Monday, July 29, 2013

'निर्धारित समयमै चुनाव हुन्छ, संबिधान बन्छ'

- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
Photo: » मुख्य समाचार »
'निर्धारित समयमै चुनाव हुन्छ, संबिधान बन्छ'

- See more at: www.media36.blogspot.com
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY

ईलाम, श्रावण १५ - एमाओवादीका केन्द्रीय सदस्य बर्षमान पुनले उग्रबामपन्थी र उग्रदक्षिणपन्थी परिवर्तनको विरोधमा लागे पनि निर्धारित मितिमा संविधान बनेर देशले निकास पाउने वताएका छन् । मंगलवार क्रान्तिकारी पत्रकार संघले सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पुनले उग्रबामपन्थी र उग्रदक्षिणपन्थी शक्ति मिलेर चुनाव भाड्न खोजे पनि सफल नहुाने दाबी गरे ।

'को क्रान्तिकारी भन्नेमा भ्रम थियो जनतामा, उनीहरु मिलेपछि भ्रम पनि हटेको छ ', उनले भने ।  नेकपा-माओवादीले जुनै हालतमा संविधान सभाको चुनाव हुन नदिने बताइरहेका बेला नेता पुनले भने अबको निर्वचन पहिलो संविधान सभाको चुनाव भन्दा सहज हुने प्रतिक्रिया दिएका छन् । 'पहिले तराईमा आन्दोलन थियो, सशस्त्र समूह क्रियाशिल थिए,' नेता पुनले भने, 'त्यस्तो अवस्थामा त चुनाव भयो अहिले झन सहज छ ।'

ठूलो दल नै चुनावी प्रकृयामा सहभागी भएकाले चुनावको माहोल बन्दै गएको उनको भनाई थियो । चुनावमा सहभागी नहुँने जनाउदै आएका दलहरु चुनावमा जाने निश्चित भए समानुपातिक सिट संख्यामा हेरफेर हुनसक्ने पुनको भनाई थियो ।

नेकपा-माओवादी आफूहरुसँग मूठभेड गर्ने मनशायमा रहे पनि आफूहरु राजनीतिक रुपमा नै समस्याको समाधान गर्ने पक्षमा रहेको उनको भनाई थियो । संविधान सभाको चुनावमा एजेण्डा मिल्नेसँग तालमेल हुनसक्ने वताउदै उनले पहिचान, संघीयता र परिवर्तन चाहने शक्तिबीच तालमेल हुने प्रष्ट पारे ।

प्रकाशित मिति: २०७० श्रावण १५ईलाम, श्रावण १५ - एमाओवादीका केन्द्रीय सदस्य बर्षमान पुनले उग्रबामपन्थी र उग्रदक्षिणपन्थी परिवर्तनको विरोधमा लागे पनि निर्धारित मितिमा संविधान बनेर देशले निकास पाउने वताएका छन् । मंगलवार क्रान्तिकारी पत्रकार संघले सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पुनले उग्रबामपन्थी र उग्रदक्षिणपन्थी शक्ति मिलेर चुनाव भाड्न खोजे पनि सफल नहुाने दाबी गरे ।
'को क्रान्तिकारी भन्नेमा भ्रम थियो जनतामा, उनीहरु मिलेपछि भ्रम पनि हटेको छ ', उनले भने ।  नेकपा-माओवादीले जुनै हालतमा संविधान सभाको चुनाव हुन नदिने बताइरहेका बेला नेता पुनले भने अबको निर्वचन पहिलो संविधान सभाको चुनाव भन्दा सहज हुने प्रतिक्रिया दिएका छन् । 'पहिले तराईमा आन्दोलन थियो, सशस्त्र समूह क्रियाशिल थिए,' नेता पुनले भने, 'त्यस्तो अवस्थामा त चुनाव भयो अहिले झन सहज छ ।'
ठूलो दल नै चुनावी प्रकृयामा सहभागी भएकाले चुनावको माहोल बन्दै गएको उनको भनाई थियो । चुनावमा सहभागी नहुँने जनाउदै आएका दलहरु चुनावमा जाने निश्चित भए समानुपातिक सिट संख्यामा हेरफेर हुनसक्ने पुनको भनाई थियो ।
नेकपा-माओवादी आफूहरुसँग मूठभेड गर्ने मनशायमा रहे पनि आफूहरु राजनीतिक रुपमा नै समस्याको समाधान गर्ने पक्षमा रहेको उनको भनाई थियो । संविधान सभाको चुनावमा एजेण्डा मिल्नेसँग तालमेल हुनसक्ने वताउदै उनले पहिचान, संघीयता र परिवर्तन चाहने शक्तिबीच तालमेल हुने प्रष्ट पारे ।

प्रकाशित मिति: २०७० श्रावण १५

No comments:

Post a Comment