Tuesday, July 30, 2013

» मुख्य समाचार » तपाईंको मोबाइलमा समस्या आउन सक्छ ! समस्या आए के गर्ने ? -

- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं, श्रावण १६ - राजधानीमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा बुधबारदेखि तीन दिनसम्म समस्या देखिने भएको छ ।
टेलिकमले बुधबार सूचना जारी गर्दै काठमाडौंका जीएसएम मोबाइलमा समस्या देखिनसक्ने जनाएको छ । मोबाइलको संख्यात्मक विस्तार तथा गुणस्तरीय सुधारका लागि नेटवर्क अपग्रेड गर्ने काम भइरहेकाले केही समयका लागि अवरोध हुन सक्ने सूचनामा उल्लेख छ ।
'नेटवर्क अपग्रेडपछि भ्वाइस तथा डाटा सेवामा महत्त्वपूर्ण सुधार हुने' टेलिकमको दाबी छ ।
टेलिकमका अनुसार बुधबार कोटेश्वर, महादेशवस्थान, मीनभवन, शंखमुल, सुविधानगर र आसपासका क्षेत्रमा मोबाइलमा समस्या देखिन सक्छ । बिहीबार एयरपोर्ट, सिनामंगल, तिलगंगा, तीनकुने, भीमसेनगोला र आसपासका क्षेत्र तथा शुक्रबार नयाँ बानेश्वर, बुद्धनगर, थापागाउँ, मिलनचोक, बानेश्वर हाइट तथा आसपासका क्षेत्रमा मोबाइल समस्या देखिन सक्छ ।
समस्या आए के गर्ने ?
नेपाल टेलिकमका अनुसार मोबाइलमा समस्या देखा परे स्वीच अफ गरि पुनः मोबाइल अन गर्नुपर्दछ ।

प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment