See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/ watch?v=xmpNPgUvoxY
-भिडियो हेर्नुस्:http://www.youtube.com/
काठमाडौ, श्रावण ३० - गतवर्षको बक्सअफिस हिट फिल्म 'स्टुडेन्ट अफ द इयर' ले सबैभन्दा बढी फाइदा कसैलाई पुर्यायो भने यसकी टिन एजर्स हिरोइन आलिया भट्टलाई पुर्यायो । भर्खर २० को उमेरमा हुर्कंदै गरेकी आलियालाई उनका निर्देशक/निर्माता बाबु महेश भट्टले नभई निर्देशक करण जोहरले फिल्ममा डेब्युसँग सफलता चखाएर चर्चा दिलाए । यतिबेला उनी दुई फिल्मको सुटिङमा छिन् भने दुई फिल्ममा अनुबन्ध भइसकेकी छन् ।
तर उनी यतिबेला फिल्मका कारण भन्दा नायक अर्जुन कपुरसँग नाम जोडिएर चर्चामा आएकी छन् । अर्जुनले आलियासँग भर्खरै मात्र 'टु स्टेट्स' मा काम गरेका हुन् । त्यसो त अनस्त्रिmन जोडीलाई पनि यतिबेला अफस्त्रिmन बनाउन मिडिया उद्यत हुने गर्छ । त्यसमा कतिको अनुमान सही पनि हुन्छ भने कतिले स्वयं कलाकारलाई तनाव दिने गर्छन् । यस्तै भएको छ, आलियालाई पनि । अर्जुनसँग डेटिङ गएको हल्ला यति बाक्लियो कि उनले गएकै छैन भनेर मुख खोल्नुपर्यो ।
त्यसो त हावा नचली पात हल्लँदैन । यस्तै पात हल्लाउने काम आलिया र अर्जुनले पनि गरे, 'डी-डे' फिल्मको सफलताको पार्टीमा एकसाथ पुगेर । तर आलियाले भने अर्जुन असल साथी भएकैले सँगै गएको दाबी गर्दै भनिन्, 'म अर्जुनसँग डेटमा छैन । हामीले एकअर्काको साथ मात्रै निभाएका हौं । म यस्ता हल्लाकै पछि लागेर ऊसँगको मेरो साथीत्व भने गुमाउन चाहन्नँ ।' त्यसो त उनलाई अर्जुनसँग मात्रै होइन अरू कोही केटासँग डेटमा जान मुस्किलले समय बच्छ रे । 'हाइवे' फिल्मले व्यस्त आलिया 'जगा जासुस' मा छिट्टै रणवीर कपुर र पि्रयंका चोपडाको साथ स्त्रिmन सेयर गर्दै छिन् ।
डेटिङमा भन्दा काममा आफूलाई ध्यानमा राखेकी आलियाले फरक भूमिकामा काम गर्न चाहेको पनि बताइन् । 'म धेरै भन्दा धेरै फिल्म गर्न चाहन्छु तर ती सबै एकअर्काभन्दा फरक देखिनैपर्छ । त्यस्तो होस् जसले मलाई चुनौती देओस् ।' त्यसो त उनी आफ्ना गडफादर करण जोहरकै अर्को प्रोजेक्ट 'हम्प्टी शर्माकी दुल्हनियाँ' मा 'स्टुडेन्ट अफ द इयर' को-स्टार वरुण धवनका साथमा पुनः देखिँदै छिन् ।
प्रकाशित मिति: २०७० श्रावण ३०

No comments:
Post a Comment