सकले त्यसलाई अवैज्ञानिक र हचुवा भन्दै विमती जनाए । नया मेडिकल कलेजलाइ सम्बन्धन दिन नहुने चिकित्सक तथा डिनको कुरा सुनेपछि शिक्षामन्त्री पौडेलले सम्बन्धन नदिनुभन्दा मापदण्ड पारदर्शी बनाउुन पर्ने प्रस्ताव राखेका थिए । 'चिकित्सा शास्त्र अध्ययन संस्थान नया मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने अवस्थामा छैन', डिन सायमीले भने, 'आफनो संस्थानलाई खराव बनाएर हामी सम्वन्धन दिन चाहन्नौं । कलेजमात्रै बढाउने हाम्रो लक्ष्य होइन ।'
त्रिविको संस्थानसित सात मेडिकल कलेजले सम्बन्धन लिएका छन् । सम्बन्धनमा चलखेल गर्न पाइने भएकाले संस्थानको डिन नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने गरेको छ । मेडिकल कलेज सञ्चालकहरुले आफूले चाहेको डिन नियुक्तिमा लाखौं रुपैया खर्चिने गरेको जानकारहरु बताउछन् । डिन सायमीका अनुसार वैठकमा नया कलेजलाई संस्थानले सम्बन्धन नदिने निर्णय भएको थियो । 'माइन्युट त दिने भनेर आएछ', प्रा.डा.सायमीले अव यस्तो बैठकमा आफू सरिक नहुने जनाउदै भने-'वैठकमा एउटा कुरा हुन्छ मायन्युटमा अर्को कुरा लेखिन्छ । यसरी हुदैन ।'
आफ्नो सम्बन्धनका सात कलेजलाई राम्ररी अनुगमन गर्न नसकेको उनले जनाए । 'मेडिकल कलेजमा जाच लिन जाने चिकित्सकलाई ज्यानको धम्की आउछ', उनले भने, 'संस्थानका खाली दरबन्दी पूर्ति गर्नेमा हामीले चासो दिएका छैनौं । नीति बनाउनेहरु कि त्रिविको कर्मचारीतन्त्र सुधार्नुस्, कि सुधार्ने जिम्मा हामीलाई दिनोस् ।' कार्यक्रममा फ्याकल्टी डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.रामेश्वर पोखरेलले संस्थालाई त्रिविबाट अलग गरी स्वायत्त संस्थाका रुपमा विकास गर्नु पर्ने बताए । नैैतिक रुपमा काम गर्ने वातावरण खलबल्याउन त्रिविकै व्यवस्थापन लागेको भन्दै टियु टिचर्स एसोसिएसन, महाराजगंज मेडिकल क्याम्पसका अध्यक्ष प्रा.डा.दिनेश विनोद पोखरेलले भने-'ठाढो राजनीतिक हस्तक्षेपले संस्थानलाई जुन रुपले चल्नु परेको हो चल्न सकेको छैन, यसलाइ राजनीतिक हस्तक्षेपवाट मुक्त राख्नुस ।'
त्यसपछि त्रिवि पदाधिकारीहरुले सम्बन्धनका बारेमा थप बताएनन् । मन्त्री पौडेल पनि कार्यक्रम सकेर फर्के ।
प्रकाशित मिति: २०७० श्रावण १
- See more at: https://www.facebook.com/nepalinewss
-Popular VIDEO http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment