- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxYकाठमाडौं, श्रावण १५ -
फोन गरेर चन्दा माग्दा नदिएपछि एउटा नामै नसुनेको संगठनले राजधानीमा
विस्फोट गराएको छ । बल्खुमा मोटरसाइकलका सामान बिक्री गर्ने नवराज भुसालको
घरअघि रक्सीको बोतलभित्र विस्फोटक पदार्थ राखेर आइतबार राति विस्फोट
गराइएको हो ।
विस्फोटबाट मानवीय क्षति नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध
घिमिरेले बताए । उनका अनुसार विस्फोट भएको पदार्थ बम होइन । बम बन्नका लागि
विष्फोटक पदार्थ, डेटोनेर र पावर चाहिन्छ । त्यसमा पावरमात्र थियो ।
प्रहरीका अनुसार विस्फोट गराउनु एक साताअघि भुसाललाई माओवादी कम्युनिस्ट
पार्टीका नाममा फोन र पत्र आएको थियो । फोन गर्ने व्यक्तिले उनलाई
आर्थिकलगायत कुरा सघाउनुपर्ने बताएका थिए । एमाओवादीमा अध्यक्ष दाहाल
निकटका भुसालले आफू माओवादी भएकाले कुनै प्रकारका सहयोग नदिने जवाफ दिएका
थिए । त्यसलगत्तै उनको घरमा आर्थिक सहयोग माग्दै सोही पार्टीको नाममा पत्र
आएको थियो । पत्रमा आर्थिक सहयोगको रकम उल्लेख छैन ।
विस्फोट गराउने समूहका सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०७० श्रावण १५
No comments:
Post a Comment