काठमाडौ, असार २२ - स्मार्टफोन बोक्नेहरूको प्रमुख समस्या समस्या यसमा सजिलैसँग नेपालीमा लेख्न नसकिनु पनि हो। ल्यापटप, पाल्मटप, मोबाइलदेखि सबै खालका कम्प्युटर उपकरण नेपाली लेख्ने गरी डिजाइन गरिएका होइनन्। त्यसैले तीनमा नेपाली लेख्न र पढ्न विशेष अनि छुट्टै व्यवस्था मिलाउनुपर्छ। त्यो कम्प्युटर तथा ल्यापटपमा छुट्टै फन्ट राख्नुपर्छ। फन्ट राखेर नेपालीमा टाइप गरे पनि नेपाली फन्ट नभएका कम्प्युटरमा ती सजिलै खुल्दैनन्। त्यसैले जहाँ पनि खोल्दा नेपाली नै देखिन नेपाली युनिकोडमा टाइप गर्नुपर्छ। मोबाइलमा भने युनिकोड टाइप गर्ने सफ्टवेयर वा नेपाली फन्ट हाल्न मिल्दैन। त्यसका लागि छुट्टै एप नै बनाइएको छ, जसलाई राखेपछि नेपालीमा टाइप गर्न सकिन्छ। आइफोन तथा एन्ड्रोइड फोन लिनेहरूलाई नेपालीमा टाइप गर्न थोरै मात्र अप्सन उपलब्ध छन्। ती मध्ये एन्ड्रोइड फोन लिनेहरूलाई एउटा सजिलो माध्यम हो पाणिनी किप्याड जुन गुगल प्लेमा निःशुल्क उपलब्ध छ।
प्रकाशित मिति: २०७० असार २२
- See more at: https://www.facebook.com/nepalinewsshttp://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment