Sunday, July 7, 2013

» मनोरञ्जन » आईफामा केके भयो ?

काठमाडौ, असार २३ - मकाउमा शनिबार १४ औँ इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्पन्न भयो । यो भारतको सबैभन्दा प्रतिष्ठित अवार्ड हो । मकाउमा आयोजित यो बर्षको अवार्ड समारोह एसियाली मूलका धेरैका लागि चासोको बिषय बन्यो । अवार्ड समारोहको चकमधमक र कलाकारको प्रस्तुतिले पनि आईफा अवार्ड रोचक बन्ने गरेको छ । यो समारोह अघिल्लो बर्ष सिंगापुरमा गरिएको थियो । सन २००० देखि यो अवार्ड फरक फरक देशमा वितरण गरिदै आएको छ ।
यो बर्षको उत्कृष्ट चलचि बफर्ाी घोषित भयो । नेपाली कलाकार भोला सपकोटासहित पि्रयंका चोपडा र रणबीर कपुरको जोडीको यो चलचित्रले १३ बिधामा पुरस्कार पाएको छ ।
यो चलचित्रबाट नायक रणबीर कपुरले उत्कृष्ट अभिनेता, उत्कृष्ट कथा, उत्कृष्ट संगीतसहित प्राविधिक विधामा बाजी मार्यो ।
यो बर्षको अवार्ड समारोहमा माधुरी दिक्षित र श्रीदेवीको नृत्यु पनि अर्को बिशेषता बन्यो ।




प्रकाशित मिति:२०७० असार २३
- See more at:  http://www.youtube.com/watch?v=xmpNPgUvoxY
https://www.facebook.com/nepalinewss

No comments:

Post a Comment