-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, भाद्र १९ - एन्फा एकेडेमीको १६ वर्षमुनिको टिमका फरवार्ड विमल घर्तीमगरले अभ्यासमा राम्रो गरेकाले साफ च्याम्पियनसिपको नेपाली टोलीमा अवसर पाएका थिए । आफूभन्दा सिनियर फरवार्डहरू हुँदाहुँदै उनले मैदानमा उत्रने अवसर पाउने आसै गरेका थिएनन् । मंगलबार पाकिस्तानले १३ मिनेटमै गोल गरेपछि नेपाल १-० ले पछाडि पर्यो । त्यसपछि नेपालका प्रशिक्षक र अफिसियलले उनलाई खेलाउने आश्वासन दिएर 'वार्म अप' गर्न लगाए । प्रशिक्षक ज्याक स्टेफनोस्कीले विमललाई टंक बस्नेतको स्थानमा ६७ औं मिनेटमा पठाए । त्यसबेलासम्म पाकिस्तानविरुद्ध नेपाल हावी भए पनि चाहिएको गोल गर्न सकेको थिएन । त्यही गोलका निम्ति नवलपरासीका यी १५ वर्षे ठिटोलाई खेलाउने निर्णय स्टेफनोस्कीले गरेका थिए । अन्ततः विमलले खेल सकिन ३ मिनेट बाँकी -४ मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा) छँदा अमूल्य गोल गरेर नेपालको हार टारिदिए । खेल १-१ मा टुंगियो । नेपाली राष्ट्रिय टिमका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएका विमलले भने, 'सबैले गोलको आस गरेका थिए । पहिलोपल्ट यत्रो -१८ हजार) दर्शकबीच खेल्दै थिएँ । यस्तोमा दबाब अनुभव गरें । तर, म डराएको थिइनँ । गोल गर्छुजस्तो लागेको थियो । नभन्दै अन्त्यतिर पाएको मौका चुक्न दिइनँ ।' पाकिस्तानी प्रशिक्षक सहजाद अनवरले भने, 'युवा खेलाडी -विमल) ले खेल परिवर्तन गरे ।' विमलले साफको अभ्यासमा कुवेतको अल अरबीविरुद्ध नेपालले हात पारेको ८-२ को जितमा ह्याटि्रक गरेका थिए । उनले एक महिनाअघि काठमाडौंमै भएको दोस्रो साफ यू-१६ मा एक ह्याटि्रकसहित सर्वाधिक ६ गोल गरेका थिए । 'उन मेहनती, सिरियस र क्षमता भएका खेलाडी हुन् । गोलको मौकामा हतपत चुक्दैनन्,' नेपाल यू-१६ का प्रशिक्षक बालगोपाल महर्जनले भने । पाकिस्तानविरुद्ध १-१ को नतिजापछि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । प्रकाशित मिति: २०७० भाद्र १९ -
>हिजोको चमत्कारी खेल हेर्नुहोस् :http://www.youtube.com/watch?v=p1mjqIHxv9Y

No comments:
Post a Comment