काठमाडौं,
श्रावण ७ -
एमालेले पहिलो चरणको चुनावी अभियानबाट प्रत्यक्षतर्फ झण्डै एक सयभन्दा बढी
सिटमा हासिल गर्न सकिने निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको जारी
बैठकमा निर्वाचन क्षेत्रबाट आएका तथ्यांक बिष्लेषण गर्दै प्रारम्भिक
आंकडाअनुसार एक सय बढी प्रत्यक्ष सिट सहित संविधान सभामा पहिलो हुने आंकलन
गरेको हो । यसअघिको संविधान सभा चुनावमा एमालेले प्रत्यक्षतर्फ ३३ सिट
ल्याएको थियो ।
प्रत्येक क्षेत्रका रिपोर्टलाई एकीकृत गरि एमालेले बिष्लेष्ण गरेको थियो ।
'समीक्षा प्रतिवेदनमा पार्टीका अवस्था राम्रो देखिएको छ,' बैठकपछि प्रचार
विभाग प्रमुख प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, 'एक सय सिटका हाराहामा
एमाले निकै अगाडि देखिएको छ ।' एमाले आफूपछि निकट प्रतिस्पर्धीको रुपमा
काग्रेसलाई औँल्याएको छ । काग्रेससँग नै प्रतिस्पार्धा हुने एमालेको
मुल्यांकन छ । एमाओवादीको अवस्था धेरै ठाउँमा निकै पछि देखिएको एमालेको
बिष्लेषण छ ।
पूर्वमा अशोक राई लगायतका जनजाति नेताहरुले पार्टी छोडेको केही असर परेको छ
। तर चुनावी परिणामलाई नै प्रभावित पार्ने अवस्था नरहेको एमालेको बिष्लेषण
छ । 'चुनावी परिणामलाई नै प्रभाव पर्ने गरि असर परेको छैन, पार्टी
नछोडेको भए एमालेको स्थिति अझै धेरै मजबुत हुने थियो,' नेता ज्ञवालीले भने ।
एमालेले जेठ र असार महिनामा २ सय ४० वटै निर्वाचन क्षेत्रका केन्द्रीय
प्रतिनिधि खटाएर चुनावी अभियान सञ्चालन गरेको थियो । अभियानमा स्थानीय
समस्या, कारण, संगठनको अवस्था, जनमत बुझ्न लगाइएको थियो ।
केन्द्रीय समिति बैठकमा नेताहरुले प्राम्भक आंकलनअनुसार पार्टीका स्थान
सुक्षत गर्नका लागि पार्टीका शीर्ष नेताहरुलाई एक टिक्का भएर लाग्न सुझाव
दिएका छन् । समीक्षा प्रतिवेदनमाथि बोल्दै नेताहरुले शीर्ष नेताहरुको बोली
एकैखालको हुने हो र बाँकी अवधि चुनावमा मात्र केन्द्रित हुने हो भने
परिणाम राम्रो आउने धारणा राखेका छन् । उनीहरुले त्यसका लागि चुनावी रणनीति
राम्रो बनाउन, आममानिसलाई आकर्षित गर्ने खालको नारा तय गर्न, चुनावी घोषणा
पत्रलाई सबै बुझ्ने र स्पष्ट बनाउन सुझाव दिएका छन् ।
चुनावमा नया अनुहारहरुलाई उठाएमा उत्साह थपिने भन्दै नेताहरुले
उम्मेद्वार चयन मापदण्डमा ख्याल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
संघीयता लगायतका बिषयहरुमा स्पष्ट धारणा सर्वसाधारणसम्म लैजान पनि उनीहरुले
सुझाव दिएका छन् ।
प्रकाशित मिति: २०७० श्रावण ७
- See more at: https://www.facebook.com/nepalinewss

No comments:
Post a Comment