Tuesday, August 27, 2013

उजुरी दिने महिला घर निकाला

See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


हेटौंडा, भाद्र १२ - घरेलु हिंसापीडित एक महिलाले अदालतमा उजुरी दिएपछि पतिबाट थप पीडित बनेकी छन् । पतिबाट यातना भोग्दै आएकी भीमफेदी ६ की महिला अहिले घरबाट निकालिएकी छन् । यौनसम्पर्क गर्न नपाएको झोकमा पतिले कुटपिट गर्ने र खान पनि नदिएको भन्दै साउन २४ गते जिल्ला अदालतमा ४९ वर्षीया चम्पामाया सुनारले उजुर गरेकी थिइन् ।

जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्ने पनि उनी पहिलो हुन् । यसअघि अदालतमा घरेलु हिंसामा मुद्दा परेको थिएन । तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले पत्नीलाई कुटपिट गर्ने र खान नदिने ५५ वर्षीय रामचन्द्र सुनारलाई बाटो म्याद बाहेक २४ घन्टामा अदालतमा उपस्थित हुन गत महिनाको २७ गते अन्तरिम आदेश जारी गरेका थिए । आदेशमा पत्नी चम्पामायालाई घरमा बस्न खान दिनु, कुटपिट नगर्नु र सभ्य र शिष्ट व्यवहारसमेत गर्न आदेश गरेका थिए । अदालतको उक्त अन्तरिम आदेश तामिलदारले गत महिनाको ३० गते रामचन्द्रलाई घरमा गएर बुझाएका थिए । पत्र पाएको दिन रामचन्द्रले पत्नीलाई निर्मम कुटपिट गरेर घरबाट निकालिदिए । अहिले उनी माइतीको शरणमा छिन् । 'अदालतमा हाजिर हुनु भन्ने पत्र पाएपछि रामचन्द्रले पत्नी चम्पामायालाई निर्मम ढंगले कुटे,' छिमेकी श्याम नगरकोटीले भने, 'अदालतमा पतिविरुद्ध मुद्दा हालेपछि झन् उनले दुःख पाइन् ।' रामचन्द्र अदालतमा हाजिर भएका छैनन् । उनलाई समातेर ल्याउने कानुनी व्यवस्था छैन ।

'अदालतले उनलाई पक्राउ गरेर ल्याउने कानुनी व्यवस्था छैन,' अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली भने, 'घरेलु हिंसाको मुद्दा अदालतमा सीधा आउनुभन्दा प्रहरीबाट आउँदा पीडितलाई सहज हुने रहेछ ।' अदालतमा २४ घन्टाभित्र हजिर हुन पत्र बुझाउन गएका तामेलदारलाई रामचन्द्रले प्रहरीले समातेर लगे जान्छु, नत्र जान्न भनेर धम्कीसमेत दिएका थिए । ७ वटा बच्चाकी सुनारले विगत ९ वर्षदेखि यौनजन्य हिंसा भोग्दै आएकी छन् । बिरामी भएर वा थकित भएर सुत्दा पनि यौन सम्पर्क गर्न नदिएको भनेर पतिले उनलाई लामो समयदेखि पिट्दै आएका थिए ।

No comments:

Post a Comment