Tuesday, July 30, 2013

गोर्खाल्यान्डद्वारा आत्मदाह प्रयास

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काँकडभिट्टा , श्रावण १६ - गोर्खाल्यान्ड समर्थक दुई जनाले आत्मदाह प्रयास गरेका छन् । दार्जिलिङका एक युवाले सोमबार चोकबजारमा र कालिम्पोङमा मंगलबार मंगलसिंह  राजपुतले शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेका हुन् । उनको सबै शरीर जलेको प्रहरीले जनाए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आन्ध्र प्रदेशलाई विभाजन गरेर सरकारले नयाँ राज्य गठनको प्रक्रिया अघि बढाएपछि अलग राज्य गोर्खाल्यान्ड माग गर्दै गोर्खा जनमुक्ति मोर्चाले सोमबारदेखि आह्वान गरेको  तीनदिने बन्द लम्बिने सम्भावना देखिएको छ ।
मोर्चाले तेलंगना गठन भए आन्दोलन हिंसात्मक बन्ने चेतावनी दिँदै आएको छ । मोर्चा अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (जीटीए) प्रमुखबाट मंगलबार  राजीनामा गरेका छन् । भारत सरकारले आन्ध्र प्रदेशलाई टुक्र्याएर तेलंगना राज्य बनाउने निर्णय गरेपछि छुट्टै गोर्खाल्यान्ड माग गर्दै आन्दोलित अध्यक्ष गुरुङले राजीनामा  गरेका हुन् । मोर्चा स्रोतका अनुसार २ दिनभित्र अन्य पदाधिकारीले पनि पद त्याग्ने छन् ।
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment