See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौ, भाद्र २८ - युरोपेली युनियन (ईयू) ले नेकपा-माओवादीले बिहीबार गरेको बन्दको विरोध गर्दै आगामी दिनमा यस्ता क्रियाकलाप रोक्न आह्वान गरेको छ ।
इयुका राजदूतहरूको तर्फबाट बेलायती दूतावासले विज्ञप्ति जारी गर्दै बन्दले संयुक्त विकासको प्रयत्न र नेपालको भावी लगानी कमजोर पार्नेतर्फ ध्यानाकर्षण गराएको हो । 'एकपटक फेरि बच्चाहरू स्कुल जान पाएनन् र दैनिक ज्यालादारी कामदार, पसले र अन्य व्यापारीले जीविकोपार्जन गर्न पाएनन्,' विज्ञप्तिमा छ, 'सम्भवतः सबै दलले कुनै न कुनै समयमा यो नीति अपनाएका छन् जसले जनतालाई मार परेको छ । जबकि उनीहरूले जनताको हित र अधिकार जोगाउनुपर्ने हो ।'
बन्दले राजनीति र राजनीतिज्ञको नाम होच्याएको औंल्याउँदै ईयूले आग्रह गरेको छ, 'यो राष्ट्रलाई नेतृत्व दिने अभिलाषा राख्दै सबै जनताको हितका निम्ति बन्द रोक्न आह्वान गर्छौं ।' अभिव्यक्तिको हक, शान्तिपूर्ण विरोध र कानुनी हडतालको ईयूले समर्थन गर्ने उल्लेख गर्दै विज्ञप्तिमा 'सरकार, कानुन र व्यवस्थ्ाा निकायहरूलाई कानुन तोड्नेका विरुद्ध प्रतिकार गर्न हाम्रो पूर्ण समर्थन हुनेछ,' भनिएको छ ।
प्रकाशित मिति: २०७० भाद्र २८

No comments:
Post a Comment