Sunday, July 7, 2013

» मनोरञ्जन » आइफामा बर्फी अगाडि

काठमाडौ, असार २३ - गत वर्षको अन्त्यमा आएको ३० करोड भारुको फिल्म 'बर्फी' ले बक्सअफिसमा एक सय ७५ करोडको कमाइ त गर्‍यो नै, क्रिटिक्सको नजरमा पनि अब्बल ठहरियो ।

थुप्रै अवार्ड कार्यक्रममा यसैले वर्चस्व राख्यो । यस वर्ष ओस्कारमा पनि रणवीर कपुरकै फिल्मले प्रतिनिधित्व गर्‍यो । पुरस्कृत हुने 'बर्फी' को सिलसिला अझै जारी छ ।

आइफा अवार्डको प्राविधिक विधातर्फ पनि अनुराग वसु निर्देशित फिल्म अब्बल देखिएको छ । यसले पूरा १४ अवार्डमध्ये नौवटालाई आफ्नो नाममा दर्ता गरायो । मकाउमा तीन दिनसम्म चल्ने उक्त अवार्डमा पपुलर, म्युजिकल र टेक्निकल गरी तीनै विधामा अवार्ड दिने गरिन्छ ।

शनिबार साँझ वितरण गरिएको टेक्निकलतर्फको १४ विधामध्ये 'बर्फी' ले छायांकन, स्त्रिmनप्ले, साउन्ड डिजाइन, गीत रेकर्डिङ, साउन्ड मिक्सिङ, ब्याकग्राउन्ड स्कोर, कस्ट्युम डिजाइन, मेकअप र प्रोडक्सन डिजाइन विधाका अवार्ड जित्दै आइफामा एकलौटी गर्‍यो ।

'बर्फी' पूरा अवार्डको २१ विधामा मनोनित भएको छ भने त्यसपछि अनुराग कश्यपको 'ग्यांग्स अफ वासेपुर १' १०, 'विक्की डोनर' र 'अग्निपथ' समान ९ विधामा परेका छन् । 'ग्यांग्स अफ वासेपुर १' ले टेक्निकलतर्फ एक्सन र संवाद दुई अवार्ड जितेको छ । सं

वादको उक्त अवार्डलाई भने 'विक्की डोनर' का लागि पनि दिइएको हो । 'कहानी' ले सम्पादनमा आइफा अवार्ड हात पार्‍यो । सन् २००० मा पहिलोपटक लन्डनमा गरिएको आइफा अवार्डस्को १३ औं संस्करणलाई नायकद्वय शाहरुख खान र साहिद कपुरले सञ्चालन गरिरहेका छन् ।

गतवर्षको आइफा अवार्डस 'जिन्दगी नामिलेगी दोबारा' ले जितेको थियो भने यसपालि 'बर्फी', 'ग्यांग्स अफ वासेपुर १', 'इंग्लिस भिंग्लिस', 'कहानी', 'पानसिंह तोमार', 'तलास' र 'विक्की डोनर' प्रतिस्पर्धामा छन् ।



प्रकाशित मिति: २०७० असार २३
- See more at:https://www.facebook.com/nepalinewss
           http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment