See more at:
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौ, भाद्र ३० - चुनाव नसार्ने र सरकार परिवर्तन नगर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाई नेकपा-माओवादीले 'पश्चगामी' संज्ञा दिँदै 'अझै पनि राष्ट्रपतिबाट आशा/भरोसा राखेको' बताएको छ ।
राष्ट्रपतिले सर्वदलीय बैठकबाट समाधान निकाल्न प्रयास गरिरहेका बेला 'हठात ठूला दलहरूले विदेशीको प्रभावमा निर्णय परिवर्तन गरेको' माओवादीको दाबी छ । 'तैपनि हामीले राष्ट्रपतिबाट आशा/भरोसा गरेका छौं', चार दलको निर्णयप्रति आपत्ति जनाउँदै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले शनिबार राति कान्तिपुरसँग भने, 'चार दलको समिति विदेशीको प्रभावमा छ भनेर हामीले पहिलेदेखि नै भनेका हौं । आजको -चार दलको) निर्णयमा पनि उनीहरूकै हात छ ।'
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमति गरी निकास निकाल्न पहल गरेका बेला चार दलले त्यसविपरीत 'राष्ट्रघाती र पश्चगामी' निर्णय गरेको आरोप वैद्यले लगाए । 'नयाँ राष्ट्रिय सहमति गरी माओवादीसहितका मोर्चालाई समेटेर चुनावमा लाने प्रयास भइरहेको थियो,' राष्ट्रपतिबाट भएका प्रयास बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले भने, 'तर, चार दल विदेशीको दलाल भए । पश्चगामी निर्णय गर्नपट्टी लागे । हामी त्यसको सशक्त विरोध गर्छौं ।'
आफूहरू हदैसम्म लचिलो बनी सहमतिमा नयाँ मिति घोषणा गरेर चुनावमा जाऔं भनेको उनले दोहोर्याए । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पद त्याग्नुपर्ने र उनकै नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने भन्ने आफूहरूको प्रस्तावलाई 'लचिलो' को संज्ञा दिँदै वैद्यले भने, 'त्यसलाई पनि सुनुवाइ नगरी एकतर्फी ढंगले चुनावतिर लाग्ने हो भने हामी बिथोल्नतिर लाग्छौं ।' चुनाव बहिष्कार र बिथोल्ने कार्यक्रमलाई माओवादीसहित ३३ दलले सशक्त बनाउने उनले बताए । आफूहरूले चुनावको मितिभन्दा पनि वर्तमान अवैधानिक सरकार खारेज हुनुपर्ने प्रस्तावलाई मुख्य रूपमा उठाएको जानकारी वैद्यले दिए । 'हामी अझै चुनावप्रति सकारात्मक छौं,' राष्ट्रपतिको पहलमा भइरहेको गोलमेच प्रक्रियाप्रति सबै जुट्नुपर्ने उल्लेख गर्दै उनले भने, 'मुलुकमा द्वन्द्व रोक्ने हो भने सहमतिमा आऊ, गोलमेचमा बसौं भन्ने हो । त्यसका लागि राष्ट्रपतिबाट थप पहल आवश्यक छ ।'
उनले आफ्ना माग बेवास्ता भए चुनाव सशक्त बहिष्कार गर्ने, त्यसले द्वन्द्व निम्ताउने र त्यसको दुष्परिणामको जिम्मेवार चार दल हुनुपर्ने वैद्यले बताए ।
प्रकाशित मिति: २०७० भाद्र ३०

No comments:
Post a Comment