काठमाडौ, भाद्र १ -
सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ पक्राउ परेका
छन् । नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार राति
काठमाडौंबाट पक्राउ गरेको हो । उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले
गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष
अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो । त्यतिबेला नै पक्राउ
गरेर मात्र मुद्दा दायर गर्नुपर्ने भन्दै चर्को आलोचना भएको थियो । उनलाई
आइतबार अदालत पेस गरिने ब्युरो स्रोतले जनाएको छ । सम्पत्ति शुद्धिकरण र
केन्दि्रय अनुसन्धान ब्युरोले संयूक्त रुपमा अनुसन्धान गरेका थिए । बिशेष अदालतले मनाङे बाहेक गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ, र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर गरेको थियो । बिभागका अनुसार सबै भन्दा बढी अकुत सम्पत्ति लामाको छ । उनीसंग स्रोत नखुलेको चलअचल गरेर २७ करोड बराबरको सम्पत्ती छ । यस्तै बस्नेतसंग ११ करोड, चक्रेसंग ७ करोड र गिरीसंग २ करोड अबैध सम्पत्ति छ । यि मध्ये गणेश लामा, पर्शुराम बस्नेत र चक्रे मिलन अदालतमा हाजिर भइसकेका छन् ।
त्यसमा चक्रेमिलनसंग अदालतले ३ करोड धरौटी माग गरेको थियो । लागु औषध र हातहतियार खरखजना मुद्धामा केन्दि्रय कारागारमा रहेका उनले धरौटी बुझाएनन् । पर्शुराम बस्नेत २ करोड धरौटी तिर्न नसकेर कारागारमा नै छन् । गणेश लामासंग पनि बिशेष अदालतले ३ करोड धरौटी माग गरेको थियो । उनी उक्त रकम बुझाउन नसकेपछि कारागारमा नै छन् । यि बाहेक अभिशेक गिरी अदालतमा उपस्थित भएका छैनन् ।
प्रकाशित मिति: २०७० भाद्र १
No comments:
Post a Comment