काठमाडौ, असार २४ - गुण्डागर्दीमा संलग्न आरोपी चरी भनिने दिनेश अधिकारीमाथि गोली प्रहार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आइतबार बेलुका राधे भण्डारीलाई कलंकीबाट पक्राउ गरेको छ । धादिङबाट शुक्रबार राति साढे ९ बजेतिर र्फकँदै गर्दा दिनेशमाथि राधेको समूहले नैकाप पुलछेउमा आक्रमण गरेको थियो । बायाँ पाखुरामा गोली लागेका उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार केही समयअघिसम्म उनकै समूहका धादिङकै राधे समूह चरीमाथि आक्रमणमा उत्रिएको हो । राधे समूहका राजेन्द्र तामाङलाई भने प्रहरीले सोही दिन पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २०७० असार २४
- See more at: https://www.facebook.com/nepalinewsshttp://www.youtube.com/watch?v=xmpNPgUvoxY
No comments:
Post a Comment