See more at: http://media36.blogspot.com/
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
Nepali music VDO
मेरोनेपाल Mero Nepal
काठमाडौं, भाद्र २८ - बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको शुक्रबार बिहान निधन भएको छ ।
६० वर्षीय गन्धर्वको उपचारकोक्रममा सैनिक अस्पताल छाउनीमा बिहान २ बजे निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए ।
बिहीबार साँझ स्वास्थ्यमा खरावी आएपछि मिनभवनस्थित निजामति अस्पताल भर्ना गरिएका गन्धर्वलाई राति नै छाउनी लगिएको थियो । लोकगायक बमबहादुर कार्कीले दिएको जानकारी अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान कमलादीस्थित प्रज्ञा भवनमा राखिनेछ ।
गन्धर्वको 'बल्ल पर्यो निरमाया माकुरी जालैमा...'जस्ता गीत चर्चित छन् ।
गन्धर्वको जन्म बि.सं. २०१० सालमा तनहुँको चोकचिसापानीमा भएको थियो । उनले ३२ वर्षसम्म रेडियो नेपालमा काम गरेका थिए ।
प्रकाशित मिति: २०७० भाद्र २८

No comments:
Post a Comment