Sunday, November 3, 2013
राष्ट्रिय दलका शीर्ष नेताको उम्मेदवारीबाट चिढिए मधेसवादी दल
नवउपनिवेसवाद : मधेसवादी दल
राष्ट्रिय एकताको सन्देश : राष्ट्रिय दलहरू
भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
:http://www.youtube.com/watch?v=SsBsuj2TEog
See more at: http://media36.blogspot.com/
Youtube: http://www.youtube.com/user/gurungyam1
100,000 + Likes Buddha was born in NEPAL : हामी सँग प्रमाण छ ।
I lop u kali
मेरोनेपाल Mero Nepal
Nepali music VDO
Timro Ziban
तमु - गुरुङ TAMU GURUNG
Yam gurung
धनुषा, कार्तिक १८ - मूलधारका पार्टीहरू एमाओवादी, कांग्रेस र एमालेका शीर्षसहितका नेताहरूले मधेसमा दिएको उम्मेदवारीले मधेसवादी दलका नेताहरूलाई चिढ्याउने काम गरेको छ । उनीहरूले यसलाई 'नवउपनिवेशवाद' को संज्ञा दिएका छन् । तर, मूलधारका दलहरूले भने हिमालदेखि तराईसम्मको नेपाललाई जोड्न र राष्ट्रिय एकताको भावना मजबुत पार्न उम्मेदवारी दिएको बताएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिराहा, उपाध्यक्ष बाबुराम भट्टराईले काठमाडौं र गोरखाका अलावा क्रमशः सिराहा ५ र रूपन्देही ४ बाट पनि उम्मेदवारी दिएका छन् । यसअघि ललितपुरबाट उठेका वर्षमान पुनले मोरङ ९ बाट उम्मेदवारी दिएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल इलामका साथै सर्लाही १ बाट उम्मेदवारी दिएका छन् । एमाले वरिष्ठ नेता माधव नेपाल रौतहट १ र कांग्रेस सभापति सुशील कोइराला बाँके ३ बाट उम्मेदवार छन् । दुवै यसअघि पनि यो क्षेत्रबाट उम्मेदवार बनेका थिए । कोइराला चितवन ४ मा पनि उम्मेदवार छन् भने नेपाल काठमाडौं २ मा ।
'उनीहरू मधेसमा राजनीतिक संस्कृतिको विकास नहोस् भन्ने चाहन्छन् । मधेसको नेतृत्वलाई तोडफोड गरेर आफू हावी हुने सोच हो । उनीहरू आन्तरिक उपनिवेशलाई बढावा दिइरहेका छन्,' तमलोपाबाट समानुपातिक उम्मेदवार रहेका धनुषाका डा. विजयकुमार सिंहले भने । तर, मूलधारका पार्टीले भने उम्मेदवारीले राष्ट्रिय एकता संवर्द्धनमा सघाउ पुर्याउने दाबी गरेका छन् । 'हिमालदेखि तराईसम्मका जनताको भावनालाई समेटेर राष्ट्रिय एकतालाई बलियो पार्न उहाँले उम्मेदवारी दिनुभएको हो,' लामो समयदेखि सर्लाहीमा रहेर खनालको चुनाव प्रचारप्रसारमा खटिएका एमाले केन्द्रीय सदस्य परशुराम मेघी गुरुङले भने ।
यसरी आएका कतिपय नेतालाई पाहुना उम्मेदवार भनेर उनीहरूविरुद्ध जनमत सिर्जना गर्न पनि खोजिएको छ । तर, गुरुङका अनुसार खनालले सर्लाहीलाई स्थायी मुकाम बनाउनेछन् । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले उनीहरू आफ्ना पुराना क्षेत्रमा जित्ने सम्भावना नदेखेपछि मधेसका जनतालाई किनेर, फकाएर जित्नका लागि आएको बताए । 'मधेसका जनता सोझा छन्, यिनीहरूलाई फकाएर, किनेर पनि जित्न सकिन्छ भन्ने उनीहरूको बुझाइ छ । तर, यसपटक त्यस्तो हुनेवाला छैन,' उनले भने, 'खासमा उनीहरूले मधेसमा उपनिवेशवाद कायम राख्ने हिसाबले उम्मेदवारी दिएका हुन् । साँच्चिकै राष्ट्रिय एकता सुदृढ गर्न खोजेको हो भने कुनै मधेसीलाई पहाड, हिमालमा लगेर जिताउन्, अनि मानौंला ।'
फुट गुटका कारण प्रत्यक्षतर्फ ठूलो क्षति हुने देखेका मधेसवादी दलले समानुपातिकतर्फ संख्या बढाउन सकिने विश्वास लिएका छन् । किनकि अघिल्लोपटक बिना तयारी चुनावमा होमिएका उनीहरूका यसपटक वडासम्मै विभिन्न कमिटी छन् । तर, शीर्ष नेताहरू नै मधेसमा होमिँदा मूलधारका पार्टीको प्रभाव बढ्ने र समानुपातिकतर्फ पनि आफ्नो पकड कमजोर हुने ठानेका छन् उनीहरूले । त्यसैले पनि शीर्ष नेताको उम्मेदवारीले उनीहरू अत्तालिएका हुन् । यसअघि मधेसी जनअधिकार फोरमले प्रत्यक्षतर्फ ३० सिट जितेको थियो भने समानुपातिकतर्फ जम्मा २२ सिट । जबकि ३७ र ३३ सिट जितेका कांग्रेस, एमालेले समानुपातिकतर्फ क्रमशः ७३ र ७० सिट पाएका थिए । मधेसवादी दलले कुल ८३ सिट ल्याएका थिए, जसमा ४३ प्रत्यक्ष जितेका थिए ।
एमाले छाडेर एमाओवादी छिरेका रामचन्द्र झा यसपटक पनि धनुषा १ बाट उम्मेदवारी दिएका छन् । यसअघि क्षेत्रीय अर्थात् मधेस मुद्दामा केन्दि्रत भए पनि यसपटक आफ्नो उम्मेदवारीलाई सबैले राष्ट्रिय राजनीतिमा प्रभावशाली हस्तक्षेप गर्ने हिसाबले आएको रूपमा बुझेको उनले ठानेका छन् । 'अध्यक्ष दाहालको उम्मेदवारीले त झनै ठूलो अर्थ राख्छ । उहाँको जितले राष्ट्रिय एकताको सन्देश दिन्छ,' उनले भने, 'साथै मधेस र मधेसी जनताका मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न थप मद्दत पुग्छ ।'
स्थानीयप्रति आकर्षण
केन्द्रीय तहका शीर्ष नेताहरू नै भिडे पनि यसपटकको निर्वाचनमा मतदातामा स्थानीय नेताप्रतिको आकर्षण बढेको छ । विगतमा संविधान निर्माणका लागि भनेर जितेर गएका नेताहरूले न संविधान बनाए न स्थानीय स्तरका विकासमा हात हाले । करिब १४ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास र स्थानीय समस्याका समाधानमा जनताले निकै सास्ती बेहोर्नुपर्यो ।
'शीर्ष त परै जाओस् एकपटक मन्त्री भएको नेताले समेत फोन उठाउन छाड्छ । कतिपय त सांसदले नै वास्ता गर्न छाडेका छन्,' रौतहटका मनोज झाले भने, 'त्यस्तो बेला बरु स्थानीय नेताले सक्दो सहयोग र पहल गर्ने गरेकाले उनीहरूप्रति आकर्षण बढेको हो ।' त्यसैले तराई-मधेसका क्षेत्रमा उठेका एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरू ढुक्क हुने अवस्था छैन । फेरि जनतामा नेताहरूप्रति कतिसम्म विकर्षण बढेको छ भने त्यसले 'हराएर देखाइदिने' भन्ने भावनालाई जन्म दिएको छ ।
रौतहटका एक अगुवा एमाले कार्यकर्ताका अनुसार त्यही 'देखाइदिने भावना' पनि नेता नेपालको प्रमुख चुनौती हो । प्रधानमन्त्री भइसकेको, पार्टीको विरष्ठ नेता, प्रहरी प्रशासनको साथ रहेको र गाउँ आउँदा पनि अघि पछि प्रहरी लगाएर आउनेले जित्नु कुन ठूलो कुरा भयो । त्यस्तालाई हराइयो भने पो स्वाद हुन्छ भन्ने धारणा विकसित छ,' उनले भने । यो कुरा नेपाललाई मात्र होइन एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालका साथै यस भेगमा उम्मेदवारी दिएका दोस्रो तहका अन्य नेतामा पनि लागू हुन्छ । त्यसैले शीर्ष वा केन्द्रीय नेता हुँ भनेर ढुक्क भएर बस्ने अवस्था छैन ।
प्रकाशित मिति: २०७० कार्तिक १८
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment