एजेन्सी, असार १७ - कुनै बेलाका रोमान्टिक जोडी जस्टिन बिबर र सेलेना गोमेज ले वर्षको अन्त्यसँगै एकाएक रिलेसनसिप पनि ब्रेक गरे । 'बेबी' गायकसँग अलग्गिएपछि मन बहलाउन सेलेना यति बेला पुराना साथीहरूसँग घुमघाममा निस्किएको खबर आइरहँदा जस्टिनको बेचैनी भने बढ्दो छ । वर्ष दिन जेठी प्रेमिकासँग छुट्टिएपछि जस्टिन विवादै विवादमा घेरिइरहेका छन् । केही साताअघि मात्रै भ्रमणमा निस्कँदा कागजपत्रबिनै आफ्नो बाँदरलाई लैजान लागेपछि झमेलामा फसेका उनी यतिबेला भने पूर्वप्रेमिकालाई नै निषेध गर्न खोजेको खबरले आलोचित बनेका छन् । हालै टीएमजेड म्यागजिकका लागि फोटोसुटमा राजी हुनुअघि उनले आफ्ना केही सर्त तेर्साएको खुलासा भएको छ । उक्त म्यागजिनले जनाए अनुसार, जस्टिनले फोटोसुटका बेला सेलेनाका कुनै पनि म्युजिक बजाउन र उनीसँग कुरा गर्न पनि नपाइने सर्त अघि सारेका थिए ।
टिएमजेडले अनलाइन संस्करणमा जस्टिनले पठाएको डिमान्डको लामो लिस्ट नै राखिदिएको छ । जसमा गायकले चार बुँदाको निषेधादेशको सुरुमा सेटका बेला सेलफोन हुनु नहुने उल्लेख गरेका छन् भने अटोग्राफ लिन र कुराकानी गर्नलाई पनि निषेध लगाएका हुन् । अन्त्यमा, उनले सेलेनाका कुनै पनि म्युजिक बज्न नहुने पनि जोड दिएर लेखेका छन् । अझ कुनै खबरमा त उनले गाडीमा समेत ड्राइभरलाई सेलेनाका म्युजिक बजाउन रोक लगाएको उल्लेख छ । फोटोसुटका लागि जस्टिनले म्यागजिनलाई खाना, पानी र लत्ताकपडाको पनि व्यवस्थाका लागि लामो लिस्ट पठाएका थिए ।
उता, जस्टिनले नै सेलेनाको निषेधका बारेमा कुनै टिप्पणी नगरे पनि निकट स्रोतले भने खबरलाई झुटो दाबी गरेको छ । जस्टिन आफैं भने सेलेनासँग छुट्टएि पनि दुःखी नभएको जस्तो देखाउन विभिन्न अन्तरवार्ता दिन थालेका छन् । पछिल्लोपटक उनले आफूलाई धेरैले ब्रेकअपपछि पनि रिलेसनलाई कसरी सुमधुर राख्नेबारेमा सल्लाह दिन तँछाडमछाड गरिरहेको टिप्पणी गरेका छन् । तर उनलाई चाहिँ घरजम गर्न रहर लागेको छ रे ।
प्रकाशित मिति: २०७० असार १७
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment