Tuesday, July 30, 2013

आन्दोलन नगर्न सिडियोको दवाव

 See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
ताप्लेजुङ , श्रावण १६ - प्रमुख जिल्ला अधिकारी किरण थापाले बेपत्ता स्वास्थ्यकर्मी छेदिलाल शाहको बिषयमा आन्दोलित नहुन स्वास्थ्यकर्मीलाई दवाव दिएका छन ।
बेपत्ता बाबुको खोजीमा आएका मनोज शाह मार्फत उनले आन्दोलन गरे खोजीकार्य प्रभावित हुने भन्दै यस्तो दवाव दिएका हुन । असार २४ गतेबाट बेपत्ता छेदिलालको बिषयमा छलफल गर्न भेला भएको पेसागत समुहको बैठकमा मनोजले भाव बिहृवल हुँदै भने 'हामिलाई न्याय चाहिन्छ' ।
सप्तरी जिल्लाको खोक्सरप्रबाह घर भएका शाहले थपे 'म बाहिरको मान्छे आएको यत्तिका दिन भयो, उहाँको बारेमा कुनै संकेतसम्म छैन, आमाले दिनहुँ सोदी रहनुभएको छ, खानु भएको छैन, अचेत जस्तै हुनुहुन्छ मैले के भयो भनेर जवाफ दिने ।' असार २४ गते सदरमुकाम फुङलिङबाट कार्यथलो थुकिम्वा गाविस जान हिँडेका उनी त्यहादेखि बेपत्ता छन् ।
जनस्वास्थ्य कार्यालयले  खाम्लुङ गाविस सम्म पुगेको देख्ने भएपनि त्यसपछि अहिलेसम्म कसैले देखेको बताएको छैन ।  बेपत्ता सहकर्मीको खोजिमा प्रशासनले सकृयता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । पेसागत महासंघका अध्यक्ष मात्रीका भट्टराईले आज प्रशासन मार्फत सरकारलाई र जिल्लाका सबै राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने र  थप आन्दोलनका कार्यक्रम तय गरिने बताएका छन ।
पुरस्कारको घोषणा
यता जिल्ला प्रहरी कार्यालयले एक सूचना प्रकासित गरी शाहको बारेमा जानकारी दिनेलाई १० हजार पुरस्कारको घोषणा गरेको छ । क्षेत्रीय कार्यालय बिराटनगरका एसपी सेखर कोइराला नेतृत्वको टोलिले बिहीबारबाट अनुसन्थान थाल्ने बताउँदै  प्रहरीले खोजीमा सकृय रहेको दावी गरेको छ ।

प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment