Saturday, August 31, 2013

सुनले लियो पुरानै लय

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

न्युयोर्क , भाद्र १६ - सुनका सुनौला दिन फर्किएका छन् । यो साता सुनको मूल्यले प्रतिऔंस १४ सय २० डलर छोयो जसले पहेंलो धातुको मूल्य साढे तीन महिनाकै उच्च स्थानमा पुर्‍याएको छ । यसको मुख्य कारण मध्यपूर्वमा देखिएको तनाव, अस्थिर मुद्रा बजारसँगै चीन र भारतमा गरगहनाका लागि बढेको माग नै हो ।
तीन वर्षयताकै न्यून (प्रतिऔंस १ हजार २ सय १२ डलर) बाट मूल्यबाट पछिल्लो समय १४ प्रतिशतले बढ्यो । २०१३ को पहिलो तीन महिनामा सुनको मूल्य ४ दशमलव ८ प्रतिशतले घटेको थियो । यसको कारण सुधार हुँदै गएको अर्थतन्त्र र न्यून मूल्यवृद्धि थिए ।
धेरै वर्षपहिले हेज फन्डलगायतका ठूला लगानीकर्ताले सुनलाई घट्दो डलर र बढ्दो मूल्यबाट जोगिने माध्यमका रूपमा लगानी गरेका थिए । उनीहरूले सरकारबाट आउने राहत योजनाले थप मूल्यवृद्धि हुन सघाउने विश्लेषण गरेका थिए । तर मूल्यवृद्धि आक्रामक नभएपछि सुनको माग घटेको थियो ।
पछिल्लो समय डलरको मूल्यमा सुधार आउँदै गएपछि फेरी सुन बजारमा प्रभाव घटेको हो । तर साइप्रसले सुन विक्री गर्ने हल्ला आएपछि अप्रिलमा फेरी सुनको मूल्यमा गिरावट आयो । त्यहि बाटोलाई स्पेन, इटाली र अर्थतन्त्रमा मन्दी देखिएका अन्य युरोपियन मुलुकले पच्छ्याउने डर देखिएपछि प्रभाव सुनमा परेको थियो । यी मुलुकले सुन विक्री गर्दा माग भन्दा आपूर्ती बढी हुने र त्यसले मूल्य घट्न सघाउ पुर्‍याउने अनुमान गरिएको थियो ।
यहि प्रसंगमा अपि्रल १५ मा सुनले ३० वर्षकै सबैभन्दा बढी मूल्य गुमायो । उक्त दिन प्रति औंस सुनको मूल्य १ सय ४० डलरले कम भएको थियो । पछिल्लो समय पनि सुनको मूल्य अनुमान गरेजस्तो माथि आउन सकेको छैन । तर अनुमान गरिएजस्तो ठुलो मात्रामा सुनको विक्री भएन । जसले बजारमा थप मूल्य घट्ने क्रम केहि थामियो ।
यस विपरित केहि संभावना भने देखिएका छन् । सर्वसाधारणले सुन खरिद गर्नुको प्रमुख कारण सुरक्षा हो । सेयर बजार, मुद्रा, बैंकको व्याजदर कम हुदा धेरैको लगानी सुन तर्फ आकषिर्त हुन्छ । नगदको विकल्पमा जहिले पनि सुन आकर्षक लगानी हुनेगर्छ । पछिल्लो एक साता देखि अमेरिकाको सेयर बजारमा देखिएको गिरावटले पनि सुन खरिद बढ्ने संकेत गर्छ ।
सुनको ठुलो खपतकर्ता भारतमा चाढबाड नजिक आउन थालेको छ । यसको अर्थ सुनको खपत बढ्नु हो । भारतले सुन खपत कम गर्न करमा वृद्धि गरेपनि त्यसको असर भने न्यून पर्ने देखिएको छ । अर्कोतर्फ भारतकै मुद्रा अमेरिकी डलरसँग कमजोर बन्दै गएको समयमा सुनको माग अझ बढ्न सक्ने देखिन्छ । भारतसूगै अधिकासं एसियाली मुलुकका मुद्राको अवस्था अमेरिकी डलरसूग खस्किदै गएका छ । जसले अन्य मुलुकमा पनि सुनको लगानी बढ्ने सक्ने देखिन्छ ।
प्रकाशित मिति: २०७० भाद्र १६

No comments:

Post a Comment