विराटनगर, श्रावण १६ - संविधानसभा चुनावको विपक्षमा रहेका दलहरुमा सहभागी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले राष्ट्रियताका लागि पूर्वराजा र राजावादीहरुसँग मिल्न सकिने भन्ने नेकपा माओवादीका नेताहरुको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । यस्तो अभिव्यक्ति सैद्धान्तिक अडान हो भने आफू ३३ दलीय मोर्चामा नबस्ने चेतावनी पनि परिषदले दिएको छ ।
चुनावको विपक्षमा रहेको ३३ दलमा आवद्ध भए पनि गणतन्त्र बिरोधी पूर्वराजावादीहरुसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसकिने भन्दै विज्ञप्तिमार्फत परिषदले आपत्ति जनाएको हो । परिषद अध्यक्ष कुमार लिङ्देनद्वारा जारी विज्ञप्तिमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता कुरा आफ्नो बटमलाइन भएको भन्दै नेकपा माओवादीलाई त्यस्तो धारणा सैद्धान्तिक भए आफू मोर्चामा नबस्ने चेतावनी दिइएको छ ।
आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन यथास्थितिवादी अनि स्रघीयता विरोधी भएको आरोप लगाउँदै परिषदले यसका विरुद्धमा आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । परिषदले पूर्वका लिम्बुवान भनिएका नौ जिल्लामा कालोझन्डा गाड्ने, ती जिल्लाका गाविस, नगरपालिका र निर्वाचन कार्यालयहरुमा तालाबन्दी गर्ने लगायत आन्दोलनका कार्यक्रम परिषदले विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ ।
- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
प्रकाशित मिति: २०७० श्रावण १६
- See more at:
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:
Post a Comment