१५ बर्षे ठिटो फुटबलमा हिरो

पाकिस्तानविरुद्ध गरेको त्यही एक गोलले १५ वषर्ीय ठिटो विमल रातारात हिरो भए। अखिर उनी को हुन् ? कसरी यहाँसम्म आइपुगे ? धेरैका निम्ति चासोको विषय भएको छ। घरेलु फुटबलमा तहल्का मच्चाइसकेका फरवार्डहरू भरत खवास, अनिल गुरुङ, जुमनु राई, सन्तोष साहुखल आदि हुँदाहुँदै उनले साफ च्याम्पियनसिपको नेपाली राष्ट्रिय टिममा स्थान बनाए। आफूलाई मनपर्ने फरवार्ड भरतसँगै उनले पाकिस्तानविरुद्ध खेल्ने अवसर पाए। सिनियर खेलाडीहरूको भीडमा उनले आफू मैदानमा ओर्लन पाउने आशै गरेका थिएनन्। गोल खाएपछि मैदान छिराउने आश्वासन पाएका विमलले अन्ततः नेपालका निम्ति अमूल्य गोल नै गरे। त्यो गोलको खुसी उनले जर्सी खोलेर हावामा उडाउँदै मैदानमै चिप्लेटी खेलेर गज्जबले मनाए।
एन्फा एकेडेमीमा रहेर चार वर्षयता गरेको मेहनतले विमललाई अहिलेको हैसियत दिलाएको हो। नवलपरासी, भुताहाका विमल पहिले काठमाडौंमा सम्पन्न एन्फा एकेडेमी छनोटमा असफल भएका थिए। दोस्रो पटकको प्रयासमा छनोट भएर फुटबल खेलाडी बन्ने सपना पूरा गर्ने प्रयासमा उनी निक्कै परिश्रम गर्न थाले। काठमाडौंमा भएको छनौटको एक महिनापछि नै बुटवलको छनोटमा सहभागी हुन पुगे। 'राम्रो मेहनत गरेकाले छानिने आशाचाहिँ थियो तर, भरोसा थिएन। गुरुहरूले मेरो खेल मन पराए। त्यसपछि एकेडेमीका निम्ति छानिए, साह्रै खुसी लाग्यो,' उनले भने।
उनले दुई वर्ष बुटवलस्थित एन्फा एकेडेमीमा रहेर फुटबलसम्बन्धी कला सिके, आफूलाई निखारे। विमल दुई वर्षदेखि ललितपुरस्थित एन्फाको केन्द्रीय एकेडेमीमा छन्। बिहान र साँझ गरी दैनिक ४ घन्टा प्रशिक्षण गर्दै आएका विमल सुरुमा फरवार्ड पनि थिएनन्, लेफ्ट विङ्समा खेल्थे। गत वर्ष काठमाडौंमा आयोजित एएफसी यू-१४ फेस्टिबलदेखि मात्र उनले गोल गर्ने कामको जिम्मेवारी पाएका हुन्। एएफसी यू-१४ मा उनले ८ गोल गर्दै आफूलाई अब्बल सावित गरिदिए। त्यसपछि उनले नियमित फरवार्डको भूमिका निर्वाह गर्दै आएका छन्।कक्षा १० मा अध्ययनरत विमलले जापानमा गत वर्ष सम्पन्न यू-१४ फेस्टिबलमा ७ गोल गरे। एक महिनाअघि राजधानीमै आयोजित साफ यू-१६ च्याम्पियनसिपमा सर्वाधिक ६ गोल गर्दै नेपाललाई फाइनलसम्म पुर्याए। प्रशिक्षण तथा अभ्यासमा राम्रो गरेकाले उनले २०६८ असोज ४ गते दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमै राष्ट्रिय टिममा डेब्यू गरिसकेका थिए। राष्ट्रिय टिमबाट पाकिस्तानविरुद्धको खेल उनको दोस्रो खेल हो।
विमलले अर्को किर्तिमान के पनि बनाएका छन् भने उनी राष्ट्रिय टिमको जर्सी लगाउने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्। साफको १६ वर्षे इतिहासमा पनि उनी सबैभन्दा कम उमेरका गोलकर्ता हुन्। एकेडेमीमा छनोट हुनुअघि उनी सिनियरहरूसँगै आफ्नै गाउँमा फुटबल खेल्थे। 'राजेश दाईले राम्रो खेल्छस्, तैंले फुटबलमै प्रगति गर्छस् भनेर उत्साहित गर्नुहुन्थ्यो,' ५ फिट १० इन्च अग्ला विमलले भने।
विमल सानो छँदा उनको परिवार पोखरामा थियो। उनका बुवा होमबहादुर नेपाल प्रहरीमा थिए। 'म ३ कक्षामा पढ्दा मोटरसाइकल एक्सिडेन्टमा बुबा बित्नुभयो। त्यसपछि हामी नवलपरासी नै फर्कियौं,' विमलले सुनाए। उनकी आमा धनमाया गृहिणी हुन्। आमा र बहिनी मनीषा नवलपरासीमै बस्छन्। आफ्नो भविष्यका सम्बन्धमा विमलले भने, 'सकेसम्म राम्रो खेल्दै थुप्रै गोल गर्ने इच्छा छ। भविष्यमा राम्रो खेलाडी बन्ने सोंच छ। सम्भव भए विदेशको राम्रो क्लबबाट पनि खेल्न चाहन्छु।'
अहिलेसम्म गर्लफ्रेन्ड छैनन्
- विमल घर्तीमगर, फरवार्ड, नेपाली राष्ट्रिय टिम
भर्खर १५ वर्षको मानिस राष्ट्रिय टिममा खेल्न पाउँछु भन्ने लागेको थियो ?मैले बहराइन र कुवेत भ्रमणमा राम्रै परिश्रम गरेको थिए। कुवेतको क्लब अल अरबीविरुद्ध ह्याटि्रक पनि गरे। त्यसैले राष्ट्रिय टिममा परेजस्तो लाग्छ,। यद्यपि सिनियर खेलाडी थुप्रै भएकाले खेल्न पाउँछु भन्ने नै लागेको थिएन। मौका पाएँ भने गोल हान्छु भन्नेचाहिँ थियो।
पाकिस्तानविरुद्ध गोल गर्ने विश्वास थियो ?
नेपाल एक गोलले पछि परेपछि मलाई मैदान छिराउने आश्वसन प्रशिक्षक एवं अफिसियलहरूले दिनुभएको थियो। त्यसैले खेल्न पाउने आशा जाग्यो। वार्मअप गरेपछि मलाई मैदानमा पठाइयो। सबैले मबाट गोलको आशा गर्नुभएको थियो। मैले त्यत्रा -१८ हजार) दर्शकका अघि पहिले खेलेको थिइन। तैपनि म डराएको थिएन। मैदानमा प्रवेश गरेलगत्तै केही गर्छु भन्ने जोस भित्रैदेखि आयो। म गोल गर्ने अवसरको प्रतीक्षामा थिए। मौका मिले गोल गर्छु भन्नेमा कन्फिडेन्ट थिए। अन्त्यमा मौका मिल्यो र गोल पनि गरे, खुसी लाग्यो।
फुटबल खेलाडीहरूलाई पछ्याउने युवती थुप्रै हुन्छन्। गर्लफ्रेन्ड छिन् कि छैनन् ?
-हाँस्दै) छैनन्। अहिलेसम्म गर्लफ्रेन्ड छैनन्। भविष्यमा के गर्ने भन्ने कुरा सोचेकै छैन।
पाकिस्तानविरुद्ध गोल गरेपछि फेसबुक वालमै 'मन पराएको कुरा लेख्ने थुप्रै युवती छन् नि ?
-हाँस्दै) मैले अहिले फेसबुक राम्रोसँग हेरेकै छैन।
फेसबुक नहेरे पनि फोन त आउँछ होला नि ?
गोल गरेपछि 'राम्रो गर्यौं' भनेर धेरै फोन आए। म टिमसँग व्यस्त थिए। त्यसैले धेरै फोन आएपछि मोबाइल नै अफ गर्नुपर्यो।
तपाईंलाई मनपर्ने क्लब कुन हो ?
बार्सिलोना -स्पेनी क्लब), किनभने लियोनल मेसी खेल्छन्। सधैं राम्रो टिम हुने भएकाले मनाङ्मस्र्याङदी मलाई मनपर्ने नेपाली क्लब हो।
मनपर्ने खेलाडी ?
अर्जेन्टिनाका लियोनल मेसी। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्। नेपालीमा लेफ्ट विङ्सबाट खेल्ने विजय गुरुङ मनपर्छन्। उनी निक्कै स्किलफुल छन्।
फुर्सदमा के गर्नु हुन्छ ?
टेलिभिजनमा फुटबल हेर्छु।
अन्तरवार्ता
गृहपृष्ठ » » अन्तरवार्ता » लेखहरु »संघर्ष गर्नेले नै जीवन चिन्दो रै’छ

तपाईंलाई प्रथम महिला टेम्पो चालक भनिन्छ। अहिले त यो साधारण पेसा भएको छ। त्यो बेलाको अवस्था कस्तो थियो ?
अहिले पनि महिलाले टेम्पो वा गाडी चलाएको देखियो भने मानिसहरू एकपटक फर्किएर हेर्छन्। त्यो बेला महिलाहरू सार्वजनिक स्थानमा काम गर्न निस्कँदैनथे। त्यस्तो बेला एउटी तरुनीले टेम्पो चलाउनु, यात्रुसँग भाडा उठाउनु, आफैंले त्यसको मर्मत-सम्भार गर्नु अनौठो मानिन्थ्यो। त्यसमाथि म टेम्पो चालकमा मात्र सीमित भइनँ। काम सिक्दै टेम्पो किन्दै अघि बढें र एक दर्जनजति टेम्पो किनेर टेम्पो व्यवसायी नै बनें। नेताहरूले क्रान्तिकारी काम भन्छन् नि, मैले यस्तो काम गर्नु त्यस्तै क्रान्तिकारी काम थियो।
कति सालतिर ?
२०३४ सालतिर।
टेम्पो व्यवसायमा छिर्नुपर्ने कारण के थियो ?
म अर्काको घरमा काम गर्थें। सानै उमेरमा तीन छोरीकी आमा भैसकेकी थिएँ। अर्काको घरमा काम गरेर तीन जना छोरीलाई लेखपढ गराउन र पाल्न सकिनँ। आफ्नै व्यवसाय नगर्ने हो भने छोरीहरूको भविष्य मेरो जस्तै बिग्रन्छ भन्ने लागेर सम्भावनाको खोजी गर्न थालें। त्यो बेला टेम्पो चालकले पनि राम्रै पैसा कमाउँछन् भन्ने सुनेपछि ड्राइभिङ पेसा सुरु गरेकी हुँ।
टेम्पो चलाउन कसरी सिक्नुभयो ?
मैले त्यतिबेला आफ्नी साहिँली सानिमासँग १० हजार ऋण लिएर लिलामीको टेम्पो किनेकी थिएँ। ५ महिना ड्राइभर राखेर यो व्यवसाय गर्दा थाहा भयो, आम्दानी मेरो होइन, उसको पो बढिरहेको रहेछ। टेम्पोको सामग्री लिन सिलिगुडी -भारत) गएका बेला मैले आफ्नो समस्या ग्यारेजवालालाई भनें। उसले टेम्पो चलाउन सिकाइदियो। फर्किएपछि ड्राइभरलाई निकालें र आफै कुदाउन थालें।
लाइसेन्स नलिइ ?
लाइसेन्स त धेरै पछि सम्मानका रूपमा ट्राफिक प्रहरीले दिएको हो।
टेम्पो चालकका रूपमा तपाईंले अनुभव गरेको मुख्य समस्या के थियो ?
आफैं टेम्पो चलाउन थालेपछि मेरो आम्दानी अचानक बढ्न थाल्यो। यो पेसा राम्रोसँग गर्ने हो भने छोरीहरूलाई राम्रो विद्यालय पढाउन सक्छु भन्ने आँट आयो। त्यसपछि ऋण लिँदै धमाधम टेम्पो किन्न थालें र दैनिक आम्दानी साहूलाई तिर्न थालें, तर समस्या के आइदियो भने ड्राइभरहरू यो बिगि्रयो, त्यो बिगि्रयो भन्दै ग्यारेजवालासँग कमिसन खाँदा रहेछन्। फेरि समान लिने निहुँले सिलिगुडी पुगेर ग्यारेजको सामान्य तालिम लिएँ। नेपाल फर्किएर लुकी-लुकी ग्यारेजवालाले कसरी काम गर्छन् भनेर सिकें। त्यसपछि आफै मिस्त्री भएँ। त्यसपछि ड्राइभरहरूले मलाई ठग्न सकेनन्।
यसरी जमिसकेको व्यवसाय अचानक किन छाड्नुभएको ?
टेम्पो व्यवसाय गर्नुअघि म कूटनीतिक नियोगका कर्मचारीको घरमा काम गर्थें। मेरो घरको दुःख देखेर ती विदेशी महिलाले 'हस्तकलासम्बन्धी तालिम लिऊ। हामीले नेपाल छाडेपछि तिमी आफ्नो खुट्टामा उभिन सक्छौं' भनेर सल्लाह दिएका थिए। मेरो आर्थिक अवस्था अन्यन्तै न्यून देखेपछि उनीहरूले नै तीन महिनासम्म बनारसमा तालिमको व्यवस्था मिलाएका थिए। उनीहरूको घर छाडेपछि तुरुन्तै हस्तकलाको व्यवसाय सुरु गर्न सकिन। त्यसका लागि १ लाखजति पुँजी चाहिँन्थ्यो। त्यो पैसा मसँग हुने कुरै थिएन। टेम्पो व्यवसाय त्यही उद्योग स्थापनाका लागि पुँजी संकलन थियो।
हस्तकला उद्योग कति सालमा स्थापना गर्नुभयो ?
२०४३ सालमा। १ लाख जम्मा गर्न करिब १० वर्ष लाग्यो। मैले टेम्पो बेचेर यो उद्योग सुरु गरेकी हुँ।
तपाईंको उद्योगको नाम लक्ष्मी उड क्रफ्ट छ, तर हाडका सामग्री उत्पादन गर्नुहुन्छ, किन ?
मैले बनारसमा काष्ठकलाको तालिम लिएकी थिएँ। उद्योग स्थापनापछि मैले उत्पादन गरेका काठका भाँडाकुँडा ठमेलका क्युरियो पसललाई दिनुपथ्र्यो। ती पसलले सामग्री बिक्री भए पनि समयमा पैसा दिँदैनथे। म टेम्पो चलाउँदै पैसा उठाउन जान्थें, त्यसैले उनीहरू अलि हेपाहा व्यवहार गर्थे। अश्लील व्यवहार गर्थे। विदेशी नागरिकलाई बेच्न खोज्दा उनीहरू रूखबाट बनेका सामग्री किन्नु वातावरण नाश गर्ने कारण बन्नु हो भन्थे। रूखबाट सामग्री बनाउँदा नेपालका रूख काटिन्छन्, त्यसले वातवरण बिग्रन्छ भन्ने सोच विदेशीहरूमा रहेछ। वातावरणलाई हानि नगर्ने सामग्रीको खोजी गर्दै जाँदा हाडका सामग्री बनाउने जुक्ति फुरेको हो।
हाड कसरी खोज्नुहुन्छ ?
जुन बेला मैले हाडका सामग्री बनाउने निर्णय गरें, त्यो बेला राँगा-भैंसीका हाडखोर विष्णुमती नदीका किनारमा फालिएका हुन्थे। त्यस्ता सामग्री गन्हाउने भएका कारण त्यो क्षेत्र वरपर दुर्गन्ध फैलिन्थ्यो। मैले त्यही हाड ल्याएर प्रशोधन गर्ने निर्णय गरें। दिउँसो ती हाड खोर जम्मा गर्दा मलाई पागल भन्न सक्थे। त्यसैले राति टेम्पो लिएर जान्थें र हाडखोर हालेर घर र्फकन्थें। त्यो दुर्गन्धले टोल-छिमेकलाई पनि असर पथ्र्याे। गाली पनि खान्थें, तर आफ्नो योजनामा अडिएर मैले हाडका सामग्री उत्पादन गर्न थाले। यसलाई विदेशीले रुचाए। किनभने मैले वातावरण बचाउने र कला देखाउने काम एकसाथ गरेकी थिएँ। अहिले वधशालाबाटै हाडखोर जम्मा गर्न लगाउँछु।
हाडबाट कुन-कुन वस्तु उत्पादन गर्नुहुन्छ ?
विश्व बजारमा हाम्रो उद्योगको हाडको टाँक निकै लोकपि्रय छ। तैपनि हाडबाट बनेका काइँयो, चिम्टीजस्ता सौन्दर्य सामग्रीको पनि राम्रो माग छ। भाडाँ-कुँडादेखि घरमा सजाइने सम्पूर्ण सामग्री हाडबाटै निर्माण गर्छु। आफ्ना उत्पादनको पहिलो डिजाइन म आफैं तयार पार्छु। विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्छ भनेर विश्वस्त भएपछि मात्र त्यसलाई व्यावसायिक रूप दिन्छु।
यो सफलताको अवस्थामा म कुनै बेला घरेलु कामदार थिएँ भन्दा अप्ठयारो लाग्दैन ?
लाग्दैन, त्यही घरेलु कामदार भएकै कारण मैले यो तालिम लिन पाएँ। विदेशीको घरमा काम गरेका कारण तीन दिन मात्र विद्यालय गएकी एउटी गरिबकी छोरीले अंग्रेजी बोल्न सिकी। त्यही भाषा सिकेकै कारण आज म विश्वका सबैजसो विकसित देश पुगेर आफ्नो उत्पादनको प्रचार गर्न सक्छु। प्रत्येक कामले नयाँ ज्ञान दिन्छ र माथि उक्लन सहयोग गर्छ। म आफ्नो कथा भन्न किन पनि लाज मान्दिनँ भने जसले जति तल बसेर काम सिक्छ, उसले उत्ति नै बढी अनुभव प्राप्त गर्छ।
यो स्थानमा पुर्याउन सबैभन्दा ठूलो सहयोग कसले गर्यो ?
कसैले पनि गरेनन्। पहिलो पटक जे काम गर्दा पनि तिरष्कार नै भोग्नुपर्छ। टेम्पो चलाउँदा, मिस्त्री काम गर्दा, दुर्गन्धित नदी किनारामा गएर हाडखोर जम्मा गर्दा कसैले पनि यसले राम्रो काम गर्न लागेकी हो भनेर कल्पनासम्म गर्न सकेनन्। काममा सफलता पाएपछि मात्र मानिसको ध्यान तानिँदो रहेछ।
घरका सदस्यहरूले पनि सहयोग गरेनन् ?
आमाले माया गर्नुहुन्थ्यो। तालिम लिन बाहिर जाँदा तीनवटी छोरी छाडेर हिँडी, अब तिम्री छोरी फर्किन्न, पोइल गै भनेर गाउँलेले कुरा लगाउँदा उहाँ पनि हो कि क्या हो भनेझैं गर्नुहुन्थ्यो। केहीले चर्को ब्याजमा ऋण दिएर पनि सहयोग गरेकै हुन्। अहिले सम्झदा सहयोग गर्ने भन्दा पनि अविश्वास गर्ने, हियाउने, टेम्पो चलाउने र हाडको काम गर्ने भनेर घृणा गर्नेहरू बढी थिए जस्तो लाग्छ।
तपाईंले श्रीमान्को चर्चा नै गर्नुभएन नि ?
मेरो अनुभवमा श्रीमान् भनेको रक्सी खाने, श्रीमती कुट्ने, मैले कमाएको पैसा पनि लुटेर लाने पुरुष हो। मैले कहिल्यै पनि अरू महिलाले भन्ने गरेको श्रीमान्को रूप देखिनँ। सुत्केरी भएर अस्पतालमा लड्दा पनि उ भेट्न आएन। अरूले रुखा-सुखा दिएको खान पनि डराउनुपथ्र्यो। यति ठूलो असुरक्षा महसुस गर्नुपर्यो कि प्रहरी लगाएर आफ्नो सुरक्षा गर्नुपर्यो। मेरो त टाढाको कुरा, आफ्ना सन्तानको पनि जिम्मेवारी नलिने मानिसलाई के लोग्ने भन्नु ? जुन बेला म आफ्नो खुट्टामा उभिन सक्ने भएँ, त्यही दिन मैले आफूलाई मुक्त गरें।
बाल्यकालको सम्झनाचाहिँ कस्तो छ ?
पाँच वर्षकी हुँदा म दरबारमा हाँस गोठाली भएर छिरेकी थिएँ। १० वर्षको उमेरमा म घर फर्किएको सपना हो कि जस्तो मिर्मिरे सम्झना छ। दरबारमा काम गरेकी हुनाले मैले ठूला मानिसको घरमा काम गर्दा उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकें। फलस्वरूप मैले कहिल्यै ठूला मानिसका अघि अपमानित हुनुपरेन।
अहिले तपाईंको अवस्था कस्तो छ ?
मेरो उद्योग केही वर्षअघिसम्म नेपाली हस्तकला बेचेर सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने उद्योगका रूपमा स्थापित थियो। ३ सयभन्दा बढी कामदार थिए। रातदिन उद्योग चल्थ्यो। जुन दिनदेखि मेरो उद्योगमा ट्रेड युनियन छिर्यो, कामभन्दा बढी राजनीति हुन थाल्यो। उद्योग धराशायी भयो। देशको कला विदेशमा पुर्याएर नेपालको आर्थिक विकासमा धेरै-थोरै भरथेग गरेकी मान्छे अहिले रुँदै बस्नुपर्ने अवस्थामा पुगेकी छु।
ट्रेड युनियनले कामदारको अधिकारलाई व्यवस्थित गर्छ, कामदार र मालिकबीच गहिरो सम्बन्ध स्थापित गर्छ भन्ने मान्यता छ, तपाईं यसको विरोधी हो ?
मैले अपाङ्ग एवं रोगीसमेतलाई रोजगारी दिएकी थिएँ। म आफैं दुःख गरेर माथि आएकी हुनाले कामदारले बढीभन्दा बढी सुविधा पाउनुपर्छ भन्ने कुरामा म सहमत छु। यद्यपि त्यसको पनि एउटा सीमा हुन्छ। उद्योग नै धराशायी बनाउने गरी राजनीति गर्न मिल्छ ? यत्रो वर्ष मैले गरेको योगदानको कुनै अर्थ छैन ?
प्रदर्शनी
गृहपृष्ठ » » प्रदर्शनी » लेखहरु »बृहत् अबधारणामा क्यान सफ्टटेक

पहिलो पटक सानो प्रदर्शनीबाट बृहत् प्रदर्शनीको अवधारणामा अगाडि बढेको क्यान सफ्टटेकका यसअघिका पाँचवटा संस्करण त्रिपुरेश्वरस्थित डिइसिसी हलमा सम्पन्न भएका थिए भने यो वर्ष क्यान इन्फोटेक आयोजना हुने भृकुटीमण्डपमै क्यान सफ्टटेक सञ्चालन गरिएको छ। 'यसपटक हामीले क्यान सफ्टटेकलाई पनि बृहत् स्वरूपमा विस्तार गरेका छौं,' क्यानका अध्यक्ष विनोद ढकालले साप्ताहिकसँग भने- 'यसअघि ४० वटा स्टलमा क्यान सफ्टटेक हुन्थ्यो भने यो वर्ष १ सय २० वटा स्टल छन्।'
सफ्टवेयर, सर्भिसेज, सोलुसन्स, नेटवर्किङ तथा कम्युनिकेसन्ससँग सम्बन्धित सफ्टटेकमा पछिल्लो समयमा विकास भएका थुप्रै नयाँ प्रविधि सार्वजनिक हुने क्यानले बताएको छ। नेपाली सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकसित सयौं प्रविधि नेपालबाहिर निर्यात भैरहेका बेला आमरूपमा यसको सही सूचना नआएको यसक्षेत्रका विज्ञहरू बताउँछन्। क्यानले सफ्टवेयर, सर्भिसेज तथा सलुसन्समा कार्यरतहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले सफ्टटेकको आयोजना गर्दै आएको छ। यद्यपि विकसित मुलुकहरूका लागि ठूलो स्केलमा काम गर्ने नेपाली आइटी कम्पनीहरू सफ्टटेकलाई सही प्लेटर्फम मान्दैनन्।
'हामीले नेपालमा विकास भएका सफ्टवेयर र बिपिओ -बिजनेस प्रोसेसिङ आउटसोर्सिङ) सर्भिसेजले राम्रो बजार पाएका छन्,' अध्यक्ष ढकालले भने- 'यस विषयमा विस्तृत जानकारी होस् भनेर नै सफ्टटेकको मञ्च उपलब्ध गराइएको हो।' ढकालका अनुसार दसौं लाख डलरको कारोबार हुने यो क्षेत्रका सम्बन्धमा राज्यसमेत बेखबर छ।सफ्टवेयर, सर्भिसेज, सोलुसन्स तथा कम्युनिकेसन्सको क्षेत्रमा भएका नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्त्रिmया गर्ने अनि सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले क्यान सफ्टटेकको आयोजना गरिएको क्यानका महासचिव अमृत पन्तले बताए। पन्तका अनुसार सफ्टवेयर र हार्डवेयरको अन्तर्निहित सम्बन्ध हुने भएकाले इनबिल्ट सफ्टवेयरका बारेमा उपभोक्ताहरूलाई जानकारी दिन यो मेला उपयोगी हुनेछ।
पछिल्लो समयमा स्मार्ट फोन, ट्याब्लेट पिसी, प्याड र ल्यापटपमा सफ्टवेयर एप्स -जसमा गेम देखि अन्य उपयोगी थुप्रै सेवा हुन्छन्) मार्फत प्रयोगकर्ताले सेवा लिन सक्छन्। यी अत्याधुनिक उपकरणहरूबाट लिन सकिने थुप्रै सेवाका सम्बन्धमा मेलामा आएर प्रयोगकर्ताले जानकारी लिन सक्नेछन्। पन्त भन्छन्- 'सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले मेला आयोजित हुने भएकाले यस पटकदेखि स्मार्ट मोबाइल फोनसेट, ल्यापटप, प्याडलगायतका उपकरणका स्टल पनि राख्ने निर्णय लिएका हौं।' यसअघि सफ्टवेयर सलुसन्स तथा नेटवर्किङका बारेमा मात्र जानकारी पाइए पनि अहिले मेलामा आउनेले सबै किसिमका जानकारी पाउन सक्ने क्यानको भनाइ छ। विद्यार्थीहरूलाई उद्यमी बनाउन सहयोग पुगोस् भनेर क्यान र किङ्स कलेजले मेलामै इन्टरप्रेनरसिप विकास कार्यक्रम पनि सुरु गरेका छन्।
सुविसु क्यान सफ्टटेकमा शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस, अस्पताल व्यवस्थापन, जानकारी मुलकल आदि सफ्टवेयर प्रदर्शनमा छन्। अचम्ममा पार्ने किसिमका थुप्रै नयाँ उत्पादन क्यान सफ्टटेकमा देख्न सकिन्छ। यस्तै सेवासम्बन्धी क्षेत्रमा सेक्युरिटी सोलुसन्स, वायरलेस सोलुसन्स, पि्रन्टिङ सोलुसन्स, पावर सोलुसन्स तथा विभिन्न एप्लिकेसनसहितका स्मार्ट फोन, ट्याबलेट तथा ल्यापटपसँग सोझो सम्बन्ध राख्ने प्रविधिका सम्बन्धमा जानकारी गराउने स्टल छन्। क्यानका महासचिव पन्तका अनुसार सुविसु, डिस होम, नेपाल टेलिकम, ब्रेन डिजिट आइटी सोलुसास, जिल इन्टरप्राइजेज, जोलो द नेक्स्ट लेभल, के आरबी सफ्टवेयर, मिदास इ क्लास, इरासफ्ट सोलुसन, ब्राइट स्टार सोसाइटी, एनलोकेट मोबाइल एप्स, औरा रेकी नेपाल आदि संस्थाले आफ्ना नयाँ प्रविधि सार्वजनिक गरेका छन्।
क्यान सफ्टटेक-२०१३ अवलोकनका लागि सर्वसाधारणलाई ५० रुपैयाँ तथा विद्यार्थीलाई २५ रुपैयाको टिकट तोकिएको छ। प्रदर्शनी अवलोकन गर्न अनलाइन टिकट खरिदको व्यवस्थासमेत छ। आज शुक्रबार र भोलि शनिबारलाई विशेष भ्रमणको दिन भनेर अत्यधिक दर्शक उपस्थिति गराउने योजना क्यानले बनाएको छ। अनलाइन टिकटमा २० प्रतिशत छुट तथा विद्यालय कलेजका विद्यार्थी शैक्षिक संस्थाको पत्रसहित आए टिकटमा थप विशेष छुट प्रदान गरिने क्यानको भनाइ छ। दसैंको पूर्वसन्ध्यामा युवा विद्यार्थीहरूका लागि मेला फलदायी हुन सक्ने कुरा बुझेर नै क्यान सफ्टटेकलाई बृहत् स्वरूपमा लाने आँट गरिएको अध्यक्ष ढकालले बताए।
विनोद ढकाल, अध्यक्ष कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान)
यसपटकको सफ्टटेक मेला के आधारमा पृथक् छ ?
पहिलो कुरा, हामी पाँच वर्षदेखि सानो स्वरूपमा डिइसिसीमा सफ्टटेकआयोजित गरिरहेका थियौं, यो वर्ष भृकुटीमण्डपमा आएका छौं। ३५-४० वटा स्टलबाट १ सय २० वटा स्टलमा सफ्टेकलाई विस्तार गरेका छौं। दोस्रो कुरा, क्यान सफ्टटेकपनि अब इन्फोटेक झैं सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने अत्यधिक दर्शकको उपस्थिति हुने मेला बनेको छ। सफ्टवेयरका लेटेस्ट भर्सन, विकास भएका नयाँ सफ्टवेयरहरू, स्मार्ट फोन, ट्याब्लेट पिसी, प्याड तथा ल्यापटपमै इनबिल्ट भएर आएका थुप्रै एप्लिकेसन एवं सफ्टवेयर प्रदर्शनीमा छन्। मेलामा नेटवर्किङ तथा वायरलेस प्रविधिमा भएका चमत्कारिक उपलब्धिसँग साक्षात्कार गर्न सकिन्छ। मेलामा विद्यार्थीहरूलाई जागिरे भावनाबाट मुक्त गर्न उद्यमी बनाउने कार्य पनि सुरु भएको छ। वल्र्ड बैंक र कम्पनी रजिस्ट्रार कार्यालयको सहकार्यमा निजी संस्थाको काम-काराबाही अनलाइन सिस्टममा लाने अवधारणाको विकास गर्दैछौं।सूचना तथा सञ्चार प्रविधि -आइसिटी) को क्षेत्रमा हामी कुन स्थानमा छौं ?
उपयोग गर्ने, बुझ्ने अझ भनौं प्रयोग गर्ने सन्दर्भमा हामी वास्तवमै अगाडि छौं। नयाँ प्रविधि र विकसित प्रविधिका नयाँ संस्करणहरूलाई हामी छिट्टै आत्मसात् गर्न चासो दिन्छौं। सञ्चार क्षेत्रमा उदाहरणीय फड्को मारेका छौं। २ करोडको हातमा मोबाइल फोन छ, तर देशकै कुरा गर्ने हो भने आइसिटीमा हामी पछाडि छौं। ई-गर्भनेन्सको कुरा कुरामै सीमित भएको छ। राज्यले प्रविधि विकासमा ध्यान नदिएको तथा नीति-निर्माण प्रक्रियामै चासो नदिएकाले जति गर्न सकिन्थ्यो त्यो गर्न नसकिएको अवस्था छ ।
के सरकारले नीति ल्याइदिए प्रविधिको विकास भैहाल्छ त ?
हार्डवेयरमा हामी राम्रा उपभोक्ता भए पनि सफ्टवेयरको क्षेत्रमा हामीले केही राम्रा उपलब्धि पनि हासिल गरेका छौं । सफ्टवेयर विकासमा हाम्रा उद्यमीहरू धेरै अगाडि छन्। माइक्रो प्रोसेसर तथा चिप्स लेभलमा गरिने प्रोग्रामिङका लागी हामीसँग दक्ष जनशक्ति छन्। नेपालीले बनाएका सफ्टवेयर अन्तर्राष्ट्रिय कम्पनी प्रयोग भैरहेका छन्। विदेशका ठूला-ठूला कम्पनीका निम्ति नेपालीहरूले काम गरिरहेका छन् तर खै त्यसलाई राज्यले महत्व वा चासो दिएको ? आइटी नीतिलाई कार्यान्वयन गर्ने निकाय हुनुपर्यो। उद्योग भन्ने तर आधारभूत क्षेत्र नतोक्ने? यो ज्ञानमा आधारित उद्योग हो, जसका लागि दक्ष जनशक्ति भए पुग्छ, ठूलो लगानी गर्नुपर्दैन। बिपिओको कुरा पनि अन्तर्त्रिmयामै सीमित छ। पाँच वर्ष ट्याक्स होलिडे गरिदिने हो भने यो क्षेत्रमा कार्यरतहरूको सम्पूर्ण जानकारी आउँथ्यो, जसबाट भविष्यमा राज्यले राम्रो राजस्व संकलन गर्न सक्थ्यो।
बिजनेस प्रोसेस आउटसोर्सिङ -बिपिओ) को कुरा गर्नुभयो, नेपालले आउटसोर्सिङमा कति रकम भित्र्याइरहेको होला त ?
त्यो त कसरी भन्न सकिन्छ र ? १०-१५-२० वा त्योभन्दा धेरै कम्प्युटर राखेर संस्थाहरूले काम गरिरहेका छन्। आउटसोर्सिङमा काम गर्नेहरु खुलेर आउन सक्ने वातावरण छैन । मेरो अनुमानमा अर्बौ डलर भित्रिएको छ। हाम्रा दक्ष जनशक्ति र विद्यार्थीले काम पाएका छन्। अमेरिकामा सुत्ने समयमा हामी कहाँ काम गर्न सकिन्छ, भारतले त्यही काम गरेर विकासलाई पछ्याएको छ।
यो क्षेत्रलाई संस्थागत र वैधानिक बनाउन तपाईंहरूका तर्फबाट पनि केही पहल हुन सक्थ्यो कि ?
क्यानले बिपिओमा सक्रिय २ सय ५० भन्दा बढी कम्पनीलाई बोलाएर उहाँहरूको क्षेत्रका विषयमा अन्तर्त्रिmया गरेको थियो। सरकारले पनि यो विषयमा अध्ययन गरिरहेको बताउँछ। जानकारी अनुसार ५ सयभन्दा बढी कम्पनी बिपिओमा काम गर्छन् तर चन्दा आतंकदेखि अन्य विभिन्न कारणले उनीहरू सार्वजनिक हुन चाहँदैनन्। यस्तो अवस्थामा कसरी उहाँहरू वैधानिक बाटोमा आउनुहुन्छ ?
अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएका हाम्रा सफ्टवेयरका बारेमा जानकारी गराइदिनुस् न ?
हालै मात्र एफवान सफ्टको मोबाइल वालेट र मोबाइल एप्लिकेसनले ग्लोबल एवार्ड हासिल गरेको छ। ब्रेन डिजिट अर्को उदाहरण हो। मेडिकल ट्रान्सक्रिप्सन, डिजिटलाइज्ड डेटा इन्ट्री, प्रोगामिङ र सफ्टवेयर डेभलपमेन्टमा यहाँ काम भैरहेको छ। बैंकिङ सफ्टवेयर पुमोरी बंगलादेश तथा म्यानमारमा प्रयोग गरिन्छ। एनिमेसनको काम पनि थुप्रै भएको छ। कल सेन्टर, अनलाइन सर्भिसका कामहरू भैरहेका छन्। कतिपय नेपाली कम्पनी र जनशक्तिले बनाएका सफ्टवेयर जुन हामीलाई नै पनि थाहा छैन, तिनले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन्। ती विदेशी सफ्टवेयर बनेका छन्। नेपाली आइटी कम्पनीहरूले राम्रो क्षमता प्रदर्शन गरेबापत अन्तर्राष्ट्रिय रूपमै सम्मान पाइरहेका छन्। जुन गौरवको कुरा हो, तर यो कुरा सुनिदिने सरकारी निकाय पनि छैन।
तीन प्रश्न
गृहपृष्ठ » » तीन प्रश्न » लेखहरु »अकेशा विष्ट, भिजे/मोडल

तपाईं भिडियो जक्की कि मोडल ?
टेलिभिजनलाई नै करियर बनाउँदैछु त्यसैले मूलतः म भिजे नै हुँ, म्युजिक भिडियोमा पनि अभिनय गरिरहेकाले म मोडल पनि हुँ।
टेलिभिजनसम्म कसरी आइपुग्नु भयो ?
प्लस टु सकिएपछि के गर्ने भन्ने सोच्दा-सोच्दै टिटिभीबाट भिजेका लागि प्रस्ताव आयो। केही नसोची काम गर्न थालेँ। कान्तिपुर टेलिभिजनबाट प्रस्ताव आएपछि अहिले म टेलिभिजनकै लागि बनेकी हुँ कि जस्तो लागिरहेको छ।
म्युजिक भिडियोको लोकपि्रयताले चलचित्रमा प्रयास गरौं जस्तो लागेको छैन ?
मलाई थुप्रै निर्माता-निर्देशकले चलचित्रमा डेब्यू गर्न अनुरोध गरिरहनु भएको छ। कतिपयले स्क्रिप्ट मात्र भए पनि पढ्न आग्रह गरिरहनु भएको छ तर मलाई नायिकाले गर्नुपर्ने अभिनय गर्न सक्छु जस्तो लाग्दैन। त्यसैले तत्काल चलचित्रमा आउँदिन, भविष्यमा जे पनि हुनसक्छ।
अब हाम्रो पालो
गृहपृष्ठ » » अब हाम्रो पालो » लेखहरु »तीजमा दर खाने संस्कृतिमाथि सरकारले नियन्त्रण गर्नु कत्तिको उचित हो ? किन ?

- राजेश घोरासैनी
समाजमा विकृति फैलने काम गर्नु राम्रो होइन। सरकारले दर खाने काम रोक्नु मनासिब हो। यद्यपि संस्कृतिको दायरामा रहेर दर खाने कार्यक्रममा हस्तक्षेप गर्नु भएन।
- सन्नी राई
महिना दिनअघिदेखि पार्टी प्यालेसमा गएर तीज मनाउनु त्यति राम्रो देखिँदैन। बरु गरिबलाई सहयोग गरेर पुण्य कमाउनु राम्रो।
- विष्णु गुरुङ
राम्रो हो। सरकारले नेपाली जनतालाई उत्साही बनाएको छ।
- अंकित भट्टराई
दरभन्दा पनि सकिन्छ भने डनलाई कारबाही गर सरकार।
- सुशान्त डाँगी
किन सोधेको यो प्रश्न भनेर सोध्दिनँ म। जवाफ दिनै गार्हो लाग्यो।
- सम्झना मगर्नी
उचित हो। दर खानु एउटा मूल्य, मान्यता, संस्कृतिसँग जोडिएको कुरा हो, तर अहिले यो फेसनका रूपमा फैलँदै गएको छ।
- छिरिङ तामाङ नेपाली
तीजमा दर खाने संस्कारमा सरकारले नियन्त्रण गर्नु नपच्ने कुरा भयो। दर खाने भन्दैमा नारी- चेलीले बबाल गरेका छैनन्, होइन र ?
- वसन्तकुमार बगाले
विकृतिलाई त नियन्त्रण गर्नैपर्यो नि।
- गाउँले केटो, गणेश श्रेष्ठ
यो महिलामाथि शासन गर्ने पुरुष मानसिकताबाट उत्पन्न निर्णय हो।
- शान्ति गुरुङ
एक महिनासम्म दर खाँदा कस्तो हालत होला ? दरमा सबै पैसा उडाउनु पनि त राम्रो होइन।
- रोशन लामा
सरकारले सक्छ भने दिनैपिच्छे भरिने जाँड-भट्टी बन्द गरोस् न। वर्षमा एकपटक महिलाले खाने दरमा किन प्रतिबन्ध ?
- दीपा क्षेत्री
दर खानु त हाम्रो परम्परा हो, तर दारु पिउनु नराम्रो हो। यसमाथि नियन्त्रण गर्नैपर्छ।
- ब्ल्याक हार्ट
जहाँ प्रकोपपीडित जनतालाई राहत छैन। तराईमा शीत लहरले जनता मर्नेवाला छन्। दसौं हजार टुहुरा सडकबालक भोकै हिंडिरहेका छन्। त्यही ठाउँमा सामूहिक भोज गर्छन्। सरकार भने के हेरेर बसेको छ ?
- मुकुम लिम्बू
अनावश्यक तडकभडक राम्रो होइन।
- विमल नापित
ठ्याम्मै रोक्नु अनुचित हो। दर खाने कार्यक्रममा जथाभावी रोक लगाउनु हँुदैन।
- चिरञ्जीवी आचार्य विमल
दर खाने संस्कृतिमा रोक लगाउनु बिल्कुलै नाजायज हो। यद्यपि पर्वकै नाममा विकृति फैलिन्छ भने सरकारले नियन्त्रण गर्नैपर्छ।
- लोकभण्डारी, जिपी पोखरेल
उचित हो कि होइन भन्दा पनि यसमा सम्बन्धित निकायबाट निश्चित मापदण्ड तोकिनुपर्छ।
- बलराम अविरल श्रेष्ठ
तीज आउन धेरै दिन बाँकी हुँदा पनि दर खाने कार्यक्रम सुरु भैसकेको छ। गहनाको प्रदर्शन चाहिनेभन्दा पनि बढी छ, जुन कारणले तीज भड्किलो बन्दै गएको छ। सरकारले नियन्त्रण गर्नैपर्छ।
- मुना भण्डारी
धेरै राम्रो काम हो।
- जितु निरौला
धेरै राम्रो हो। किनभने हुनेले पो खान्छ, नहुनेहरू पीडा खेपेर बस्न बाध्य छन्।
- राजन पराजुली
सरकारको अरू केही काम छैन कि क्या हो ? चाहिने, नचाहिने काममा नियन्त्रण गर्दै बस्छ।
- मिजा मानन्धर
खानेले खान पाउनुपर्छ। आफ्नी श्रीमतीमाथि नियन्त्रण गर्न नसक्नेले जथाभावी नियम लाद्ने, आफू अनुकुल नियम बनाउने कुरा सही लागेन।
- बुद्धि भण्डारी
हरेक कुराको एउटा सीमा हुन्छ। संस्कृतिको नाममा विकृति भित्र्याउनु हुँदैन।
- हरि रावत, सुरजकुमार भुजेल
उचित होइन। किनभने यो हाम्रो परम्परा हो। यसमा सरकारले किन हस्तक्षेप गर्नुपर्यो? तर दर खाने कार्यक्रमलाई किन रोक्नु ? यसलाई रोक्न पाइँदैन।
- हरि न्यौपाने
जे गरे पनि सरकारलाई के चासो ? राम्रो काम गरेर देखाउनु नि। बच्चाहरूको खेलजस्तो गर्नु भएन नि।
- परशुराम पन्थी
किन नियन्त्रण गर्ने ? के हामीलाई सरकारले दर रकम खान दिने हो र ? नियन्त्रण गर्ने कुरामा त सरकार लाटाले पापा हेरे जस्तै बस्छ।
- शान्ता भण्डारी श्रेष्ठ
सरकारको चाला कहीं नभएको जात्रा हाडी गाउँमा भनेजस्तै छ। सक्ने हो भने भ्रष्टाचार, अपहरण, चोरी, डकैती, लुटपाट रोके भैगयो नि।
- जोन श्रेष्ठ, राजु कार्की
यो कस्तो नियम हो ? एउटा काम राम्रोसँग पूरा गर्न नसक्नेले किन नाँनाभातिका कुरा गर्नु ? हिम्मत छ भने नियन्त्रण होइन, सुरक्षा दिनुपर्यो। लोकतन्त्रमा कसैको अधिकारमाथि हस्तक्षेप गर्नु उचित हुँदैन।
- गिरेन्द्र सिंह
आजभोलि तडकभडक बढी भैरहेको छ। यसमाथि नियन्त्रण हुनैपर्छ।
- सगुना शाह
पहिलो विश्व
गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु »कन्डमको फेसन शो

हट पहिरनले आकषिर्त हुँदैनन्
उत्तेजक पहिरनले पुरुषलाई आकषिर्त गर्न खोज्ने महिलाहरूका लागि एउटा दुःखद खबर छ। हालै गरिएको एक अनुसन्धानमा पुरुषले सरल, शालीन र अनुशासित पहिरन लगाउने महिलालाई बढी मन पराएको देखिएको छ। बेलायती मनि सेभिङ अनलाइन साइट 'वोंउचरकोइसप्रो' ले गराएको अनुसन्धानमा ४५ प्रतिशत पुरुषले पूर्ण रूपमा जीउ छोप्ने पहिरन लगाएकी महिलालाई मन पराएको पाइयो। सामान्य पहिरन भएका महिलाले भित्रैदेखि आकषिर्त गर्ने तथा त्यसको प्रभाव दीर्घकालीन हुने पनि उनीहरूले बताए। ३१ प्रतिशत पुरुषले मात्र 'हट' पहिरन वा शरीर प्रदर्शन गर्ने महिलातर्फ झुकाव राखेको कुरा सर्वेक्षणका क्रममा देखियो। ती ३१ प्रतिशतले पनि त्यस्तो रुचि क्षणिक हुने कुरा स्वीकार गरे।महिलाद्वारा यौन हिंसा
यौन हिंसाको सन्दर्भमा प्रायः महिलाहरू पीडित भएको सुनिन्छ। यद्यपि किशोरहरू पनि यौन हिंसाको चपेटामा छन्। रोचक त के छ भने, यसरी नावालिग किशोरमाथि यौन हिंसा गर्नेमा अधिकांश महिला छन्। अमेरिकाका सुधारगृहहरूमा गरिएको एक सर्वेक्षणबाट यस्तो तथ्य सार्वजनिक भएको हो।आफ्नो निगरानीमा रहेका नावालिग किशोरहरूलाई त्यहाँका महिलाले यौनजन्य दुव्र्यवहार गरिरहेको पाइएको छ। अमेरिकी गृहमन्त्रालयले सन् २०१० मा सुधारगृहमा रहेका ९ हजार किशोरमाथि एउटा सर्वेक्षण गरेको थियो, जसमा १० प्रतिशत किशोरले आफूहरू यौन हिंसाको सिकार बन्नुपरेको उल्लेख गरेका थिए। उनीहरूमाथि यौन हिंसा गर्नेमध्ये ९२ प्रतिशत महिला कर्मचारी भएको बताइन्छ।
अहिले पनि सुधारगृहहरूमा यस किसिमका घटना दोहोरिने गरेका छन्। देशका ३ सय २६ सुधारगृहमा भएको पछिल्लो सर्वेक्षणले पनि विगतको घटनामा कुनै सुधार नआएको देखायो। त्यसो त पुरुष कर्मचारी पनि यस्तो प्रकृतिका घटनामा संलग्न छन्। उनीहरूले विशेष सुविधा तथा उपहारको लोभ देखाएर किशोरहरूमाथि यौन हिंसा गरेका थिए।
यौनसम्पर्कमा गि्रस अगाडि
युरोपेली मुलुक गि्रसले विश्वकै कामोत्तेजक मुलुकको 'उपमा' पाएको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको एक सर्वेक्षणमा गि्रसले विश्वकै १० शीर्ष कामोत्तेजक मुलुकको सूचीमा शीर्ष स्थान प्राप्त गरेको हो। गि्रसका सर्वसाधारणमा यौनसम्पर्क अहिले पनि जीवनको प्राथमिक सूचीमा पर्छ। गि्रसका ८७ प्रतिशत मानिसले आफूले सातामा कम्तीमा एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका छन्। सर्वेक्षणमा यौनसम्पर्क गर्ने उमेर, प्राथमिकताजस्ता विषयमा प्रश्न गरिएको थियो। कामोत्तेजक देशको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ। ब्राजिलका ८२ प्रतिशत व्यक्तिले सातामा कम्तीमा एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका छन्।अन्तर-कुन्तर कुराकानी
गृहपृष्ठ » » अन्तर-कुन्तर कुराकानी » लेखहरु »निशा सुनार -गायिका)

मन परेका गीत धेरै छन्, तर मेरो आफ्नै गीत रोज्नुपर्ला, 'वर्ष दिनैको तीज आयो घुम्दै फेरि दुनियाँले आँखा मार्छन् मैलाई हेरी, म त मान्छे विन्दास म त मान्छे विन्दास'
पहिलो पटक आफु राम्री छु भन्ने कहिले लाग्यो ?
खै अहिलेसम्म त लागेकै छैन, कहिलेकाहीं टेलिभिजन हेर्दा कति राम्रो देखिए भनेर चासोचाहिँ राख्छु।
पहिलो पटक कहिले ऐना हेर्नुभयो ?
म सानैदेखि नक्कली त्यस्तै ६-७ कक्षा पढ्दैदेखि खुब ऐना हेर्न थालेकी थिएँ।
तपाईंलाई आफ्नो कुन अंग सबैभन्दा आकर्षक छ जस्तो लाग्छ ?
अरूले आँखा राम्रो भन्छन्, तर मलाई ओठमुनिको कोठी मनपर्छ।
निशाका बारेमा थाहा नपाइएको गोप्य कुरा ?
बाहिरी आवरण हेरेकै भरमा धेरैले मलाई छुच्ची भन्छन् तर म असाध्यै कोमल मनकी छु, सानो कुरामै रोइहाल्छु।
एक वाक्यमा जीवन के हो ?
भगवान्ले दिएको अमूल्य उपहार, तर यसलाई सदुपयोग गर्न सक्नुपर्छ।
गर्न मन लागेको तर गर्न नपाएको कुरा ?
प्रहरी बन्ने चाहना थियो, तर न पढियो न त पुलिसमा भर्ति हुने बाटोमै लागियो।
राम्रो पुरुष देख्दा कुन अंगमा नजर जान्छ ?
म त उसको होल फिगर नै हेर्छु, व्यक्तिको पर्सनालिटीमा मेरो ध्यान जान्छ।
पहिलो पटक कहिले कसलाई मन पराउनुभएको थियो ?
धेरै अघि चलचित्र हेर्दा राजेश हमाललाई मन पराएकी थिएँ।
कस्तो मौसममा विपरितलिंगीसँगको रोमान्समा हराउन मन लाग्छ ?
माया-रोमान्सलाई मौसम नै चाहिन्छ र ?
कसलाई देख्दा सेक्स डिजायर बढेर आउँछ ?
बाराक ओबामा
१ करोड रुपैयाँ पाउनुभयो भने के गर्नुहुन्छ ?
अहिलेसम्म खान-लाउन पुगिरहेकै छ, त्यसकारण त्यो पैसा समाजसेवामा खर्चिदिन्थे।
जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती ?
कसैलाई माया गरेकी थिएँ, तर त्यसले घात गर्यो।
रिस किन उठ्छ ?
प्रेसर हाई भएर रिस उठ्छ भन्छन् तर मेरो त लो छ, तै पनि रिस उठ्छ, कसैले अन्याय गर्दा, सही कुरामा पनि अरूले चित्त नबुझाउँदा रिस उठ्छ।
कसैले झुक्याएको नमिठो घटना ?
एउटा नजिकको भाइले घर बनाउने भनेर लगेको सापट पैसा फिर्ता नै दिएन। सुरुमा दिदी भन्यो तर अहिले हरायो।
पैसा कमाउन किन गाह्रो भएको होला ?
हाम्रो देश गरिब भएर होला नि, धनी देशकाले त कमाइरहेकै छन्, नेताहरूका कारण पनि हो कि ?
पहिलो पटक विवाह गर्ने रहर कहिले जाग्यो ?
कान्छी फुपूको विवाह हुँदा, त्यतिबेला म १२ वर्षकी थिएँ।
तपाईंको जीवनमा सेक्सले कत्तिको महत्त्व राख्छ ?
सेक्सले सबैको जीवनमा महत्त्व राख्छ नि, सुरुमा माया अनि सेक्स होइन ?
युवतीहरू त मनभन्दा धन भएको केटा रोज्छन रे, तपाईं नि ?
मैले त मन भएकै खोजे, धन भएको खोज्नेले दुःख पाउँछन्।
जसको माया आफ्नो प्राणभन्दा बढी लाग्छ ?
जन्म दिने बाबु-आमा।
चुम्बन मीठो कि सेक्स ?
चुम्बन नै मीठो नि।
बलिउड
गृहपृष्ठ » » बलिउड » लेखहरु »पूनम चोलीलेस

हलिउड
गृहपृष्ठ » » हलिउड » लेखहरु »बाहिर निस्कन समस्या

गसिप
गृहपृष्ठ » » गसिप » लेखहरु »चलचित्रमा अर्की करिश्मा

विदेशबाट
गृहपृष्ठ » » विदेशबाट » लेखहरु »विवाह गर्दै गायिका


No comments:
Post a Comment