Tuesday, July 30, 2013

कार्यकर्ता रिहाईको माग गर्दै वाईसिएलद्धारा चितवन बन्द -

See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

चितवन, श्रावण १६ - एकिकृत नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन वाइसीएलले बुधबार चितवन बन्दको आह्वान गरेको छ । अकस्मात गरिएको बन्दकाकारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
जबरजस्ती चन्दा उठाएको अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको ६ जना वाइसीएलका जिल्लास्तरीय नेता तथा कार्यकर्ता रिहाइ गर्नुपर्ने माग गर्दै जिल्ला बन्द आह्वान गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा भएको वार्तामा कुरामा सहमति नभएपछि वाइसीएलले बन्दको आह्वान गरेको हो ।
बन्दकाकारण जिल्लाका शिक्षण संस्था, यातायात, बजार क्षेत्र प्रभाबित बनेका छन् । व्यपारीहरुसँग चन्दा उठाएको भन्दै वाईसिएलका  ६ कार्यकर्तालाई वडा प्रहरी कार्यालय नारायणगढले पक्राउ गरेको थियो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
चन्दा उठाईरहेको सूचनाको आधारमा भरतपुर ३ स्थित नारायणगढको पुतली बजारबाट प्रहरीले उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा लाई पक्राउ गरेको हो ।
यता वाईसिएल चितवनले विनाकारण आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै बन्द आह्वान गरेको हो । यसैबीच आफ्ना कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै वाईसीएल कार्यकर्ताले वडा प्रहरी कार्यालय नारायणगढमा आक्रमण गरेका छन् ।
दर्जर्नौको संख्यामा पुगेका कार्यकर्ताले आक्रमण गर्दा दुई जना प्रहरी घाइते भएको बताइएको छ । प्रहरी जवान मनोजकुमार चौहानलाई आँखीभौमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई सामान्य चोट लागेको छ ।

प्रकाशित मिति: २०७० श्रावण १६

No comments:

Post a Comment