काठमाडौ, असार २३ -
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारको लागि सिंगापुर प्रस्थार गरेका छन् । उनी थाई एयरको बिमानबाट सिंगापुर प्रस्थान गरेका हुन् । दाहाल दम्पती ४ दिन सिंगापुरमा रहनेछन् । दाहाल र पत्नी सीता मात्रै सिंगापुर प्रस्थान गरेका छन् ।
सीताको सिंगापुरस्थित ट्याङ टोक सेङ अस्पतालमा उपचार गर्न लागिएको सचिवालयले बताएको छ । यो सिंगापुरको तेस्रो ठूलो अस्पताल हो ।
मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको थियो ।
https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY popular video
प्रकाशित मिति: २०७० असार २३
https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY popular video
प्रकाशित मिति: २०७० असार २३
No comments:
Post a Comment