लन्डन (रोयटर्स), असार २४ - एन्डी मुर्रेले नोभाक जोकोभिचलाई ६-४, ७-५ र ६-४ ले हराउँदै आइतबार सन् १९३६ पछि पुरुषतर्फ विम्बल्डन जित्ने पहिलो बेलायती खेलाडी बनेका छन् । पहिलोपल्ट विम्बल्डन जित्दै मुर्रेले ७७ वर्ष लामो बेलायती प्रतीक्षाको अन्त्य गरेका छन् ।
स्कटल्यान्डका २६ वषर्ीय दोस्रो वरीयताप्राप्त उनले दोस्रो महत्त्वपूर्ण उपाधि पनि हासिल गरे । अघिल्लो वर्ष ओलम्पिक स्वर्ण जितेका उनले करिब १५ हजार घरेलु दर्शकसामु सेन्टर कोर्टमा शीर्ष वरीयताका खेलाडीलाई र्फकने कुनै मौका नै दिएनन् ।
प|mेड पेरीले सन् १९३६ मा जितेपछि पुरुषतर्फको विम्बल्डन विजेता बन्नका लागि उनले ४० डिग्रीको तापक्रममा जित्न ३ घन्टा १० मिनेट लगाए । पहिलो सेट मुर्रेले जिते पनि दोस्रो सेटमा जोकोभिच ४-१ ले अघि थिए । तर शीर्ष वरीयताका खेलाडीविरुद्ध मुर्रे ७-५ ले अघि रहे । दोस्रो र तेस्रो सेटमा
पछि परेर पनि मुर्रे खेलमा फर्किएका थिए ।
अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचले मुर्रेलाई हराएका थिए भने विम्बल्डनको अघिल्लो संस्करणमा
रोजर फेडेररसँग पराजित भएका थिए ।
मुर्रेले ट्रफी ग्रहण गर्नुअघि आफ्नो परिवार र समर्थक टिमका साथ खुसियाली मनाएका थिए । 'यो साह्रै गाह्रो क्षण थियो, आज पत्याउनै नसक्ने गरी कडा प्रतिस्पर्धा भयो,' ट्रफी ग्रहण गर्नुअघि मुर्रेले भने । 'मलाई थाहा छैन, मैले कसरी फाइनल तीन प्वाइन्ट ल्याएँ, त्यसमा खुसी छु,' मुर्रेले भने, 'मैले र नोभाकले धेरैपटक खेलेका छौं, उनी एक योद्धा जस्तै छन् ।'
'उनले त्यस्तै गरे र आजको खेल प्रतिस्पर्धात्मक भयो, म बुझ्छु बि्रटेनका प्रत्येकले यो जितको प्रतीक्षा गरिरहेका थिए, विश्वास छ सबैले आनन्द लिए होलान्,' उनले थपे ।
जोकोभिचले जितका लागि मुर्रेलाई बधाई दिए । 'एन्डीलाई बधाई छ, उनी यसको हकदार छन्, उनले उत्कृष्ट प्रदर्शन गरे,' छ पटकका ग्रान्डस्लाम विजेताले भने । 'मलाई थाहा छ देशभरिकालाई यो जितले कति महत्त्व राख्छ भन्ने । यो ठूलो उपलब्धि हो । मैले
सकेको प्रयास गरें, यो प्रतियोगिताको फाइनलमा पुग्नु पनि सम्मानको कुरा हो,' जोकोभिचले थपे ।
विम्बल्डन टेनिस उपाधिसाथ आइतबार एन्डी मुर्रे । तस्बिर ः एएफपी
प्रकाशित मिति: २०७० असार २४
- See more at: http://www.youtube.com/watch?v=xmpNPgUvoxYhttps://www.facebook.com/nepalinewss

No comments:
Post a Comment