- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
सर्लाही, श्रावण १६ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले गैर संवैधानिक रुपमा राज्य संचालनकालागि गठन भएको चार दलीय राजनीतिक संयन्त्र खारेज भए निर्वाचनकालागि वातावरण बन्ने बताएका छन् ।
चुनाव गराउन निर्वाचन आयोग र सरकार भएकै अवथामा त्यसलाई नियन्त्रण गर्न 'रिमोट' हातमा लिएर बसेको कथित उच्चस्तरीय संयन्त्रका कारण निर्वाचनको वातावरण बन्न नसेको उनको भनाइ थियो ।
'त्यसैले गर्दा चुनाव बहिष्कारसम्मका कुरा उठेका छन्,' बुधबार सर्लाहीको ईश्वरपुरमा आयोजित पत्रकार भेटघाटमा थापाले भने, 'संयन्त्रकै कारण निर्वाचन निष्पक्ष हुने कुरामापनि शंका छ ।'
उनले मुलुकको आधा समस्या राजनीतिक संयन्त्र खारेजसँगै सामाधान हुने बताए । बाँकी समस्या सर्वदलीय बैठक र छलफलबाट हल हुने उनले उल्लेख गरे ।
निकासकालागि विकल्प नभएको र निर्वाचनका पक्ष ठूलो जनदवाव रहेकाले चुनाव हुनैपर्ने उनले बताए । राप्रपा नेपालले राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राज्य र सवल, समृद्ध नेपालको नारासहित चुनावी अभियान थालेको उनले उल्लेख गरे ।
'निर्वाचनलाई मध्येनजर गर्दै एक महिने देश ब्यापी प्रशिक्षण सुरु गरेका छौं,' उनले भने, '७ बर्षको गलत राजनीतिक अभ्यासले सृजना गरेको संकट सामाधानको खाँकासहित हाम्रो पार्टी निर्वाचनमा जान्छ ।'
प्रकाशित मिति: २०७० श्रावण १६

No comments:
Post a Comment