Wednesday, August 14, 2013
'तोकिएकै दिन चुनाव गर्नुपर्छ'
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौ, श्रावण ३१ - राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग मंसिर ४ मा संविधानसभा निर्वाचनको तयारीबारे जानकारी लिएका छन् ।
राष्ट्रपतिले बुधबार साँझ शीतलनिवासमै डाकेर उनीहरूसँग चुनावी तयारी, असहमत पक्षसँगको वार्ताको अवस्थालगायत विषयमा जानकारी लिनुका साथै तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएको स्रोतले बतायो । राष्ट्रपतिले रेग्मीसँग असहमत पक्षसँगको वार्ताबारे चासो राखेका थिए । रेग्मीले वार्तामार्फत सहमति प्रयास भइरहेको बताएका थिए । राष्ट्रपतिले सरकार र आयोगबीच राम्रो समन्वय छ कि छैन भनी सोद्धा रेग्मीले भनेका थिए, 'हामी दुवै एउटै डुंगामा सवार छौं, राम्रो समन्वय छ ।' राष्ट्रपतिले निर्वाचनका प्राविधिक तयारीबारे उप्रेतीसँग जानकारी लिएका थिए । 'साधनस्रोत, प्रशासनिक सबै हिसाबले आयोग पूर्णतः तयार रहेको र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सक्षम रहेको जानकारी गराए,' प्रमुख आयुक्त उप्रेतीले भने । नेकपा-माओवादी निर्वाचनमा आउने भए मिति सार्न सकिने कुरा उठेपछि राष्ट्रपतिले समयमै निर्वाचन गराउन ध्यानाकर्षण गराएको स्रोतले बतायो । राष्ट्रपतिले बुधबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी तोकिएकै समयमा निर्वाचन गर्न उच्चस्तरीय राजनीतिक समितिको अध्यक्षको हैसियतमा अझ बढी भूमिका खेल्न आग्रह गरेका थिए ।
प्रकाशित मिति: २०७० श्रावण ३१
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment