भिडियो हेर्नुहोस् http://www.youtube.com/watch?v=xmpNPgUvoxY
ललितपुर, श्रावण १४ -
बर्ड फ्लुबाट संक्रमित भक्तपुरका फार्मका कुखुराहरु ओसारेर ललितपुरको
सुन्दरीघाटमा सारेको भेटिएको छ । रातारात सारेका कुखुरा भकाभक मर्न थालेपछि
स्थानियबासिन्दाले प्रहरी र प्रशासनमा खवर गरेका छन् ।
कुखुरा लुकाएर सारेको र भकाभक मर्न थालेको थाह पाएपछि प्रहरी सहित पशु
प्राविधिकको टोली घटनास्थल पठाइएको ललितपुरका पशु कार्यालय प्रमुख मोगल
प्रसाद साहले बताए । उनका अनुसार ओसारिएको कुखुराको संख्या यकिन भइसकेको
छैन । छानविन शुरु गरिएको उनले बताए ।
उनका अनुसार घटनास्थलको प्रकृति हेरेपछि थप कारवाही हुनेछ । घटनास्थलतर्फ
एक टोली पठाइएको भन्दै महानगरिय प्रहरी परिसर ललितपुरले जिल्लाका प्रमुख
नाकामा पशु/पंक्षीजन्य उत्पादन ओसारपसारमा निगरानी थालिएको जनाएको छ ।
see more at:https://www.facebook.com/nepalinewss
प्रकाशित मिति: २०७० श्रावण १४

No comments:
Post a Comment