-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
सर्लाही, श्रावण १६ - अवैध हतियार सहित मंगलबार राति सर्लाहीको हरिपुरबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
हरिपुर गाविस-९ का त्रिलोकी दास र नुर आलमलाई नलकटुवा बन्दुक र गोली सहित गस्ती प्रहरीले पक्राउ गरेको हो ।
हरिपुर इलाका प्रहरी कार्यालयका नायव निरीक्षक दीपेन्द्र चौधरीले राति संकास्पद अवस्थामा हिंडेको भेटी तलासी लिंदा अवैध हतियार फेला परेको बताए । पक्राउ परेका दुवैलाई हात हतियार तथा खरखजानामा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १६
No comments:
Post a Comment