काठमाडौ, श्रावण १५ -
बर्डफ्लुको संक्रमण देखिएपछि व्यवसायीले राजधानीबाट संक्रमित कुखुरा
उपत्यकाबाहिर पठाउन थालेका छन् । सोमबार नै दुई मिनिट्रकमा संक्रमित
कुखुराहरू लुकाएर उपत्यकाबाहिर पठाइएको पाइएको छ ।
पछिल्लो पटक गत सोमबार देखिएको बर्डफ्लु उपत्यकामा फेला परेको १३ औं
संक्रमण हो । गत ६ वर्षमा मुलुकभरि हालसम्म १ सय ६ ठाउँमा यसको संक्रमण
देखिएको छ । पछिल्लो आर्थिक वर्षमा मात्र उपत्यकामा ३५ ठाउँमा बर्डफ्लु
संक्रमण देखिएको थियो । कीर्तिपुर- १७ स्थित पुण्य भारतीको कुखुरा र्फममा
बर्डफ्लु देखिएको सोमबार साँझ पुष्टि भएपछि राति नै र्फममा भएका
कुखुरालगायत अन्य पन्छीजन्य सामग्री नष्ट गर्ने काम जारी रहेको पशु
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजयकान्त झाले बताए । काठमाडौं
जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. बोलराज आचार्यका अनुसार उक्त र्फममा
रहेका करिब तीन हजार कुखुरामध्ये सात सयजति संक्रमणले गर्दा मरिसकेका थिए ।
राजधानीमा छ्यापछ्याप्ती बर्डफ्लुको प्रकोपसँगै संक्रमित कुखुराहरू कोल्ड
स्टोर र उपत्यकाबाहिर पठाउने क्रम बढेको छ । बोलेरो गाडीमा वीरगन्ज पठाउन
लागिएको चार सय २५ वटा पैरेन्ट स्टोक कुखुरा जिल्ला पशु सेवा कार्यालय
ललितपुरले बल्खुमा जफत गरेर नष्ट गरे पनि दुई मिनिट्रकमा रहेको कुखुरा
उपत्यकाबाहिर पठाइएको छ । उक्त कुखुरा जीजे पोल्ट्री र्फम, जगाती
भक्तपुरबाट ल्याइएको जनाइएको छ ।
'उक्त कुखुरा मनकामना पोल्ट्री र्फम भैरहवाको नाउँमा बिल बनाइए पनि अवैध
रूपमा वीरगन्जतिर लिएर गइराखिएको थियो,' पशु सेवा कार्यालय ललितपुरका
प्रमुख डा. मोगलप्रसाद साहले भने, 'दुईवटा टाटा मिनिट्रकमा
कुखुरा उपत्यकाबाहिर पठाइसकेका थिए । हामीले समात्न सकेनौं तर प्रहरीलाई
सूचित गरेका छौं ।' उक्त र्फममा हालसम्म बर्डफ्लु संक्रमण प्रमाणित
नभए पनि कुखुरा मर्ने गरी बर्डफ्लु फैलिएको ठानेर र्फम मालिकले अवैध
तरिकाले बाहिर पठाउन थालेको साहले बताए । 'प्रयोगशाला प्रतिवेदन आउन बाँकी छ
तर मृत्युदर अत्यधिक रहेकाले क्लिनिकली त्यहाँ बर्डफ्लु संक्रमण नै हुन
सक्छ,' डा.साहले भने ।
विशेषज्ञहरूले हालसम्म पन्छीमै सीमित रहेको बर्डफ्लु मानिसमा फैलिए स्थिति भयावह हुने चेतावनी दिएका छन् ।
प्रकाशित मिति: २०७० श्रावण १५
- See more at: https://www.facebook.com/nepalinewss
-भिडियो हेर्नुस्:http://www.youtube.com/watch?v=xmpNPgUvoxY
No comments:
Post a Comment