-निर्वाचन सार्न हुँदैन, मंसिरमै हुन्छ, बरु हिमाली क्षेत्रमा मंसिर ४ र अन्य क्षेत्रमा १०/१२ दिनपछिसम्म गर्न सकिन्छ : एमाओवादी -मंसिरमा निर्वाचन नभए मुलुकमा अर्को दुर्घटना : कांग्रेस -निर्वाचन तालिका संशोधन गर्न सकिन्छ, मिति सकिँदैन : एमाले
See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौ, भाद्र ३० - उच्चस्तरीय राजनीतिक समितिले मंसिर ४ मै चुनाव गर्ने दृढता जनाउँदै नेकपा-माओवादीको चारबुँदे मागमध्ये निर्वाचनलाई चैतमा सार्ने र सरकार परिवर्तन गर्ने प्रस्तावलाई अस्वीकार गर्ने निर्णय गरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार हुने निर्णायक बैठकमा प्रस्तुत हुने तयारीका लागि शनिबार बसेको समितिको बैठकले चुनाव नसार्ने निर्णय लिएको हो ।
'निर्वाचन पूर्वघोषित मंसिर ४ मा गर्नेमा समिति दृढ छ र निर्धारित मितिमा निर्वाचन गर्न सरकारको निरन्तरता आवश्यक छ,' समितिको बैठक सुनाउँदै कांग्रेस नेता मिनेन्द्र रिजालले भने, 'त्यसबाहेकका मुद्दामा लचक भएर जान सकिन्छ ।'
असन्तुष्ट नेकपा-माओवादीलगायत दललाई चुनावमा आउन आह्वान गर्दै दल दर्ता र मनोनयन दर्तालगायत निर्वाचन कार्यतालिकामा भने लचकता अपनाउन सकिने निष्कर्ष समितिको रहेको एमाले नेता रघुजी पन्तले बताए ।
राष्ट्रपतिले शीतलनिवासमा शुक्रबार राखेको सर्वदलीय बैठकमा नेकपा-माओवादीले चुनावमा सहभागी हुन तयार रहेको भन्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा, उनकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार, राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेको थियो । तर बैठकमा मंसिर ४ मा चुनाव हुन नसके थप अस्थिरता आउने ठहर गर्दै निर्वाचन मिति सार्न नहुनेमा समितिमा आबद्ध पाँचै दलका नेता एकमत भएर प्रस्तुत भएका थिए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा-माओवादीले चुनावमा आउने आन्तरिक निर्णय गरिसकेको बताउँदै 'फेस सेभिङ' का लागि रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा दिन लगाउने दिशामा जानुपर्ने बताएका थिए । तर, अन्य दलका नेताहरूले त्यसले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने भन्दै मान्न नसकिने बताएका थिए ।
श्रेष्ठले नेकपा-माओवादीलाई निर्वाचन प्रक्रियामा नल्याउन बाह्य शक्ति र नेपालका दलालहरू लागेको प्रतिक्रिया दिए । 'माओवादीले चुनावमा आउने निर्णय लिइसकेको छ,' श्रेष्ठले भने, 'तर आउन नदिएर मुलुकमा अस्थिरता ल्याउन चाहने बाह्य शक्ति र तिनका नेपाली दलालहरू प्रयत्नरत छन् । त्यस्ता प्रवृत्तिको अन्त्य हामीले गरेर अघि बढ्नुपर्छ ।' नेकपा-माओवादी निर्वाचन प्रक्रियामा आउन राजी भएमा आठ/दस दिन मिति सार्नका लागि भने लचकता अपनाउन सकिने निष्कर्षमा दलहरू पुगेका छन् । तर हिमाली जिल्लामा हिउँ पर्ने भएकाले त्यस क्षेत्रमा भने मंसिर ४ मै निर्वाचन गर्नुपर्ने नेताहरूको मत छ ।
समितिको बैठकअघि माओवादी प्रस्तावबारे सबैजसो राजनीतिक दलभित्र शनिबार आन्तरिक बैठक र छलफल भएका थिए । मंसिर ४ को निर्वाचन सारेमा चैतमा पनि अनिश्चित हुने भन्दै आन्तरिक छलफलमा समेत मिति नसार्न निर्णय लिइएको थियो ।
निर्वाचन सर्ने हल्लाबाट आम जनमानसमा अन्योल खडा भइरहेका बेला प्रमुख दलका नेताहरूले 'कुनै हालतमा नसर्ने' भन्दै ढुक्क भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनीहरूले आइतबार राष्ट्रपति कार्यालयमा हुने सर्वदलीय बैठकमा पनि निर्वाचन सर्ने विषयमा सहमति नहुने बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन निर्धारित मितिमै हुने बताए । 'निर्वाचन मंसिरमै हुनुपर्छ, कुनै पनि हालतमा सार्न हुँदैन,' रौतहटमा रहेका दाहालले कान्तिपुरसँग टेलिफोनमा भने, 'हिमाली क्षेत्रमा मंसिर ४ र अन्य क्षेत्रमा १०/१२ दिन पछि पनि गर्न सकिन्छ ।'
आफ्ना माग पूरा नभए निर्वाचनमा सहभागी नहुने भनी नेकपा-माओवादीले बताइरहे पनि दाहालले भने मंसिरकै निर्वाचनमा वैद्य माओवादी सहभागी हुने दाबी गरे । 'वैद्यजीको पार्टी पनि निर्वाचनमा आउँछ,' उनले भने ।
एमाले सचिव शंकर पोखे्रेल र एमाओवादी नेता वर्षमान पुनले माओवादी चुनावमा आउने नै भए निर्वाचन कार्यतालिका संशोधन गर्न सकिने बताए । 'मंसिर ४ को मिति सार्दा चुनाव अन्योलमा पर्छ, मंसिरमा नभए फेरि हुँदैन भन्ने शंका छ,' पोख्रेलले भने, 'बरु निर्वाचन कार्यतालिका तलमाथि गरेर मिलाउन सकिन्छ ।' पोख्रेलले आइतबार राष्ट्रपति कार्यालयमा हुने सर्वदलीय बैठकमा पनि निर्वाचन सार्नेबारे सहमति हुने सम्भावना नरहेको बताए ।
एमाओवादी, कांग्रेस र एमालेसँग धेरै चरण छलफल भएपछि माओवादीले सर्तसहित चुनावमा सहभागी हुने संंकेत दिएको थियो । उसको प्रस्तावबारे कांग्रेस पदाधिकारी बैठक सभापति सुशील कोइराला निवासमा बसेको थियो । बैठकले चुनाव सार्ने र सरकार फेर्नेबाहेकमा छलफल गरेर अघि बढ्न सकिने निष्कर्ष लिएको थियो । प्रवक्ता दिलेन्द्र बडु र केन्द्रीय सदस्य नरहरि आचार्यले त माओवादी निर्वाचनमा आउने सुनिश्चित भएमा पूर्ण समानुपातिकमा गए पनि हुने बताएका थिए । तर, शीर्षस्थ नेताहरूले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।
प्रकाशित मिति: २०७० भाद्र ३०

No comments:
Post a Comment