Wednesday, August 14, 2013

यसरी पक्रियो प्रहरीले हात्तीको दाह्राको कलश > हात्तीको दाह्रा सक्कली हो/होइन, जाँच गर्न मान्छे बोलाइयो -

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY


काठमाडौं, श्रावण ३१ - चीनको तिब्बतबाट लुकाएर राजधानी भित्र्याएको हात्तीको दाह्राद्वारा निर्मित बहुमूल्य कलश प्रहरीले बरामद गरेको छ । ३ महिनाअघि भित्रिएको जोडी कलशसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक तिब्बतीयन महिलासहित ७ जनालाई पक्राउ गरेको छ । मंगलबार राति पक्राउ गर्नेबित्तिकै महाशाखाले बरामद भएको हात्तीको दाह्रा सक्कली हो/होइन, जाँच गर्न जिल्ला वन कार्यालयका मान्छेलाई बोलाएको थियो ।
महाशाखाका एसएसपी विजयलाल कायस्थले ५ फिट ३ इन्ट लामो बुट्टेदार कलश ५ करोड मूल्यमा बिक्रीका लागि ल्याइएको बताए । उनले हात्तीको दाह्राबाट बनेको बहुमूल्य कलश बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरी आफैं ग्राहक बनेर उक्त सामान लिन गएको बताए । महाशाखाबाट प्रहरी निरीक्षक मञ्जिल मुकारुङको कमान्डमा खटिएको टोलीले उक्त कलश काठमाडौं मातातीर्थबाट बरामद गरेको हो । पक्राउ पर्नेमा तिब्बतीयन नागरिक ४५ वर्षीया रिन्चिन लामा, नुवाकोट खड्ग भन्ज्याङका ३७ वर्षीय रामशरण खतिवडा, काठमाडौं मातातीर्थका ३२ वर्षीय रामकुमार श्रेष्ठ, नैकापका सुरेन्द्रलाल श्रेष्ठ, अर्घाखाँचीका पशुपति बेलबासे, काठमाडौंका नारायण खड्गी र भक्तपुरका ज्योति जंगम छन् ।
यिनीहरूमध्ये तिब्बतीयन नागरिक रिन्चिनले तिब्बतमा बस्ने आफ्नो पतिसँग मिलेर उक्त कलश नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनले ल्याएको कलशलाई रामशरण खतिवडाले खरिद गरेर राखेका थिए । रामकुमार श्रेष्ठले उक्त दाह्रा आफ्नो घर मातातीर्थमा लगेर राखेको र ग्राहक खोज्न मदत गरेको जनाएको छ । महाशाखाका एसएसपी कायस्थले यस्तो बहुमूल्य सामान खरिद गर्ने मान्छे सामान्य नहुने बताए । उनका अनुसार यस्तो सामान खरिद रवाफ देखाउने र सौख राख्नेले मात्र खरिद गर्ने जानकारी दिए ।

बरामद भएको हात्तीको दाह्राबाट बनेको कलश देखाउँदै प्रहरी । तस्बिर : प्रतिमा बाँस्कोटा/ईकान्तिपुर
प्रकाशित मिति: २०७० श्रावण ३१

No comments:

Post a Comment