Tuesday, July 30, 2013

:: गृहपृष्ठ » मुख्य समाचार » क्षेत्र निर्धारणको काम सकिने सम्भावना कम -

- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
काठमाडौं , श्रावण १६ - क्षेत्र निर्धारण आयोगमा सदस्य फेरिएपछि आयोगले सरकारलाई समयमा प्रतिवेदन बुझाउने सम्भावना कम भएको छ ।
नवनियुक्त सदस्य चूडाराज उप्रेतीले मंगलबार शपथ लिए  पनि यसअघिका तयारी र गृहकार्यबारे अनभिज्ञ छन् । क्षेत्र निर्धारणको संवैधानिक अड्चन फुकाउन सरकार र  दलका नेताहरूले पहल नगरेकामा असन्तुष्टि जनाउँदै आयोगका तत्कालीन सदस्य मधुनिधि तिवारीले राजीनामा गरेपछि सोमबार उप्रेतीले नियुक्ति पाएका हुन् ।
'नवनियुक्त सदस्यलाई आयोगका कामकारबाहीबारे जानकारी लिन केही समय लाग्नु स्वाभाविक हो,' आयोग प्रवक्ता टेकप्रसाद ढुंगानाले भने, 'क्षेत्र निर्धारणको आधारभूत  विषयमा आयोगबाट निर्णय हुन बाँकी रहेकाले प्रतिवेदन बुझाउने तिथि अहिले नै यकिन गर्न सकिँदैन ।'  
सरकारले दस दिनका लागि थप गरेको कार्यावधि आगामी शनिबार सकिँदै छ । त्यतिन्जेलमा काम सकिने सम्भावना कम छ । नसकिए कार्यकाल एक सातासम्म बढ्न सक्ने  स्रोतले बतायो ।
पछिल्लो जनगणना अनुसार अत्यधिक जनसंख्या वृद्धि भएका जिल्लामा सिट संख्या थप गर्न कहाँबाट घटाउने भन्ने समस्या परेपछि आयोगले सरकार र राजनीतिक दलका  प्रमुख नेताहरूलाई संवैधानिक अड्चन फुकाइदिन आग्रह गरे पनि त्यो हुन सकेको छैन् । को थियो । अन्तरिम संविधानमा संविधानसभा निर्वाचन २ सय ४० भौगोलिक क्षेत्रमा  हुने व्यवस्था भएकाले आयोगले सिट संख्या थप गर्न सक्दैन । जिल्लागत रूपमा सकेसम्म समाज नसंख्याका आधारमा सिट वितरण गरिनुपर्ने सैद्धान्तिक व्यवस्था भए पनि  अन्तरिम संविधान जारी हुँदा कायम रहेका क्षेत्र घटाउन नपाइने प्रतिबन्धात्मक व्यवस्था छ ।

प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment